मृत्यु दाबी विमा रकम हस्तान्तरण

मृत्यु दाबी विमा रकम हस्तान्तरण
माघ ११ गते

This image has an empty alt attribute; its file name is p2-2-1024x768.jpg


सन नेपाल लाइफ इन्सोरेन्स कम्पनि लिमिटेड रोल्पा उपशाखाले शनिबार मृत्यु दाबी विमा रकम मृत्यक परिवारलाई हस्तारन्तरण गरेको छ । पीडित परिवारलाई आर्थिक दृष्टिकोणले यस विमा रकमले परिवारीक व्यवस्थापनमा सहज बन्ने भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले सोही गाउँपापिलका १ नं. कुरेली निवासी सुरेश कुमार रोका मगरको आमालाई रु ५ लाख १५ हजार ५ सयको चेक हस्तान्तरण गर्नुभएको थियो । १८ वर्षका अविवाहित रोका मगरको मृत्यु करिव ६ महिना पहिला भएको थियो । यस कार्यक्रमा गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढामगर, १ नं. वडा कुरेलीको वडा अध्यक्ष बम बहादुर बुढामगर, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँपालिका कमिटी सचिव टेकेन्द्र रोका मगर, १ नं. वडा कमिटी अध्यक्ष पूर्वे बुढामगर लगायतको आतिथ्यता थियो । सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड रोल्पा उपशाखा प्रमुख नर बहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अनिल पुनमगरले गर्नुभएको थियो भने स्वागत सुस्मा रोकामगरले गर्नुभएको थियो ।

You may also like