रोल्पा नगरपालिका–नं. ४ द्वारा महिला सशक्तिकरण अभियान सञ्चालन गर्दै

रोल्पा समाचारदाता
लिबाङ–रोल्पा
महिला बालबालिका तथा किशोरी किशोरहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम रोल्पा नगरपालिका ४ नं. वडा कार्यालयको सभा हलमा आज (मंगलबार) सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका कार्यालय रोल्पाको नगर प्रमुख पुर्ण क.सी.ले समासमाजमा सगठित भएको आमा समूह, महिला समूह छन्, त्यसैले महिला बालबालिका, किशोर किशोरीहरुको सशक्तिकरणको निम्ति वडा कार्यालयले सञ्चालन गरेको अभिमुखिकरण कार्यक्रमले सभ्य समाज निर्माणमा सहयोग पुग्ने धारणा राख्नुभयो । बालबालिकाहरूको भविष्य आमाकै भूमिका प्राथमिकता रहने भएकोले आमाहरुले सोही अनुसारको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता समेत प्रमुख अतिथि नगर प्रमुख के.सी.ले औल्याउनुभयो । उहाँले महिला बालबालिका तथा किशोर किशोरीहरुलाई शिक्षा, स्वास्थ्य, कानुन, आर्थिक लगायतको विषयमा सशक्तिरणले बालबालबालिकहारुको भविष्य सुनिश्चित हुने बताउनुभयो । नगरपालिका नेपालकै नमूना नगरपालिका बनाउने लक्ष्य सहित अगाडि बढेको अवस्थामा आमा समूहहरुको समेत साथ सहयोग रहने अपेक्षा समेत प्रमुख अतिथि के.सी.ले व्यक्त गर्नुभयो । उहाँले आगामी तीन वर्षमा यस नगरपालिका नेपालकै नमूना नगरपालिका बन्ने कार्यक्रममा उद्घोष गर्नुभयो । त्यसैगरी बाल मन्दिर प्रा.वि. लिबाङ रोल्पाको प्रधानाध्यापक विना मल्लले बालबालिकाहरुको पहिलो पाठशाला घर परिवार भएकोले सहनशिल सत्कार सिकेको अवस्थामा शिक्षा हासिलमा सहज वातावरण सिर्जना हुने बताउनुभयो । साथै उहाँले रोल्पा जिल्लाको सदरमुकाम स्थित नगरपालिकाको वडा क्षेत्रलाई सभ्य, सुन्दर समाज निर्माणमा आमा समूहहरुले भूमिका निर्वाह गर्नुपर्ने समेत जोड दिनुभयो ।


कार्यक्रममा विशेष अतिथि जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्र.ना.उ. दीपक खड्काले दुरव्र्यशनी तथा कुलत, अधिवक्ता जितविक्रम मल्लले कानुन, स्वास्थ्य सम्बन्धि स्वास्थ्य चौकी लिबाङ रोल्पाको स्वास्थ्यकर्मीले सहजिकरण गर्दै छन् । वडा कार्यालयले वडा क्षेत्रका आठ ओटा महिला समूहलाई छनौट गरी सशक्तिकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा महिला बालबालिका तथा किशोर किशोरीहरुलाई सशक्तिकरणलाई विशेष प्रथामिकता दिने वडा अध्यक्ष नवराज आचार्यले बताउनुभयो । कार्यक्रममा रोल्पा नगरपालिका रोल्पाको प्रेस संयोजक देवी कुमारी गुरुङ, जनआकांक्षा साप्ताहिक पत्रिकाका मिनराज रोका, सहनशिल आमा समूहका पदाधिकारीहरू लगायतका सरोकारवाला निकायहरुको सहभागिता थियो । वडा अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा सदस्य दिलमाया सुनारले गर्नुभएको थियो भने स्वागत वडा सदस्य हरिजङ गुरुङले गर्नुभएको थियो ।

You may also like