“रोल्पाली सेवा समाजको मानवीय तथा समाजिक कार्यको उच्च मूल्याङ्कन गर्दछु”

_समाजसेवी क्याप्टेन मानबहादुर बुढामगर
मानसिंह विश्वकमा
लिबाङ–रोल्पा
फागुन २६ गते रोल्पा
सामाजिक सेवाको भावनाले ओतप्रोत रोल्पा जिल्लाका युवाहरुको रोल्पाली सेवा समाज रोल्पाको प्रथम अधिवेशन ‘मातृभूमिका लागि विश्वभरिका रोल्पाली गोलवन्द होऔैं’ भन्ने मूल नारा सहित शानिबार जिल्ला समन्वय समिति रोल्पाको नयाँ हलमा सम्पन्न भएको छ ।


कार्यक्रमको प्रमुख अतिथि एवं समाज सेवी व्रिटिस आर्मीका पूर्व क्याप्टेन मानबहादुर बुढामगरले  वैदेशिक रोजगारको शिलसिलमा विदेश गएका युवाहरुले आफूले कमाएको पैसाबाट पनि सामाजिक तथा मानवीय सेवा गरिरहेको बताउनुभभयो । उहाँले भन्नुभयोः–“ हामीले सबैको प्रयासबाट सम्भव छ, समाजको अगुवाईमा सामाजिक तथा मानवीय सेवा गरिरहेकोमा म निकै खुशी छु, विदेशमा दुःख कष्टमा परेका जिल्लाबासी तथा नेपाली नागरिकहरुलाई उद्वारसँगै आर्थिक सहयोग गर्दै आएको समाजिक कार्यको उच्च सम्मान गर्दछु । यस कार्यको निरन्तर अपेक्षा पनि गर्दछु ।”
उहाँले सेवा समाजको  निम्ति गर्न सक्ने सम्पूर्ण सहयोगको प्रतिवद्वता व्यक्त गर्नुभयो । रोल्पाली सेवा समाज रोल्पाको आजीवन सदस्यता बन्ने प्रमुख अतिथि बुढामगरले घोषणा गर्नुभयो । रोल्पाली युवाहरू वैदेशिक रोजगारको शिलसिलामा धेरै रोल्पाली तथा नेपालीहरुले दुःख कष्ट भोगाईलाई मध्यनजर गर्दै यो सेवा समाज स्थापना भएको धारणा राख्नुभयो । सम्भव नै नभएका कुराहरु सामूहिकताबाट नै सम्भव भएको हुँदा अब सम्पूर्ण रोल्पाली युवाहरुलाई रोल्पाली सेवा समाजमा आवद्वता गर्नुपर्ने जोड दिनुभयो । समाज सेवाको निम्ति ओतप्रोत भएका रोल्पाली युवाहरुलाई आगामी दिनमा थप समाजिक सेवा उर्जा प्रदानको निम्ति जीवनमा अनुभवी व्यक्तित्वहरुबाट सहयोग सल्लाह सुझावको आपरिहार्यता औल्याउनुभयो ।
उहाँले भन्नुभयोः–“आपत विपतमा परेकालाई उद्धार गर्नु नै सबैभन्दा ठूलो धर्म हो, फरक–फरक क्षेत्रबाट समाजिक सेवामा सबै मानिसहरू सहभागि बनौ भने समाज परिवर्तनमा सबैले हातेमालो गरौँ ।”
विशिष्ट अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले रोल्पाली सेवा समाजले देश तथा विदेशमा दुःख कष्टमा पाएका जिल्लाका नागरिक लगायत अन्य विभिन्न जिल्लाका नागरिकहरुलाई उद्वार कार्यसँगै आर्थिक सहयोग कार्य गर्दै आएको खुसी व्यक्त गर्नुभयो । सेवा समाजको निम्ति जिल्ला समन्वय समिति रोल्पाको कार्यालयको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्वता प्रमुख सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । नेपालमा लामो समयको संघर्षपूर्ण संघर्षबाट संघीय लोकतान्त्रिक गणन्त्रण नेपालको संविधान घोषणा भई कार्यन्वयनको चरणमा भएको हुँदा अब नेपाल विकास समृद्धको दिशामा अगाडि बढेको धारणा राख्नुभयो । जसरी संक्रमकालीन अवस्थामा आम नेपाली जनताको निराशा उत्पन्न भएको निराशा निकट भविष्यमा जनताको निराशा अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारले वैदेशिक रोजगारमा गएका युवाहरुलाई स्वदेशमा फर्काउने नयाँ नीति अबलम्बन गरको अवस्थामा नेपालमा धेरै सम्भावना भएको धारणा राख्नुभयो । वैदेशिक रोजगारमा भएकै समयमा नेपालको विकास चिन्तन गर्नु भनेको नेपाल सरकरको लागि सुखीको पक्ष भएको हुँदा नेपाली वैदेश रोजगारबाट आम्दानीलाई सही ठाउँमा सदुपयोगमा ध्यान दिन विशिष्ट अतिथि बुढाममगरले अनुरोध गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी गौतम,  नेपाली काँग्रेस पार्टी रोल्पा जिल्लाका कोषाध्यक्ष खटकबहादुर खत्री, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अन्तिम कार्यकालका अध्यक्ष महेश न्यौपाने, नेपाल लेखापढी कानुनी व्यवयसायी एशोसियसन रोल्पाका अध्यक्ष होम बहादुर पुन, सल्लाकार प्रेमबहादुर वली, सल्लाकार एवं पत्रकार काशिराम डाँगी, कानुनी सल्लाकार एवं पत्रकार खेमबहादुर बुढामगर कार्यक्रम युइयीका उपशाखाका शरबहादुर डाँगी, जापान शाखाका केवल प्रसाद वली, विभिन्न देशका उपशाखाका प्रतिनिधीहरुलेश शुभकामना मनतव्य राख्नु्भएको थियो ।


कार्यक्रममा बोल्ने वक्ताहरुले वैदेशिक रोजगारबाट प्राप्त आम्दानीलाई समूह रुपमा व्यवसायीमा लागनी गर्नुपर्ने जोड दिएका छन् ।  शिक्षा क्षेत्रमा लगानी गरेको अवस्थामा मात्र अन्य विकास क्षेत्रमा विकास हुने धारणा राख्नेका थिए । रोल्पाली सेवा समाज रोल्पाका अध्यक्ष सन्दिप थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कुवेत शाखाका अध्यक्ष डीवी बुढाथोकीले गर्नुभएको थियो । स्वागत मनतव्यको क्रममा देवराज वलीले प्रवासी नेपालीहरुले पठाएको रेमिट्यान्टबाट देश चलिरहेको स्वीकार गरेपनि तिनै नेपालीहरुलाई सम्मान गर्न नसकेको बताउनुभयो । उहाँले रोल्पा र नेपालको समृद्धीको यात्रामा सहयोग गर्नु बताउनुभएको थियो  । युवाहरुको श्रम र पसिनालाई देशमै लगाउनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा अध्यक्ष सन्दिप थापाले देश निर्माणमा विश्वभरी रहेका युवाहरुलाई गोलबन्द गरी समृद्ध नेपाल र रोल्पा निर्माण गर्नका लागि सबै एक हुनपर्नेमा जोड दिनुभयो । साथै यसमा राज्यको स्पष्ट नीति रहनुपर्ने बताउनुभयो ।     यो समाचार तयार गर्दासम्म शनिबार रातीसम्म बन्दसत्र चलिरहेको छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने समेत सन्दीप थापाले बताउनुभयो ।
समाजले रोल्पाका दिलबहादुर बचाऔ, बोनम्यारो पीडित, क्यान्सर पीडित, विभिन्न समाजिक सेवा र मानवीय सेवाको कार्यमा सहयोग गर्दै आएको छ । यस्तै समाजको सेवामा लाग्नका लागि सबैको आशा र अपेक्षा छ । त्यसैले यस्ता निरन्तर कार्यमा लागेमा अभाव र मानवीय सेवाको अपेक्षा गरिरहेको रोल्पा र रोल्पाली अनि विश्वमा रोजगारको शिलशिलामा गएका रोल्पालीहरुलाई आपतमा परेको बेला उद्धार गरेमा समाजको लक्ष्य पुरा हुनेछ । यसप्रति सबै रोल्पालीलाई गोवन्द गर्ने तिर समाज अगाडि बढ्मा ध्यान दिनुपर्दछ की । समाजको विकास र सेवामा चिन्तन गर्ने युवाहरुसंग स्थानीयतह र प्रदेश तथा संघीय सकार लगायत अन्य सरोकारवाला निकायले पनि सहकार्य गर्न अति आवश्यक छ ।

You may also like