राेल्पा जिल्लाकाे स्थानीयतहहरूले लक डाउन पश्चात घर फर्किएकाे तथ्याङ्क संकलन गरी निगरानीमा राख्दै

१७ गते, चैत्र
लिबाङ–रोल्पा


रोल्पा जिल्लाको दश ओटा स्थानीयतहरुले छिमेकी राष्ट्र भारत, खाडीमूलक सहित अन्य राष्ट्रबाट फर्किएका व्यक्तिहरुको तथ्याङक संकलन गरी निगरानीमा राखेका छन् । हिजाेसम्म ति स्थानीयतहहरूले लक डाउन पश्चात घर फर्किएका व्यक्तिहरूकाे        तथ्याङक संकलन गरी निगरानीमा राखेका छन् । यस कार्यले  र्भाइसरको संक्रमितको संख्या न्यूनिरणमा थप टेवा पुग्ने भएको छ ।
विश्वको विकसित राष्ट्रहरुमा कोरोना भाइरसले महामारीको रुप लिएको बेला संघीय सरकार नेपालले लक डाउन लागू गरेको छ । लक डाउनलाई स्थानीयतहरुले पनि प्रभावकारी कार्यन्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

यस जिल्लाको बजार केन्द्र र ग्रामीण क्षेत्रमा समेत लक डाउन लागू भएको छ । ति विभिन्न राष्ट्रहरुबाट सरकारले लक डाउन कार्यन्वयनको पूर्व सन्ध्यामा यस जिल्लाका मानिसहरु आफ्नो घरमा फर्किएका थिए । ति व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमित हुन सक्ने भन्दै स्थानीयतहरुले तथ्याङ्क संकलन गरी निगरानमा राखेका छन् ।

यो जिल्लाको प्रमुख आयत स्रोत भनेकै वैदेशिक रोजगारी नै हो । अहिले विभिन्न राष्ट्रबाट जिल्लाबासीहरु आयत भएका थिए । हालसम्म ति व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमित भेटिएका छैनन् ।तर, सम्भावित समस्यालाई मध्येनजर गर्दै यस जिल्लाका स्थानीयतहहरु विशेष ध्यान दिएका छन् । धेरै मानिसहरुलाई होम क्वारेन्टाइन, हेल्थ डेक्स, स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गरी रहेका छन् । ति मध्ये स्वास्थ्यमा समस्या भएकाहरुलाई रोल्पा अस्पताल रेउघाको क्वारेन्टाइनमा राखि थप उपचार भइरहेको छ । जिल्लामा भाइरसबाट बच्न र बचाउनका लागि जिल्लाबासीहरुलाई अनुरोध समेत गर्दै आएका छन् ।

                                                              रोल्पा नगरपालिका
यस नगरपालिकामा लक डाउन पश्चात् ३९ जना नगरबासीहरु विभिन्न ठाउँबाट फर्किएको नगर प्रमुख पुर्ण के.सी.ले बताउनुभयो । जसमा १ नं. वडामा भारतबाट ८ जना फर्किएका छन् र अन्य मूलकबाट १ जना फर्किएका छन्, २ नं. वडामा काठमाण्डौंबाट २ जना मानिस फर्किएका छन् र भारतबाट ५ जना र्फिर्कएका छन्, ३ नं. वडामा काठमाण्डौंबाट १ जना फर्किएका छन र भारतबाट ८ जना मानिसहरु फर्किएका छन्, ४ नं. वडामा काठमाण्डौंबाट ६ जना मानिसहरु फर्किएका छन् र भारत २ जना मानिस फर्किएका छन्, ६ नं. वडामा काठमाण्डौंबाट २ जना मानिस फर्किएका छन्, भारतबाट ३ जना मानिस फर्किएका छन् र अन्य मूलकबाट १ जना मानिस फर्किएका छन्, ७ नं. वडामा काठमाण्डौंबाट २३ जना मानिस फर्किएका छन्, भारतबाट ३ जना मानिस फर्किएका छन्, ८ नं. वडामा काठमाण्डौंबाट ३ जना मानिसहरु फर्किएका छन्, भारतबाट २ जना मानिसहरु फर्किएका छन् र अन्य मूलकबाट ५ जना मानिसहरु फर्किएका छन्, ९ नं. वडामा काठमाण्डौंबाट १ जना मानिस फर्किएका छन्, भारतबाट ६ जना मानिसहरु फर्किएका छन् र अन्य मूलकबाट ३ मानिसहरु फर्किएका छन् र १० नं. वडामा काठमाण्डौंबाट ४ जना मानिसहरु फर्किएका छन्, भारतबाट १ जना मानिस फर्किएको जानकारी नगर प्रमुख के.सी.ले दिनुभयो । ६ नं. वडाको एक जनाको रोल्पा अस्पताल रेउघाको क्वारेन्टाइनमा राखि उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्थामा सामान्य उहाँले जानकारी दिनुभयो । उहाँले बाँकी अन्य सबै जना सुरक्षित होम क्वारेन्टाइनमा रहेको बताउनुभयो । ति व्यक्तिहरुको स्वास्थ्य अवस्थामा समान्य भएको उहाँले बताउनुभयो । नगरपालिकाले राष्ट्रिय कार्यक्रम अनुसार नगर र वडा स्तरीय समन्वय समितिको परिचालनमा जनहितका लागि सूचनाहरु प्रवाह गर्दै आएको नगर प्रमुख के.सी.ले जानकारी दिनुभयो । नगरपालिकाले रोल्पा जिल्ला अस्पतालसँगको समन्वयमा भाइरसको संकास्पद व्यक्तिलाई सोही अस्पतालको क्वारेन्टाइनमा राखी उपचारको व्यवस्था गरेको नगर प्रमुख के.सी.ले जानकारी दिनुभयो । हालसम्म लक डाउनको पूर्ण रुपमा कार्यन्वयन भएको हुँदा आगामी दिनमा पनि लक डाउनलाई प्रभावकारी कार्यन्वयन गर्नका लागि सम्पूर्ण नगरबासीहरुलाई उहाँले अनुरोध गर्नुभयो ।
                                             

                                                                                    थबाङ गाउँपालिका
थबाङ गाउँपालिका कार्यालय रोल्पामा हालसम्म भारत, मलिसिया, कतारबाट १४ जना मासिनहरु फर्किएका छन् । ति मानिसहरुको तथ्याङ्क संकलन गरी गाउँपालिकाले विशेष निगरानीमा राखेको गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले बताउनुभयो । यस गाउँपालिका फर्किएका व्यक्तिहरुको स्वास्थ्यमा समस्या नआएको उहाँले बताउनुभयो । कोरोना भाइरसको स्वास्थ्य जाँचको स्वास्थ्य सामाग्रीको अभाव हुँदा स्वास्थ्यकर्मीहरु असुरक्षित भएको उहाँले बताउनुभयो । गाउँपालिकाको पहलमा ति सामाग्रीहरुको व्यवस्थामा विशेष पहल गरेको समेत गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । उहाँले यस गाउँपालिकामा कोरोना भाइरसबाट संक्रमितको पहिचानसँगै गाउँपालिकाबासीहरुलाई सुरक्षित रहन सूचना प्रवाह गर्दै आएको जानकारी दिनुभयो । उहाँले लक डाउनलाई प्रभावकारी कार्यन्वयन गरी यस भाइरसबाट बच्न र बचाउनका लागि व्यक्तिगत आनीबानी र सरफाइमा समेत ध्यान पु¥याउन अपिल गर्नुभयो ।
                             

                                                                              सुनछहरी गाउँपालिका
यस गाउँपालिकामा वैदेशिक रोजगारी र छीमेकी राष्ट्र भारतबाट ७१ जना गाउँपालिकाबासीहरु फर्किएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो । ति मध्ये १४ जनालाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखेको उहाँले जानकारी दिनुभयो । यस गाउँपालिकाको ५ नं. वडामा वैदेशिक रोजगारीबाट ४ जना र ४१ जना छीमेकी राष्ट्र भारतबाट फर्किएका, छन्, ७ नं. वडा वैदेशिक रोजगारीबाट २ जना, छीमेकी राष्ट्र भारतबाट १२ जना गरी १४ जनाको फर्किएका छन्, ६ नं. वडामा वैदेशिक रोजगारीबाट २ जना र छीमेकी राष्ट्र भारतबाट १० जना मानिसहरुको फर्किएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले जानकारी दिनुभयो । क्वारेन्टाइनमा राखिएको बाहेक अन्यलाई पनि स्वास्थ्यकर्मीको निगरानमी राखेको उहाँले बताउनुभयो । यस भाइरसबाट सम्भावित समस्यालाई मध्येनजर गर्दै गाउँपालिकाले ३० वेदको क्वारेन्टाइन स्थापनसँगै भाइरस सम्बन्धित जनचेतनामूलक कार्यक्रम सञ्चालन गाउँपालिकाले गरिरहेको छ । हालसम्म १४ जनामात्र क्वारेन्टाइनमा रहेको छन् भने आगामी दिनमा यसको संख्या बढ्ने अनुमान गाउँपालिकाले गरेको छ । यस भाइरसको पहिचानमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको अभाव नभएको समेत गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । यो संकटको बेला सम्पूर्ण गाउँपालिकाबासीहरुलाई सजक बन्न समेत अनुरोध गर्नुभयो ।

                                                                                रुन्टीगढी गाउँपालिका
यस गाउँपालिका छीमेकी जिल्ला दाङको सीमनासँग जोडिएको छ । लक डाउन सुरुवातको समयसम्म ९८ जना गाउँपालिकाबासीहरुको फर्किएको गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले जानकारी दिनुभयो । छीमेकी जिल्ला दाङ जिल्लाको सीमनासँग जोडिएको हुँदा पैदल यात्राबाट समेत गाउँपालिकामा भित्रिने क्रम जारी रहेको उहाँले बताउनुभयो । सत व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य भएको हुँदा अझै क्वारेन्टाइनमा राख्नु नपरेको ति सबै होम क्वाइरेन्टाइनमा बसेको गाउँपालिका अध्यक्ष बुढामगरले जानकारी दिनुभयो । गाउँपालिकाको पहलमा १५ वेदको क्वारेन्टाइन निर्माण गरेको छ । भने हिजो गाउँ कार्यपालिकाको बैठकले मसिना र होलेरी स्वास्थ्य केन्द्रमा समेत आवश्यकता अनुसार क्वारेन्टाइन निर्माण गर्ने निर्णय पारित गरेको समेत उहाँले जानकारी दिनुभयो । गाउँपालिकामा फर्किएका गाउँपालिकाबासीहरुलाई प्रत्येक वडामा पुगेर काउन्सिलिङ गरी होम क्यारेन्टाइनमा बस्न अनुरोध गरेको अध्यक्ष बुढामगरले बताउनुभयो । साथै उहाँले यस गाउँपालिका छीमेकी जिल्ला दाङ जिल्लासँग जोडिएकोले पैदल यात्राबाट गाउँपालिकामा आगमनको अवस्था निरन्तरता भएको हुँदा यस रोक्न जिल्ला प्रशासन कार्यालय दाङसँग आवश्यक समन्वय गरी रहेको बताउनुभयो ।

                                                                       त्रिवेणी गाउँपालिका कार्यालय
यस गाउँपालिकामा लक डाउनको समयमा छीमेकी राष्ट्र भारत सहित अन्य वैदेशिक रोजगारीबाट ९० जना मानिसहरु फर्किएका छन् । ति मानिसहरुको स्वास्थ्य अवस्थामा सामान्य भएको हुँदा होम क्वारेन्टाइनमा बसेको गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिनुभयो । सम्भावित समस्यालाई गाउँपालिकाले मध्येनजर गर्दै ३० वेदको क्वारेन्टाइनको निर्माण गरेको छ । तर, यो समाचार तयार पर्दासम्म ति व्यक्तिहरु क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था नभएको समेत उहाँले जानकारी दिनुभयो । गाउँपालिकाबाट यस भाइरसबाट बच्नको लागि टोल टोलमा माइकिङबाट प्रचार प्रसार गरिरहेको गाउँपालिका अध्यक्ष वलीले बताउनुभयो । गाउँपालिकाका स्वास्थ्य सामाग्रीको प्रयाप्त नहुँदा स्वास्थ्यकर्मीहरु असुरक्षित काम गर्दै आएको अवस्था छ । तर, गाउँपालिकाबाट ति सामाग्रीहरुको व्यवस्थापनमा विशेष ध्यान दिएको उहाँले जानकारी दिनुभयो । उहाँले यो लक डाउनलाई पूर्ण रुपमा कार्यन्वयनका लागि गाउँपालिकाबासीहरुलाई हार्दिक अनुरोध गर्नुभयो ।

                                                                                    लुङ्ग्री गाउँपालिका
लक डाउन पश्चात् यस गाउँपालिकाबाट ५४ जना गाउँपालिकाबासीहरुको आगम भएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले बताउनुभयो । ति मध्ये ४९ जना छीमेकी राष्ट्र भारतबाट फर्किएका छन् । भने १ जना दुबै र ४ कतारबाट फर्किएका छन् । ति सबै जनाको स्वास्थ्य अवस्था सामान्य अवस्था छ भने ति सबैलाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा राखिएको गाउँपालिका अध्यक्ष खड्काले जानकारी दिनुभयो । गाउँपालिकाबाट लक डाउनको पूर्ण कार्यन्वयसँग व्यक्तिगत आनीबानी, सरफाइमा विशेष ध्यान दिन अनुरोध गर्दै सूचना प्रवाह गर्दै आएको उहाँले बताउनुभयो । गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको छैन । तर, आवश्यकता अनुसार गाउँपालिकामा विद्यालयहरुलाई क्वारेन्टाइनको लागि प्रयोग गर्न तयारी गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले जानकारी दिनुभयो ।


                                                                                                 परिवर्तन गाउँपालिका
यस गाउँपालिकाबाट हालसम्म २ नं. वडामा ७ जना, ५ नं. वडामा २ जना, ६ नं. वडामा १ जना, ३ नं. वडामा ७, १ नं. वडामा ७ जना, ४ नं. ४ वडामा जना मानिसहरु गाउँपालिकामा फर्किएको गाउँपालिका अध्यक्ष निकान्त डाँगीले बताउनुभयो । ति व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य भएको र ति व्यक्तिहरुलाई गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको निगरनीमा राखिएको उहाँले बताउनुभयो । यस भाइरसको निकट अभिवष्यको सम्भावित समस्यालाई मध्येनजर गर्दै १५ वेदको क्वारेन्टाइन समेत व्यवस्था गरेको गाउँपालिका अध्यक्ष डाँगीले जानकारी दिनुभयो । यस भाइरसबाट बच्नेको निम्ति जनप्रतिनिधि मार्फत फोनको माध्यमबाट स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम सेवक मार्फत जनचेतना सन्देश प्रवाह गर्दै, प्रर्चा पम्पलेटहरु र सामुदायिक रेडियोबाट जनहितमा आधारित सूचना प्रवाह गर्दै आएको उहाँले बताउनुभयो । उहाँले गाउँपालिकाबासीहरुले लक डाउनपूर्ण रुपमा कार्यन्वयन गरेका छन् भने आगामी दिनमा पनि पूर्णरुपमा कार्यन्वयनकासँगै व्यक्तिगत आनीबानी र व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन समेत अपिल गर्नुभयो ।


                                                                गंगादेव गाउँपालिका
यस गाउँपालिकामा लक डाउन पश्चात् २ सय जनाभन्दा बढी गाउँपालिकाबासीहरु फर्किएको गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले बताउनुभयो । उहाँले ति व्यक्तिहरुको स्वास्थ्य सामान्य भएको हुँदा ति सबै व्यक्तिहरुलाई सुरक्षित होम क्वारेन्टाइनमा बस्ने निर्देशन गरेको जानकारी दिनुभयो । हालसम्म यस गाउँपालिकामा आधुनिकर ज्वरो नाप्ने मिसिन १ ओटामा उपलब्ध भएको र अन्य स्वास्थ्य सामाग्रीहरुको अभाव हुँदा स्वास्थ्य परीक्षणमा समेत प्रभाव परेको उहाँ धारणा व्यक्त गर्नुभयो । यस गाउँपालिमा यस भाइरस लक्षणसँग मिल्ने विरामी पहिचान भएको अवस्थामा उपचारमा समस्या भएको गाउँपालिका अध्यक्ष खत्रीले बताउनुभयो । गाउँपालिकाबासीहरुले लक डाउनको पूर्ण रुपमा कार्यन्वयन गरेका छन् । आगामी दिनमा पनि यस लक डाउनको पूर्ण रुपमा कार्यन्वयनसँग व्यक्तिगत आनीबानी र सरसफाइमा ध्यान दिन समेत उहाँले अनुरोध गर्नुभयो । यस गाउँपालिकाबासीहरुलाई यस भाइरबाट बचाउनको निम्ति गाउँपालिकाबाट सक्रिय रुपमा भूमिका निर्वाह गर्ने गाउँपालिका अध्यक्ष खत्रीले बताउनुभयो ।


                                                                                      माडी गाउँपालिका
यस गाउँपालिका रोल्पामा लक डाउन पश्चात् १ नं. वडामा भारबाट १ जना फर्किएको, ३ नं. वडामा कतारबाट १ जना फर्किएको र मलेसियाबाट २ जना फर्किएको, ३ नं. वडामा कतारबाट १ जना फर्किएको, ४ नं. वडामा भारतबाट १ जना र दुबइबाट एक जना, ५ नं. वडामा २ जना कतारबाट फर्किएको, ६ नं. वडामा भारतबाट ३ जना र कोरियाबाट १ फर्किएको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिनुभयो । यि व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाले कोरोना भाइरसबाट बच्न र बचाउनको लागि सम्भावित समस्यालाई मध्येनजर गरी १२ वेदको क्वारेन्टाईनको व्यवस्था गर्नुको साथै रोजगारीको शिलसिलामा विभिन्न जिल्लाको इट्टा भट्टामा गएका गाउँपालिकाबासीहरुलाई सम्बन्धित जिल्ला प्रशासनको अनुमति फर्किको अवस्थामा ति व्यक्तिहरुलाई गाउँपालिकाले १४ दिनसम्मको क्वारेन्टाइनमा बस्न र खानाको व्यवस्था गर्ने निर्णय आजको सम्पन्न बैठकले गरेको समेत उहाँले जानकारी दिनुभयो । अहिलेसम्म यस भाइरसबाट बच्नका लागि विभिन्न जनचेतामूलक प्रसार प्रचार गाउँपालिकाले गरीरकेको छ । साथै लक डाउनको समयवधि संघीय सरकारले थप गरेको अवस्थामा यस कार्यलाई विशेष प्राथमिकता दिएर अगाडि बढ्ने योजना गाउँपालिकाले तय गरेको छ । उहाँले यो संकटको बेला लक डाउनको समयलाई पूर्णरुपमा कार्यन्वयन गरी व्यक्तिगत आनीबानी सहित सरफाइमा विशेष ध्यान दिन समेत गाउँपालिकाबासीहरुलाई अनुरोध गर्नुभयो ।

                                                                                     सुनिल स्मृति गाउँपालिका
यस गाउँपालिकामा संघीय सरकारले कोरोना भाइरसको महामारीलाई न्यूनिकरणको निम्ति लक डाउन सुरुवात पश्चात् हिजोसम्म १८६ जना गाउँलालिकाबसीहरु घर फर्किएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले जानकारी दिनुभयो । यि गाउँपालिकाबासीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको हुँदा ति सबैलाई सुरक्षित रुपमा होम क्वारेन्टाइनमा राखी प्रभावकारी निगरानी राखेको उहाँले बताउनुभयो । साथै उहाँले यस भाइरसबाट गाउँपालिकाहरुलाई बच्न र बचाउनको निम्ति गाउँपालिका र वडा कार्यालयहरुको समन्वयमा टोल टोलमा पुगी जनहितका लाग सूचना प्रवाह गरिरहेको समेत जानकारी दिनुभयो । यस भाइरसको महामारीलाई गाउँपालिकाले मध्येनजर गर्दै १० वेदको क्वारेन्टाईन निर्माण गरेको छ भने आवश्यकता अनुसार थप क्वारेन्टाईन निर्माण गर्ने तयारी भएको गाउँपालिकाले बताएको छ । गाउँपालिका स्वास्थ्य सामाग्रीको अभावले स्वास्थ्यकर्मीहरु असुरक्षित हुँदा हुँदै पनि स्वास्थ्य परीक्षणमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै आएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । गाउँपालिकाकाे सबै वडाहरूमा ति व्यक्तिहरूकाे संख्या संकलन भइरहेकेा हुँदा यसकाे संख्या वृद्दि हुन सक्ने उहाँले बताउनुभयाे ।  भाइरसबाट महामारीबाट गाउँपालिकाबासीहरुलाई बचाउनको निम्ति विभिन्न निकायसँग समन्वय सहकार्य गर्दै अएको हुँदा यस भाइरसबाट संक्रमित भइन्छ कि भनेर चिन्तित बन्नुभन्दा पनि लक डाउनको पूर्ण रुपमा कार्यन्वयनसँगै व्यक्तिगत आनीबानी र सरसफाईमा विशेष ध्यान पु¥याउनका लागि उहाँले गाउँपालिकाबासीहरुलाई हार्दिक अनुरोध गर्नुभयो ।

You may also like