जिल्ला प्रशासन कार्यालय रोल्पाबाट संकास्पद वस्तु भेटिएमा नछुन सर्वसाधारणलाई अपिल

जिल्ला प्रशासन कार्यालय रोल्पाबाट संकास्पद वस्तु भेटिएमा नछुन सर्वसाधारणलाई अपिल
२१ वैशाख, लिबाङ–रोल्पा

जिल्ला प्रशासन कार्यालय रोल्पाबाट संकास्पद वस्तु भेटिएमा नछुन अनुरोध गर्दैै सर्वसाधरणहरुलाई आज अपिल गरेको छ । यो सूचना सर्वसाधारणसम्म पु¥याउन सम्बन्धित निकायले ध्यान पु¥याउन आवश्यक छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षर अपिलमा विगत लामो समयको द्वन्द्वकालमा भएका विस्फोटक पदार्थ यस जिल्लामा भेटिनु, विस्फोटक भई सर्वसाधारणको जिउ ज्यानको जोखिम हुने तथा सर्वसाधरणमा त्रास फैलिई शान्ति सुरक्षा तथा अमनचयनमा असर परेको उल्लेख गरिएको छ । त्रिवेणी गाउँपालिका–७ मैतिकातिना डुम्ला रोल्पामा गत बिहीबार ठूलो परिणाको विस्फोटक पदार्थको विस्फोस्टबाट ४ जना बालबालिकाहरुको ज्यान गुमेयो, परिर्वतन गाउँपालिका–१ कुरेली भित्रिवन भन्ने स्थानमा २०७६ साल असोज महिना ११ गते ठूलो मात्रामा द्वन्द्वकालमा विस्फोटक पदार्थ भेटिई विस्फोटक योग्य सामाग्री विस्फोट गरी बाँकी सामाग्रीहरु जिल्ला स्थित नेपाली सेनाबाट व्यवस्थापन गरिएको, थबाङ गाउँपालिका–३ मिरुल तुतु स्थित कुवारी सामुदायिक जंगलमा दुई बोरा विस्फोटक पदार्थ योग्य सामाग्री विस्फोटक गरी बाँकी सामाग्री व्यस्थापन गरिएको जारी अपिलमा उल्लेख गरिएको छ ।
साथै यस जिल्लामा पछिल्लो समयमा विस्फोटक पदार्थ आम रुपमा भेटिइ जोखिम बढेको यस परीप्रेक्षमा आम सर्वसाधारणले जुनसुकै स्थामा ( जंगल, पाखाबारी, ओडार, गाउँघर, घरगोठ, विगतमा भएको भिडन्त स्थल तथा वरपरका क्षेत्र) मा त्यस्ता विस्फोटक पदार्थ रहेको भेटिए वा जानकारी प्राप्त भएमा जिल्ला स्थित प्रशासन तथा सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गरी त्यस्ता विस्फोटक पदार्थ तथा संकास्पद वस्तुलाई सहज व्यवस्थापनमा सहयोगी भूमिकाका लागि जारी अपिल मार्फत जिल्ला प्रशासन कार्यालय रोल्पाले अनुरोध गरेको छ । प्रत्येक अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा समाजका वुद्विजीवि, भद्रभलामीहरुल आ–आफ्नो तह तप्काबाट बालबालिका, विद्यार्थी तथा आम सर्वसाधारणहरुलाई त्यस्ता विस्फोटक पदार्थहरुको बारेमा जानकारीका लागि प्रमुख जिल्ला अधिकारी ९८५७८२७७७७, प्रहरी नायव उपरीक्षक ९८५७८२५५५५/ ९८५७८२२८५५, सशस्त्र प्रहरी नायव उपरीक्षक ९८५१२५८९७० र प्रमुख अनुसन्धान अधिकृत ९८५७८४४२७० मा सम्पर्क गर्न जारी अपिल मार्फत जिल्ला प्रशासन कार्यालय रोल्पाले सर्वसाधारणलाई अनुरोध गरेको छ । विभिन्न समयमा यस जिल्लाको विभिन्न स्थानमा ठूलो परिणाको विस्फोटक पदार्थ भेटिदै आएका छन् । हालसम्म भेटिएका विस्फोटक पदार्थहरु सशस्त्र द्वन्द्वको समयमा विद्रोही पक्षयले लुकाई राखेको भन्ने सुरक्षा निकायको निस्कर्ष छ । तर, केही निकायहरुले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले यस जिल्लामा सैन्य सामाग्रीहरु लुकाई ‘डम्पिङ’ गरी राखेको आकालन गरिरहेका छन् । जिल्लामा यसरी विस्फोटक पदार्थ भेटिनुको अध्ययन अनुसन्धानलाई प्रभावकारी बनाउन आवश्यक छ ।

You may also like