रोल्पा नगरपालिका– ४ नं. वडाले फुसको छाना हटाँउने निर्णय

रोल्पा नगरपालिका– ४ नं. वडाले फुसको छाना हटाँउने निर्णय
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा
जिल्लामा फुसको छानो हटाउने अभियान सञ्चालन भइरहेको समयमा जिल्लाको एक नगरपालिका रोल्पा नगरपालिका–४ नं. वडा कार्यालय लिबाङले पनि सोमबार फुसको छानो हटाउने  निर्णय पारित गरेको छ । अब वडा कार्यालयमा पनि जस्ता पाताको छानो निर्माणले प्राकृतिक जोखिमबाट बच्न वडाबासीलाई सहज बन्ने भएको छ ।

 


उक्त निर्णय वडा अध्यक्ष नबराज आचार्यको अध्यक्षतामा वडा कार्यपालिकाका सदस्यहरू हरीजङ गुरुङ, चित्र सेन, दिलमायाँ बि.क. र निर्मला बिष्ट रहेको समितिले उक्त निर्णय गरेको हो । वडा कार्यालयको पहलमा फुस छानो भएका गरीव विपन्न वडाबासीहरुलाई जस्ताको छानो निर्माण गरिदिने भएको छ । वडा अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको बैठकले वडाभित्रका अति विपन्न, आर्थिक अवस्था कम्जोर भएका तथा अत्यन्तै मर्कामा परेका पाँच घरधुरीलाई छनौट गरेर फुसको छाना हटाएर जस्ता पाताको छानो निर्माण गर्ने गरेको वडा सदस्य हरीजङ गुरुङले बताउनुभयो । ग्रामीण विपन्न तथा अत्यन्तै आर्थिक कम्जोर अवस्थामा रहेका घरपरिवारलाई सहजता प्रदान गर्ने उदेश्यका साथमा जस्तापाता वितरण गर्ने कार्यक्रम वडाले अबलम्बन वडा कार्यालय गरेको हो । वडामा रहेको विपिन्न, आर्थिक अवस्थामा कम्जोर भएका घरपरिलाई वडा कार्यालयको निर्णयले राहत पुग्ने भएको छ ।

You may also like