अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दुबइको पहलमा ९ जना रोल्पालीहरुलाई उद्वार पश्चात् आज घर आइपुगे

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दुबइको पहलमा ९ जना रोल्पालीहरुलाई उद्वार पश्चात् आज घर आइपुगे
खुम बहादुर सुनार
लिबाङ–रोल्पा ।

This image has an empty alt attribute; its file name is khum-1.jpg


असार ६ गते, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दुबइको पहलमा ९ जना रोल्पालीहरुलाई उद्वार गरेर स्वदेश शनिबार स्वदेश पठाएको छ । विभिन्न कम्पनीमा काम गर्दै आएका तर, कोरोना लगायत अन्य कारणले अलपत्र परेका रोल्पालीहरुलाई समाजले उद्वार गर्दै आएको छ ।
करीव ४÷५ महिनादेखि दुबईमा अलपत्र परेका रोल्पा जिल्ल लुङ्ग्री गाउँपालिका–४ निबासीम आठ जना र रोल्पा नगरपालिका निबासी १ जनालाई समाजको पहलमा यानआरयान र राजदुताबाससँगको समन्वयमा स्वदेश पठाएको नव चेतना युवा क्लवका लुङ्ग्री गाउँपालिका रोल्पाका अध्यक्ष मेघराज विष्टले जानकारी दिनुभयो । ति ९ जना आर्थिक अभावको कारण काठमाण्डौंमा होटेल क्वारेटाइनमा नबसी आफ्नै घरमा होम क्वारेटाइनमा बसेको विष्टले बताउनुभयो ।
वैदेशिक रोजगारको क्रममा कोरोना भाइरसले दुबईमा अलपत्र परेको क्रममा आफु सहित मेरो साथीहरुलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको विषेश पहलमा आफ्नो घर आउन पाउँदा मनसुर सुनारले खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल सरकारले निर्धारण गरेको समयवधिमा होम क्वारेटाइनमा बसी आफु, घरपरिवार र समाजलाई सुरक्षित राख्ने सुनारको भनाई छ । दुःखको क्रममा सहयोग गर्नुहुने र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज लगायतका अन्य सहयोगी मनहरुलाई उहाँले धन्यवाद व्यक्त समेत गर्नुभयो । उहाँ सहित ९ जना ४ दिनको होटेल क्वारेन्टाइन बस्नका लागि रु २० हजार आर्थिक सहयोग समाजले गरेको थियो । आर्थिक अभावकै कारण काठमाण्डौमा होटेल क्वारेटाइनमा नसबी रोल्पासम्म आउन आवश्यक रकम रु ४० हजार गाउँपालिका वा वडा कार्यालयबाट भुक्तानी भएको अवस्थामा उक्त रकम किमराज विष्ट, राजन खड्का मेघराज विष्ट र नरेन्द्र जी.सी. लुङ्ग्री गाउँपालिकाका जनप्रतिनिधिहरु अमृत विष्ट, माणिक विष्ट, शिशिर घर्ती, पुस्कर के.सी. लगायत स्थानीय युवाहरुबाट सहयोग संकलन गरी भुक्तानी गर्ने प्रतिवद्वता व्यक्त गरेको सहयोगी निकायहरुले गरेका छन् ।

त्यसैगरी वडा अध्यक्ष शिव प्रसाद के.सी.ले नौ जना काठमाण्डौंबाट रोल्पासम्म आउनका लागि यातायात खर्च रु २४ हजार सवारी चालकलाई भुक्तानी गर्नुभएको छ । उहाँले वैदेशिक रोजगारीको क्रममा दुबईमा कोरोना भाइरसको कारण अलपत्र परेका वडाबासीहरुलाई उद्वार गरी घर पठाउन सहयोग गर्ने सहयोगी निकाय अन्तर्राष्ट्रिय रोल्पा समाज दुबई लगायत सहयोग गर्नुहुने सम्पूर्णणप्रति हार्दिक अभार व्यक्त गर्नुभएको छ ।

You may also like