सुनिल स्मृति गाउँपालिकामा विपद् समितिको बैठक सम्पन्न

सुनिल स्मृति गाउँपालिकामा विपद् समितिको बैठक सम्पन्न
४ वैशाख, सुलिचौर रोल्पा ।


सुनलि स्मृति गाउँपालिका कार्यालय सुलिचौर रोल्पामा विपद् स्थापना कोष सञ्चालन समितिको बैठक हिजो सम्पन्न भएको छ । बैठकले नाेबेल काेराेना भाइरसबाट बच्न र बचाउनका लागि समितिले विभिन्न निर्णयहरू समेत पारित गरेकाे छ ।
यस बैठकले विपद् व्यवस्थापन कोषबाट हालसम्म खर्च भएको रकमको सार्वजनिक गर्दै अन्य जिल्लाबाट यस गाउँपालिकामा घर फर्किएका व्यक्तिहरुलाई वडा भित्र रहेका विद्यालय, खालि घरहरुमा क्वारेन्टाइन बनाउने, यसको व्यवस्थापन वडा कार्यालय गर्ने, क्वारेन्टाइनको निगरानी वडा सदस्यहरुले गर्ने सम्बन्धित वडाका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य जाँच गर्ने, स्वास्थ्य चौकी नभएका वडाहरुमा गाउँपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने र क्वारेन्टाइनको निरिक्षण गाउँपालिका र वडा अध्यक्षहरुले गर्ने निर्णय गरेका छ ।

गाउँपालिकाभित्र रहेका उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, विभिन्न संघ सस्थाहरु, बित्तिय तथा बैंकिङ क्षेत्रहरु, राजनीतिक दल, वुद्धीजीवि, व्यापारीहरुसँग विभिन्न चरणमा छलफल गर्ने, राहात वितरण एकद्धार प्रणालिबाट गर्ने, कुनै पनि संघ संस्थाहरुले राहात वितरण गर्नु परेमा गाउँपालिकामा उपलब्ध गराइ गाउँपालिकाबाट वितरण गर्ने, गाउँपालिका विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट तत्कालै वडाबाट आएका सिफारिसका आधारमा राहत वितरण गर्ने, जिल्ला बाहिरबाट आउनु भएका व्यक्तिहरुलाई वडाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यसैगरि तत्कालै गाउँपालिका विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट खाद्यान्न गरिद गरी वडाहरुबाट आएका विवरणका आधारमा राहात वितरण गर्ने, विभिन्न टोल बस्तिहरुमा सामूहिक छलफल गर्ने, जुवातास, भलिबल, क्यारेमबोट खेल्ने, खोलाहरुमा सामूहिक माछा मार्ने जस्ता क्रियाकलापहरुलाई पूर्ण रुपमा बन्द गर्ने, चालु आ.व.मा विपत् व्यवस्थापनका लागि विनियोजित रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने, वडा भित्र क्वारेन्टाइनमा बस्नु भएका व्यक्तिहरुका रेखदेखका लागि विद्यालयका शिक्षक, कर्मचारीहरु वडा कार्यालयमा कार्यरत कर्मचारहरु, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलाई वडा कार्यालय मार्फत परिचालन गर्ने र स्थानीय क्लव, वुद्धिजिवि, व्यापारीहरुलाई समेत रेखदेखका लागि अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like