जिल्ला कमिटीको नामावली सार्वजनिक, पार्टी एकता प्रक्रिया पूर्णता पायो

लिबाङ–रोल्पा
नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी रोल्पाको जिल्ला सदस्यहरुको नामवली केन्द्रीय कमिटीबाट सार्वजनिक भएको छ । पूर्व ने.क.पा (माओवादी केन्द्र) र पूर्व नेकपा (एमाले) दुई ठूला पार्टी बीचको पार्टी एकता प्रक्रिया केन्द्र, प्रदेश, जिल्ला, स्थानीयतह, वडा, टोलसम्म पूर्णता पाएको छ ।


अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लामा गीत लिन्छ कि भन्ने आममा पैदा भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला कमिटी रोल्पाको जिल्ला कमिटी सदस्यमा पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पाको तफबार्ट अध्यक्ष सहित ८१ जनाको सिफारिस भएका छन् भने पूर्व नेकपा (एमाले) पार्टीको तर्फबाट सचिव सहित ५४ जना गरी १३५ जनाको जिल्ला सदस्यहरुको नामवली सार्वजनिक भएको छ ।

पूर्व ने.क.पा (माओवादी)को तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, जिल्ला कमिटी सदस्यहरू अमरसिंह घर्तीमगर, अमृत थापा, आलोक पुन, ऋषिकेश रोका, कुन बि.क, कुमारी थापा, कुशल बि.क, कृतिमान पुन, खमिता राना, खर्कबहादुर पुन, खिमबहादुर के.सी, खिमबहादुर डी.सी, गंगाप्रसाद घर्ती, गणेश कुमार बि.क, गौप्रसाद पुन, जगत घर्ती, जयपुरी घर्ती, जितेन्द्र पुन, ज्ञानु पुन, झपेन्द्र घर्ती, टंकबहादुर ओली, टोपबहादुर डाँगी, टोपबहादुर नेपाली, तुकमान महरा, तुलाराम खड्का, त्रिवेनी वैजाली, दलबहादुर बुढा, दिलबहादुर पुन, दुर्गा विष्ट, धुव्र कुमार रोका, नरसिंह राना, नवराज आचार्य, नवराज थापा, रेशम महरा, नेमबहादुर खड्का, पवन कँवर, पूर्णबहादुर ओली, फविन्द्र आचार्य, बमबहादुर पुन, नन्दबहादुर पुन, भक्तबहादुर ओली, भरत बुढा, भानबहादुर घर्तीमगर, भिमबहादुर जी.सी, भिमबहादुर रोका, भुपबहादुर डाँगी, मनकुमारी घर्तीमगर, मनिराम बुढाथोकी, महावीर राना, मानसिंह बि.क, मिना पुन, भिमबहादुर थापा, मोलङ घर्तीमगर, मोहनविक्रम के.सी, मोहवीर बि.क, रत्न महरा, रमेश बुढामगर, रामबहादुर ओली, रामधन पुन, रितमान पुन, रीता घर्ती, रेशमराज डाँगी, ललित घर्तीमगर, लालसरी घर्तीमगर, लोकबहादुर बुढा, वीजय घर्तीमगर, विमला बुढा थापा, वीरबहादुर घर्तीमगर, वीरबहादुर घर्तीमगर, विष्णु सुनाम महर, शान्तराज शाह, शिवप्रसाद के.सी, शेर सिं बन्दिपुरे, शेरबहादुर बुढा, सन्तु कामी, सुकबहादुर बुढामगर, हरी कँवर, हरीप्रसाद बुढा, हितकुमारी बुढा, वलवीर घर्तीको नाम जिल्ला कमिटीमा नाम सार्वजनिक भएको छ ।

त्यसैगरी पूर्व नेकपा (एमाले) रोल्पाको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी रोल्पाको सचिव हरी प्रसाद घर्ती, जिल्ला सदस्यहरू बालाराम बुढा, ओमराज घर्ती, राजेन्द्र बुढाथोकी, शान्तकुमार वली, मनसिंह डाँगी, नेपबहादुर वली, वागवीर घर्ती, अमृत बुढा, ठाकुरप्रसाद वली, निमप्रसाद रोका, नेपबहादुर डाँगी, निमबहादुर डाँगी, नन्द्रकुमार आचार्य, चन्द्रबहादुर खत्री, तिर्ख बुढाथोकी, टेकबहादुर घर्ती, अमरसिंह बुढा, आशाराम गुरुङ, इश्वरी बुढा, कुशबहादुर पुन, ताजे पुन, तुलबहादुर घर्ती, मनकली बुढा, तेजराज भण्डारी, पहलबहादुर बि.क, घनश्याम खड्का, रितबहादुर आले, किरण शर्मा, लिला आचार्य, पूर्णबहादुर बि.क, समसुद्विन मिया, इश्वरी घर्ती, प्रेमबहादुर घर्ती, भिमबहादुर दसौंदी, खिमचन्द पुन, गोपाल डाँगी, दिलबहादुर के.सी, नगेन्द्रबहादुर घर्ती, पशुराम घर्ती, भूपमणी पुन, मनप्रसाद घर्ती, रोशन घर्ती, हितबहादुर रोका, श्यामलाल डाँगी, लोकेन्द्र घर्ती, मित्रलाल घर्ती, शान्तराज बोहरा, खगेन्द्र वली, योगेन्द्र वली, किसन विष्ट, ओविलाल खत्री, अमसिं थापा, टेकेन्द्र रोकाको नाम सार्वजनिक भएको छ । पूर्व ने.क.पा (माओवादी केन्द्र) र पूर्व नेकपा (एमाले) पार्टी बीच पार्टी एकता प्रक्रिया लामो समयसम्म नटुङ्गिदा कार्यकर्तामा अन्यौलपूर्ण अवस्था सिर्जना भएको थियो तर अब जिल्ला स्तरमा पार्टी एकता प्रक्रिया टुङ्गिय पश्चात् आम कार्यकर्तामा नयाँ शक्ति पैदा भएको छ । दुई पार्टी बीच केन्द्र, प्रदेश, जिल्ला, स्थानीयतह, वडा, टोलसम्म पार्टी एकता टुङ्गिनुले आम पार्टी कार्यकर्ता, शुभचिन्तक, जनताहरुमा समेत नयाँ तरङ्ग ल्याएको छ ।

अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरुले जनताको भावना अनुसार कार्य सक्रिय बन्नु पर्दछ । साथै जिल्लामा पार्टी एकताको क्रममा केही कुरामा असन्तुष्ट नेता तथा कार्यकर्ताहरुलाई पनि समयमा पार्टी नेतृत्व पंक्तिले ध्यान पु¥याउनु पर्दछ । साथै पार्टीको जन वर्गिय तथा शुभ चिन्तक संगठनहरुको बीच पनि केही दिनमै टुङ्गिएको अववस्थामा पार्टी थप सहयोग पुग्ने छ । पार्टी एकता प्रक्रिया लामो समयसम्म टुङ्गिन अवस्थामा धेरै कुरामा अस्तव्यस्थ भएका ति कुराहरुलाई व्यवस्थित गर्दै नयाँ कार्य दिशाअनुसार अगाडि पार्टी नेतृत्व अगाडि बढ्न सके जिल्लामा पार्टीको प्रभाव बढ्दै जाने निश्चित छ । पार्टी एकताको भावना मर्म अनुसार अगाडि बढ्को अवस्थामा जिल्लामा पहिलेको भन्दा सहज बन्न सक्छ होइन भने गुटगट राजनीति नेता तथा कार्यकर्ताले सुरुवात गरेमा पार्टी एकताको मर्म विपरित हुने छ ।

You may also like