जेष्ठ नागरिकलाई तिर्थ यात्रा गराउँदै वडा अध्यक्ष जलेश के.सी.

टेकम प्रसाद वली
(रोल्पा समाचारदाता)
बैशाख २९ रोल्पा जिनाबाङ

रोल्पाका वडा अध्यक्षहरुमा नयाँ काम गर्दै चर्चा कमाउँदै अगाडि बढिरहेका जलेश केसीले फेरी अर्काे नयाँ काम गरेका छन् । रोल्पाको गंगादेब गाउँपालिका वडा नं ३ का अध्यक्ष जलेश कुमार केसी अहिले आफ्नो वडाभित्रका जेष्ठ नागरिकलाई तिर्थ यात्रामा घुमाउदै छन् । उनले वडा भित्रका रहेका ७५ बर्ष उमेरभित्रका ३८ जना बृद्धबृद्धालाई तिर्थयात्रा गराएका हुन । साथमा उनलाई स्याहार गर्ने परिवारका सदस्य पनि सहयोगि छन् । यसरी बृद्धबृद्धाहरुले जलेशलाई बृद्ध अवस्थामा घुमाएपनि धेरै खुसी भएका छन् ।

हालसम्म अरुलाई मात्रै भ्रमणको परम्परालाई तोड्दै आव २०७५÷०७६ योजना तर्जुमा मार्फत जेष्ठ नागरिकको मागलाई सम्बोधन गर्दै वडा कार्यालयबाट बजेटको ब्यवस्था मिलाएका थिए । बृद्धबृद्धालाई धार्मिक महत्वको विभिन्न स्थानमा घुमाउन ३÷४ दिनसम्मको लागि भन्दै अनुमानित बजेट ३ लाख छुट्याएका थिए । त्यो सुनेपछि वडाका जेष्ठ नागरिकहरुले नगएको तिर्थ सरकारले लग्ने भयो भनेर खुशी भएका थिए । त्यो सपना पुरा गर्नका लागि वडा अध्यक्ष निरन्तर लागेका थिए ।
बैशाख २७, २८ २९ गते अझै जेष्ठ नागरिकको माग भएपछि ३० गतेसम्म भ्रमण गराउने गरी भ्रमणमा निस्किएका छन् । जेष्ठनागरिकहरुलाई यस वर्ष उनले देवघाट, लुम्बिनि, स्वर्गद्वारी र भैरहवामा रहेको अष्ट्रिज फारमको समेत अवलोकन गराए घर फर्काउने उद्देश्य रहेको वडा अध्यक्ष जलेश कुमार केसीले जानकारी दिनुभयो । उनले बृद्धबुद्धालाई भ्रमण गराएर मनको इच्छा पुरा गरि दिने र घर परिवारका जान नसकेका सबैलाई सरकारको तर्फबाट लगेर मनको ढोको पुरा गरि दिने नै भएको बताउनुभयो ।
उनले गरेको यस कामलाई स्थानीय यूवा जमातले सकारात्मक दिदै सामाजिक सन्जालमा बहस समेत चलाएका छन् । अन्य युवाहरुले वडा अध्यक्ष केसीबाट केही सिक्न अरु वडा अध्यक्षलाई सुझाव समेत दिएका छन । उहाँले यस अघि नै आफ्नो वडालाइ एकै प्रकारको हरियो रङ लगाएको घरहरु भएको हरियालि वडा र पूर्ण सरसफाई उन्मुख वडा समेत घोषना गरिसकेका छन् । जनताको मनमा नविझाउने अध्यक्षका रुपमा सबैले चिनेका केसीले थप नयाँ नयाँ काम गर्ने वडावासीलाई जानकारी दिनुभयो ।

You may also like