राेल्पामा मास्क खै ? अभियान पुनः सुरु

राेल्पामा मास्क खै ? अभियान पुनः सुरु
२२ साउन, रोल्पा ।


This image has an empty alt attribute; its file name is j4-1024x485.jpg

कोरोना भाइरसको संक्रमण उच्च सम्भावनालाई मध्यनजर गर्दै लिबाङमा आज प्रहरीले ‘तपाइँको मास्क खै ?’ अभियान सुरु गरेको छ । भाइरसको संक्रमण नियन्त्रणमा पुनः प्रहरीले अगुवाईमा सरोकारवाला निकायहरुको सक्रियता बढाएका छन् ।

This image has an empty alt attribute; its file name is j2-1-1024x485.jpg

प्रहरीको अगुवाईमा तपाईको मास्क खै ? अभियानमा रोल्पा नगरपालिका प्रमुख पुर्ण के.सी, प्रमुख जिल्ला अधिकारी नवराव सापकोटा, जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक होमनाथ भट्टराई, स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेले लिबाङ बजारमा मास्क प्रयोग नगरेका नागरिकहरुलाई कोरोना भाइरसबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने भन्दै मास्क वितरण गर्नुभएको थियो । लिबाङभरि मास्क लगाए नलगाएको अनुगमन गर्दै नलगाएका नागरिकलाई मास्क दिँदै सचेत गराइएको छ । यो अभियानले मान्छेलाई आफ्नो स्वास्थ्यप्रति थप सतर्क बन्न सहयोग पुग्ने स्वास्थ्य कार्यालय प्रमुख नोखराज पोख्रेलले बताउनुभयो । पछिल्लो समयमा स्वास्थ्य सावधानीविना बजार सञ्चालन, नागरिकको आवतजावत बढेको हुनाले प्रहरी मास्क खै अभियान सुरुवात गरेको हो ।

This image has an empty alt attribute; its file name is j1-1-1024x485.jpg

त्यसैगरी तपाइँको मास्क खै ?’ अभियानका ग्रामीण क्षेत्रमा समेत सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख नरेशराज सुवेदीले बताउनुभयो । उहाँले सबैभन्दा धेरै लापरवाही र जोखिम क्षेत्र सहर भएकाले लिबाङमा अनुगमन गरेको जानकारी दिनुभयो । जिल्लाभरिका प्रहरी युनिटको अगुवाईमा सरोकारवाला निकायहरुको सहकार्यमा अभियान सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय रोल्पाले तयारी गरेको छ । कोरोना संक्रमण दर अझै न्यून नभए पनि लापरवाही भने बढ्दै गएको छ । पसलमा बस्ने व्यक्तिले मास्क नलगाई व्यवसाय गर्दा त्यसले ग्राहकमा नकारात्मक सन्देश गइरहेकाले सबैले अनिवार्य मास्क लगाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । दोस्रो लहरको संक्रमणयता रोल्पामा २० जनाले ज्यान गुमाइसकेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । बिहीबारसम्म जिल्लाभर ६६ जना सक्रिय संक्रमित छन् भने हालसम्म २ हजार २ सय ५५ जनाले कोरोना जितेर घर फर्किको स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ ।

You may also like