रोल्पामा कोरोनाले ४ जनाको मृत्यु ।


मानसिह विक
बैशाख ३१ रोल्पा

This image has an empty alt attribute; its file name is korana-deth-copy-1024x724.jpg


कोरोनाको दोस्रो चरणको लहरले रोल्पा जिल्लाका ४ जनाको मृत्यु भएको छ । रोल्पा अस्पतालमा शुक्रबार विहानसम्म १ को मृत्य भएको हो । यस अघि नै रोल्पा जिल्लाका विभिन्न स्थानीयतहबाट बाहिर गई उपचार गराउँदा गराउँदै ३ जनाको मृत्यु भइसकेको छ ।
रोल्पा जिल्लामा आइतबार विहान रोल्पा अस्पतालमा माडी ५ भाबाङका ४३ वर्षिय पुरुषको रोल्पा अस्पतालमै निधन भएको हो । यसैगरी रोल्पाको सुलिचौरबासी घोराही बजारमा व्यवसायी गर्ने राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा निधन विहीबार राती निधन भएको थियो । लुंग्री गाउँपालिकाबाट सुलिचौरमा व्यवसायी गर्ने ५० वर्षिय पुरुषको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्युभएको थियो । यस्तै गंगादेवबाट सल्यान उपचार गराई रहेका एक महिलाको पनि मृत्यु भएको थियो । हालसम्म रोल्पा जिल्लाबाट ४ जनाको मृत्यु भइसकेको छ ।
जिल्ला अस्पतालमा मृत्यु भएका माडी ५ भाबाङको शवलाई दाससँस्कारका लागि नेपाली सेनाको पहलमा भाबाङतिर नै लग्ने योजना भइरहेको जिल्ला अस्पताल रेउघा रोल्पाका प्रमुख डा. प्रकाश बुढामगरले बताउनुभो ।
बिहीबार रोल्पा जिल्लाको विभिन्न स्थानमा गरिएको परिक्षण गर्दा जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारी अनुसार रोल्पा जिल्लाको विभिन्न स्थानीयतहमा परिक्षण गर्दा बढी भइरहेकोले सबैलाई सचेत हुनका लागि प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले अपिल गर्नुभएको छ ।

You may also like