रोल्पाका प्रतिनिधीसभा सदस्य वर्षमान पुनमगर लगायत प्रदेशसभामा विजयी प्रदेशसभा सदस्यहरुको चुनावी खर्च सार्वजनिक


रोल्पा समाचार दाता
लिबाङ, रोल्पा बैशाख १२

May be an image of ticket stub, blueprint and floor plan


गत २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा रोल्पाबाट विजयी भएका हुनुभएका प्रतिनिधी सभा सदस्य वर्षमान पुनमगर र प्रदेश (क) बाट जोखबहादुर महरा र ख बाट निर्वाचित दीपेन्द्र कुमार पुनमगरले खर्च आफ्ना सामाजिक सञ्जालबाट गर्नुभएको छ ।
निर्वाचन कार्यालयको निर्णय अनुसार निर्वाचन सम्पन्न लगत्तै निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने बनाएपछि निर्वाचन कार्यालयमा पेश गर्नुभएको थियो । पुनः निर्वाचन कार्यालयले सूचना पाटी, जनभेला अथवा सामाजिक सञ्जाल मार्फत आज सार्वजनिक गरी जानकारी दिन गरेको आग्रह अनुसार सार्वजनिक सार्वजनिक गर्नुभएको छ । सूचना पार्टी, सामाजिक सञ्जाल लगायतमा जारी गर्नुभएको हो ।


रोल्पामा १ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्रबाट वर्षमान पुनमगरका प्रनिनिधी भावबहादुर पुनमगरले २०७९ मंसिर १२ गते पेश गरेको अनुार मतदाता परिचालनमा ५ लाख ५९ हजार, खाना, नास्ता, होटेल खर्च ३ लाख ८० हजार ५८०, प्रचार सामाग्रमा ४ लाख ३९ हजार २०० र प्रतिनिधी परिचालनमा ९६ हजार गरी जम्मा १४ लाख ७४ हजार ७८० रुपैया खर्च चएको निर्वाचन कार्यालयमा रेकर्ड रहेको छ ।

May be an image of ticket stub and blueprint

यसैगरी रोल्पा १ (क) प्रदेश सभाका विजयी जोखबहादुर महराले सवारी साधानमा ५ लाख ५० हजार, प्रचारमा १ लाख ६५ हजार, गोष्ठीमा १ लाख ८० हजार , कार्यालय सञ्चालन २ लाख ५० हजार गरी १० लाख ८६ हजार ५ सय पेश गर्नुभएको थियो ।

May be an illustration of blueprint and floor plan

रोल्पा (ख) बाट विजयी दीपेन्द्र कुमार पुनमगरले सूचना प्रचार सामाग्रीमा ६० हजार, सवारी साधानमा ३ लाख १६ हजार ५०० र खाना चिया नास्ता २ लाख ३५ हजार ६ सय गरी जम्मा ६ लाख १२ हजार १ सय खर्च भएको सार्वजनिक गर्नुभएको छ ।

You may also like