लुङ्ग्री गाउँपालिका ऐपेको पहिरोमा पुरिएर दुई बालकको मृत्यु

लुङ्ग्री गाउँपालिका ऐपेको पहिरोमा पुरिएर दुई बालकको मृत्यु
चन्द्र रोकामगर
भाद्र २७ गते (पाङ) रोल्पा ।

This image has an empty alt attribute; its file name is m1.jpg

रोल्पा लुङग्री गाउँपालीका–१ पाङको ऐपे गाउँमा शुक्रबार रातिको वर्षातको कारणले गएको पहिरोमा परि २ जना बालकको मृत्यु र १ जना घाइते र १ जना सकुशल रहेका छन् । सोही गाउँमा बुबा ज्ञानसिङ घर्तीमगर र आमा ननकलि घर्तीमगरको २ छोराहरु पहिरोमा परि मृत्युु भएको छ । गोठमा २ जना रहेका थिए । जस्मा मृतकहरु ११ वर्षका युवराज घर्तीमगर र ८ वर्षका अमरसिंह घर्तीमगर मृत्यु भएको हो ।

This image has an empty alt attribute; its file name is m2.jpg

मृतकका आमा ननकलि घर्तीमगरलाई चहि केही नभएको र मृतकका हजुरआमा बिरमा घर्तीमगर घाइते हुनुभएको छ । घाइते बिरमा घर्तीमगरलाई सुलिचौर अस्पतालमा पुरा¥याएको छ । पहिरो राति करीव १२ बजेतिर गोठको माथिबाट आएको पहिरो थियो । पीढिडतको उद्वारमा जनप्रतिनिधि, प्रहरी र स्थानीयबसीहरुले गरिरहेका थिए । घटना स्थलमा सुलिचौर ईलाका प्रहरी कार्यलयबाट प्रहरी निरीक्षकको एक टोल पुगेको थियो । साथै सोही स्थानमा गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का सोही वडा अध्यक्ष मोति पुनमगर समेत पुग्नुभएको थियो ।

You may also like