सुनिलस्मृति गाउँपालिकाको बैठकमै गा.पा. अध्यक्ष र वडा अध्यक्ष बीचमा हानाहान



रोल्पा समाचर, जेठ १० लिबाङ
सुनिलस्मृति गाउँपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष बीचमा हानाहान भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण एवं अन्य समसामायिक विषयमा छलफल गर्नका लागि आयोजित कार्य कार्यपालिकाको बैठकमा केही निर्णयको विषयमा गाउँपालिका र वडा अध्यक्षको विषयमा मतभेद हुँदा त्यसले उत्कर्ष रुप लिएपछि हानाहान भएको श्रोतले बताएकोछ ।
शुक्राबार बसेको कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर र सुनिलस्मृति गाउँपालिका वडा ४ नं. वडाअध्यक्ष गञ्जबहादुर क्षेत्री बीचमा मतभेद हुँदा हानाहान भएको हो । जवाफ सवाल चलिरहेको बेलामा एकले अर्काेले हात पहिला हात छोडेको आरोप प्रत्यारोप गरेपनि कसले पहिले हात छोडे भन्ने विषय अझै रहस्यमय छ । कसैले बताउन चाहेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा रोल्पा जिल्लामा बैठक बसेपछ त्यसलाई व्यहारिक रुपमा कार्यन्वयन एवं व्यवस्थित गर्नका लागि जेठ ६ गते रोल्पाको पूर्वी व्यापारिक केन्द्र सुलिचौर एवं रुइनीबाङसहित अन्य कामहरुलाई एक रुपतामा कार्यन्वय गर्नका लागि सुलिनस्मृति गाउँपाकिला अध्यक्ष गुणेन्द्र घर्तीमगर, सुनछहरी गाउँपालिका अध्यक्ष आसबहादुर पुनमगर र लुंङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का सम्मेलित बैठकमा वडा नं. ४ का वडा अध्यक्ष गञ्जबहादुर महरा पनि बैठकमा सहभागी हुनभको थियो ।


सो बैठकको निर्णय नं. २ मा तिनवटा गाउँपालिका वित्तिय संस्था एवं बैकहरुमा योजना निर्माण एवं सबै जनतालाई आर्थिक कारोबार गर्नका लागि कठीन भएकाले सार्वजनिक विदा बाहेक अन्य दिनमा बैकको कारोवार सञ्चालनकालागि अनुरोध गर्ने निर्णग गरिएको थियो । साथै निर्णय नं. ३ मा खाद्यान्न लगायत अति आवश्यक सामाग्रीहरु सुरक्षित पूर्वक ढुवानी गर्नका लागि सहजीकरण गर्ने , बजारमा सामाजिक दुरी एवं अत्य आवश्यक सामाग्रीहरुको लागि विहान ८ बजेबाट दिउसो ४ बजेसम्म ढुवानीका लागि अन्य किनमेल गर्नका लागि अनुमति दिने निर्णय गरेको थियो ।


सो बैठकको निर्णयमा गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर र वडा अध्यक्ष गञ्जक्षेत्रीले पनि हस्ताक्षर गर्नुभएको थियो । यसै निर्णयलाई कायन्वयन गर्नुको सत्तामा वडा नं. ४ का वडा अध्यक्ष गञ्जबहादुर क्षेत्रीले ७ गते बैंक तथा वित्तिय सँस्थाहरुको बैठक बोलाएर सोमबार र विहीबार मात्रै बैंक खुल्ला गर्ने निर्णय गरी गाउँपालिकाको निर्णयको विरोधमा निर्णय गरी कार्यन्यवय गरेको भन्दै विवाद बढेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताउनुभयो । वडा अध्यक्षहरुले आफूतिर औला सोझ्याउँदै आएपछि विवाद भएको बताउँदै भन्नुभयो ः–‘ आफू नै सहभागी ३ वटा गाउँपालिकाको बैठकबाट पारित आफैले हस्ताक्षर गरेको निर्णयहरुलाई कार्यन्वय गर्नुपर्ने बरु यदी आफूलाई चित्त नबुझेमा गाउँपालिकाको बैठक बोलाउन आग्रह गर्नुपर्ने तर उहाँले गाउँपालिकाले गरेको निर्णयलाई विरोधको नाममा विरोध अनि आफैले अर्काे निर्णय गरी कार्यन्वयन गर्दा मलाई नै आश्चार्य बनाको छ ।” उहाँले धेरै विषयमा गाउँपालिकाको निर्णय उछिनेर काम गर्दै आएको त्यस पटक पनि त्यसै गरेको बताउनुभयो । ‘निर्णय भएको २ दिनमै फेरि वडामा फर्केर हप्ताको दुई दिन बैंक खोल्ने र जेष्ठ २० गतेसम्म खाद्यान्न र निर्माण सामाग्री पूर्ण रुपमा लिन नपाइने निर्णय गर्नुभएछ । किन यसो गर्नुभएको हो । सामान लिएर आएको गाडिहरुलाई डाँडामा रोकेर हुँदै ? अरुलाई दुःख दिने ? जनताको घरमा रासन छैन । तिनले खान पर्दैन ? भोकै मार्ने ? कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि हामी पनि त उत्तिकै जिम्मेबारी छौं । ” गाउँपालिकाका अध्यक्ष घर्तीमगरको छ ।


यस विषयमा सुनिलस्मृति वडा अध्यक्ष गञ्जबहादुर क्षेत्रीले आफूले सो निर्णयमा हस्ताक्षर गरेको भएपछि दुइ दिनपछि वडामा रहेका वित्तिीय बैंकहरुका प्रतिनिधीहरुको बैठकमा सँस्थाका प्रतिनिधीहरुले सुरक्षा एवं जनशक्तिको अभावमा सबै दिन खोल्न नसकेपछि दुइ दिन सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । अन्य वित्तिय सँस्थाहरु आइतबार, सोमबार र विहीबार सञ्चालन गर्ने गरी निर्णय गरिएको भएको समेत बताउनुभो ।

यी दुइवटा विषयमा छलफल हँुदाँ हुँदै आक्रोशित भएर हात हालेको आरोप लगाउनुभएको छ । उहाँले कारवाहीको माग गर्नुभएको छ । वडा कार्यालयले यस घटना निन्दनीय भएको भन्दै प्रेस विज्ञप्ती निकालेको छ । यस विषयमा आगामी दिनमा पनि घटना हुन सक्ने बताउनुभयो ।
गाउँपालिकामा भएको विवाद एवं मतभेदले उत्पन्न विवादमा नेपाली कांग्रेसले पनि पनि प्रेश विज्ञप्ती जारी गरेको छ । शनिबार जिल्ला सभापति अमरसिंह पुनमगरद्वारा जारी विज्ञप्तीमा सो कार्य गाउँपालिकाका अध्यक्षबाट गम्भिर कमजोरी भएको बताइएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणबारेमा गाउँपालिका कार्यपालिका बैठकमा छलफल हुँदै गर्दा यी दुइवटा विषयमा वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष बीचमा छलफल भइरहेको बेलामा एक्कासी कसले हात हालेको भन्ने विषयमा थाहाँ नभएको एक सहभागीले बताउनुभयो । उहाँले भन्नुभयोः–‘निर्णय गर्दा छलपल र बहस कार्यन्वययनमा एक रुपता अपनाएको र धैर्यतापूर्वक छलफल गरेको भए गाउँपालिकालाई नै फाइदा हुने थियो यसले गाउँपालिकालाई घाटा हुने हो ।’
गाउँपालिकाको बैठक, अन्य छलफल हुँदा पनि पहिलेदेखि नै वडा अध्यक्ष र गाउँपालिका बीचमा समन्ध चिसिदै आएको एक वडा अध्यक्षले बताउनुभयो । केही समय अगाडि पनि गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष बीचमा निकै तानातान भएको बताउँछन् ।
यस विषयमा गाउँपालिकामै छलफल गरी आपसी समझदारी गरी अगाडि बढेर यो महामारीको विरुद्धमा एक भएर लड्नु पर्ने समय र आजको आवश्यकता हो । यसमा राजनीतिक आरोप प्रत्यारोप गर्ने बेला होइन, कोरानाले विश्व नेपाल पनि थलिएको बेला झगडा, विरोध गरागर गर्ने समय होइन । त्यसैले आपसी छलफल गरी अगाडि बढ्नुको सत्तामा विरोध गरागर, अनि प्रचार, शक्तिको होडबाजी लाग्दा दुवै पक्षलाई फाइदा नहुने त छदैछ यसका अलवा सुनिलस्मृति गाउँपालिका बासीलाई पनि निकै क्षति पुग्ने छ ।

You may also like