फुसको छानो मुक्त अभियानलाई सफल बनाउँछौँः उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगर

मानसिंह विश्वकर्मा
बैशाख ५ गते रोल्पा लिबाङ

ऊर्जा जलजस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले वर्तमान नेपालको परिवर्तन सबै महान शहीदहरुको बलिदानले भएको बताउँदै शहीदको सपना विकास र समृद्धि भएको उल्लेख गर्दै शहीदहरु र शहीद परिवारहरुलाई राज्यले सम्वोधन गर्नुपर्ने बताउनुभयो ।
उहाँले यस्तो कुरा समृद्धि रोल्पा फाउन्डेशन मार्फत आयोजित रोल्पा जिल्लाका फुसको छानो मुक्त गर्ने अभियानको क्रममा पहिलो चरण रोल्पा जिल्लाका शहीद परिवारको घर निर्माणका लागि जस्तापाटा वितरण कार्यक्रमलाई सम्वोधन गर्दै रोल्पाको लिबाङमा आयोजित कार्यक्रममा बताउनुभएको हाृे ।
उहाँले भन्नुभयोः“शहीद सबैका साझा हुन्, शहीदको क्षतिपुर्ति हुन सक्दैन, शहीदका सपनालाई पुरा गर्ने नै हो, शहीदहरुको लक्ष्य पनि विकास र समृद्धि नै हो, त्यसैले शहीद परिवारलाई राहत स्वरुप भवन निर्माणको लागि जस्तापाटा प्रदान गरेका छाँै, सबै शहीद परिवार, बन्दी बेपत्ताहरुको घर निर्माणका लागि जस्ता पाटा वितरण गरेका छाँै । त्यो हाम्रो अभियानलाई हामी फुसको छानो भएका आम रोल्पालीलाई फुसको छानोबाट मुक्त गर्दछौँ ।”


मन्त्री पुनमगरले शहीदहरुको बलिदानले नै यो समृद्धिको यात्रा तयार भएको बताउँदै भन्नुभयोः–“यो राज्यको संरचनामा परिवर्तन, नेपाल सरकारको विभिन्न सेवा क्षेत्रमा प्रतिनिधित्व, तीनै तहको सरकारकामा प्रतिनिधित्व होस् अथवा महिला, दलित, जनजाति, उत्पीडित समुदाय क्षेत्रको प्रतिनिधित्वको सवाल पनि बलिदानबाटै सम्भव भएको हो । ” द्वन्द्वमा करिव रोल्पाबाट एक हजारको बलिदान भएको सबैको घर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसलाई सबैले सम्मान गर्नु पर्ने उल्लेख गर्दै रोल्पा जिल्लाका सबै फुसको छानो मुक्त गर्ने कार्यक्र तिव्रगतिमा कार्यन्वयन भईरहेको बताउँदै रोल्पाका सबै फुसको छानो छिट्टै सुरक्षित आवासमा परिणत हुने बताउनुभयो । उहाँले भन्नुभयोः–“ रोल्पा जिल्लामा सबै घर घुरी करिव ४३ हजार छन्, हामी चुनावको बेलामा पनि प्रतिवद्धता गरेका थियौँ, रोल्पा जिल्लाका सबै फूसको छानो मुक्त गरी सुरक्षित आवास निर्माण गर्ने प्रतिवद्धता थियो, हामी त्यसै अनुसार अगाडि बढेका छाँै हामी सबैको सहकार्यमा लक्ष्यमा पुग्छौँ, सबैलाई सहयोगका लागि अपिल गर्दछु ।”

उहाँले रोल्पा जिल्लाले विगतमा एउटा परिवर्तनको आन्दोलनमा महत्पूर्ण भूमिका निर्वाह गरेकोले अब विकास र समृद्धिको यात्रामा लागेको बताउँदै अब धेरै काम शुरुवात गरिएको बताउँदै भन्नुभयोः– “ वितगमा भालुबाङबाट लिबाङ आउन कच्चि बाटोमा ६।७ घण्टा लगाएर आउने गर्दथ्यौँ, हाल सहज छ हाल शहीद मागं होलेरीसम्म कालोपत्रे भएको छ अब दार्वाेटसम्म टेण्डर अगाडि बढेको छ तर हाम्रो चाहना थबाङसम्म कालोपत्रे छिटो भएपछि हुन्थ्यो भन्ने छ विगतको विस्तार हुँदैछ हामी विकास र समृद्धिको यात्रा छाँै ।”
ऊर्जामन्त्री वर्षमा पुनमगरले राजनीतिक क्रान्ति जस्तो छिटो विकास र समृद्धिको क्रान्ति हुन नसक्ने भन्दै अब सडक, पुल पुलेसा निर्माण भएको बताउँदै अब विद्युत पनि रोल्पा जिल्लाका सबै वडामा यसै वर्षमा सबै पूर्वाधार निर्माण गर्ने गरी काम अगाडि बढेको बताउँदै भन्नुभयोः“हामी हिजो थबाङसम्मको यात्रा गर्दा सबैमा विजुलीका कामहरु भइरहेको छ, यसै वर्षमा पूर्वाधार निर्माण गर्न सकिन्छ वाँकी रहेका वडाहरुमा अर्काे वर्षभित्र पूरा हुनेछ ।”
उहाँले रोल्पा जिल्लामा समृद्धि फाउण्डेशन मार्फत सबै फुसको छानो मुक्त गर्नका लागि सबै स्थानमा प्रक्रिया अगाडि बढेको बताउँदै अब एक हप्ताभित्र शहीद परिवारलाई स्थानीयतहको केन्द्रमै जस्ता पाटा आउने बताउनुभयो । उहाँले भन्नुभयोः–“गतसाल सुनिल स्मृति गाउँपालिले बजेट राखेको थियो, हामीले पनि राखेका थियौँ हाल गंगादेव र सुनिल स्मृतिमा ५० लाख बजेट विनियोति गरेका छौँ, यो अभियानलाई हामी सफल बनाउँछाँै ।”
उहाँले अब देश समृद्धिको यात्रामा अगाडि बढि सकेकोले गरिवी, भोगभरी र बेरोजगारबाट मुक्त गर्नका लागि लागि परेको बताउँदै विभिन्न मतभेहरुलाई पनि सम्बादको मार्फतबाट टुङ्गो लगाउने बताउनुभयो ।


यसैगरी समृद्धि रोल्पा फाउण्डेशनका अध्यक्ष एवं पूर्व सभामुख ओनसरी घर्तीमगरले रोल्पाको पहिचान विस्तारै समृद्धिले चिनिन थालेको बताउँदै आफूहरु पनि रोल्पाको विकास र समृद्धिको लागि नै लागि रहेको बताउनुभयो । उहाँले भन्नुभयोः“ जनयुद्धपूर्व रोल्पाको चर्चा कम हुन्थ्यो, जनयुद्धको समयमा लडाकु, विद्रोही रोल्पाली भनेर चिनिन्थ्यो, तर अब विकास र समृद्धि रोल्पा भनेर चिनिदै गएको छ । यो परिचयलाई अझै विकास गर्नुपर्दछ यसमा सबैलाई लाग्न अफिल गर्दछु । ”
उहाँले मन्त्री वर्षमान पुनको नेतृत्वमै सांसद सुरक्षित आवास कार्यक्रम अगाडि बढाउनको लागि समृद्धि रोल्पा फाउण्डेशनको जिम्मेवारी दिएपछि आफूहरु अगाडि बढेको जानकारी गराउँदै यो अभियानको थलनी जेलबाङका शहीद भूवनको बुवा मंगले बुढाको घर निर्माण गरेर शुरुवात गरेको जानकारी दिनुभयो । यो अभियानलाई कार्यन्वयन गर्दै अब २।३ दिनमा सबै गाउँपालिका शहीद परिवारहरुको घरमा जस्ता भर्ने बताउँदै भन्नुभयोः–“ हाल ३६९ जना शहीद परिवारलाई प्रदान गरिएको छ, यसमा गाउँपालिकाले संख्या पठाएको थियो अब दोस्रो चरणमा अरुलाई पनि वितरण गरिनेछ, यो अभियानलाई हाल पलभी जलविद्युत आयोजना ५० को जस्तापाटा र नारायणनी स्ठील उद्योगबाट ५० लाखको जस्तापाटा प्रदान भएको छ, दुवै सहयोगी सँस्था लगायत अन्य सहयोगी सँस्थाहरुलाई धन्यवाद व्यक्त गर्दछु । ”

कार्यक्रममा रोल्पा जिल्लाका शहीद परिवारहरुलाई पहिलो प्राथमिकतामा रोखर वितरण गर्ने लक्ष्य रहेको यो अभियानबाट अर्काे पटक पनि छिट्टै फेरी वितरण गरीने बताउनुभयो । रोल्पा सबै स्थानीयतहबाट शहीद परिवारहरु आएका थिए । तिनीहरुलाई शहीद र आफ्नो नाता खुल्ने गरी प्रमाण पत्र प्रदान गरी वडाले रिफारिस गरेमा प्रदान गरिनेछ । मिरुलबाट जस्ता पाटा पाउने खवर पाएपछि खुशीयालीमा आएका शहीद राजकुमार रोकामगरका बुवाले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोः–“छोराको २०५८ सालमा माओवादीमा लाग्दा शहीद भएको हो, छोरा देशका लागि लडेकोलेले होला, राहत र हाल जस्तापाटा दिएको छ । आगामी दिनमा पनि हेर्छ होला ” यस्तै त्रिवेणी गाउँपालिका बुढागाउँ रोल्पाका शहीद ललित घर्तीमगरका श्रीमति सुन्तली घर्तीमगरले आफूलाई बेला बेलामा पार्टीले सझिएकोमा श्रीमानको बलिदानको पीडा कम हुने बताउनुभयो । यसै माडी ६ कोर्चाबाङका भद्रमाली विश्वकर्माका दाजु हरी विश्वकर्माले बहिनीको जीवन नभएपनि पार्टीले आफ्नो कार्यक्रममा पारेर सम्वोधन गरिरहेको बताउनुभयो ।

जस्ता पाटाको प्रमाण पत्रका पाएपछि शहीद राजकुमार रोकामगरका बुवाले रामप्रसाद रोका खुशी व्यक्त गर्दै

यो अनियालाई निरन्तर लगाडि बढाएर जिल्लाका सबै फुसको छानो मुक्त गरी समृद्धि रोल्पा निर्माणको एउटा कार्यभार पूरा गर्ने समृद्धि रोल्पा फाण्डेशनका सचिव जीवन रोकाले बताउनुभयो । यसको स्थानीय व्यवस्थानमा पुरै पार्टी कार्यकताहरु लागेको नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले बताउँनुभयो ।
जस्ता पाटा वितरण कार्यक्रममा प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, गगांदेव गाउँपालिकाका अध्यक्ष विरबहादुर खत्री, रोल्पा नगरपालिका नगर उपप्रमुख मनकुमारी घर्तीमगर प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महरा लगायत जनप्रतिनिधीहरु, सरकारी कार्यालय तथा गैर सकारी सँस्था रोलपका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
रोल्पा जिल्लामा ९ सय ६९ जना दुवै पक्षबाट शहीद भएका छन् । बेपत्ता र बन्दी बलात्कृत लगायत सम्पति क्षतिको संख्यामा पनि उत्तिकै छ । मन्त्री वर्षमान पुनमगरको नेतृत्वमा सञ्चालित सांसद सुरक्षित आवास कार्यक्रमले सबै रोल्पालीहरुको फुसको छानो मुक्त हुन थालेपछि रोल्पा जिल्लाबासी सबैले धन्यवाद दिएका छन् । अझै यस्तै जनमैत्री कार्य गर्नका लागि सरोकारवाला निकायले सुझाव समेत पेश गरेका छन् । सुरक्षित बास भएपछि रोल्पा जिल्लामा आग्लागी, हावा हुरी जस्ता विपदमा समेत जनताले सजह रुपमा जीवन यापन गर्न पाउनेछन् ।

You may also like