माडी २ को वडा कार्यालयको बाइकमा आगजनी वडा अध्यक्ष र जनसरकार प्रमुख आरोप प्रत्यारोप

रोल्पा समाचारदाता
फागुन २३ गते
नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) का कार्यकताहरुलाई सरकारले विना कारण गिरिफतार गरेको भन्दै विनाशर्त रिहाईको गर्दै विरोध स्वरुप रोल्पामा विभिन्न विरोधका कार्यक्रम गरेको छ । यसैक्रममा माडी गाउँपालिका वडा नं. २ घर्तीगाउँ रोल्पाको वाईक पनि जलाई दिएको गाउँपालिकाले बताएको छ ।


माडी गाउँपालिका वडा नं. २ को रा.१ व ३४३ नं. को बाईक माडी ३ व्यङखोलामा जलाई दिएको वडा अध्यक्ष ललित घर्तीमगरले बताउनुभयो । वडा अध्यक्षले घर्तीमगरले भन्नुभयोः“ मेरो छोरी २२ गते साँझ राती विरामी भएको खवर आयो, राती म घर वाइकमा गएको थिए, मैले बाइक मसिना झक्लीमा राखेर घर गए, बन्दको बेलामा जनताको काम गर्नका लागि केही अवेर गरेर जाने भन्ने बेलामा स्थानीयले बाइक जलेको खवर गरे आउँदा त साँच्चिकै जलेको रहेछ । त्यो नेकपा भन्दा अरु हुन सक्दैन उहाँहरुले होला भन्ने अनुमान गर्दछु ।”


उता माडी गाउँपालिका जनसरकार प्रमुख सुर्य खड्काले बन्दको बेलामा कुनै अप्रिय घटना नभएको जानकारी दिनुभयो ।

जनसरकार प्रमुख खड्काले भन्नुभयोः–“ हाम्रो माडीमा कुनै अप्रिय घटना हुन दिएका छाँै । हामी पनि जिम्मेवार बनेका छाँै, हामीले त्यस बाइकमा आगो लगाएका होइनाँै, कसै व्यक्तिले गरेको हुन सक्छ पार्टीलाई बदनाम र मलाई फसाउने नेटका साथ आरोप लगाएको हो ?” आफूलाई यही घटनामा मुछेर प्रहरीले गिरिफतार गर्ने धम्कि दिएको समेत बताउनुयो ।

 


यो घटनाका बारेमा गाउँपालिका नन्दबहादुर घर्तीमगरले सबैलाई जानकारी गरि सकेको समेत बताउनुभएको छ । उहाँले नेकपा विना अरुले नगरेको हुन सक्ने आसंका समेत गर्नुभएको छ ।
माडी गाउँपालिकामा यस्तो घटना हुनु र हिजो एउटै बाटोबाट क्रान्तिको झण्डा उठाएका पार्टी विचमा हाल आएर यस्तो विवाद बढ्दा माडी बासी नै चिन्चित बनेका छन् ।

You may also like