सरोकारवाला निकायद्वारा सुलिचौर र रुइनिबाङ बजार अनुगमन

सरोकारवाला निकायद्वारा सुलिचौर र रुइनिबाङ बजार अनुगमन


This image has an empty alt attribute; its file name is सुलिचाैर-बजार-अनुगमन-ग.jpg

चन्द्र रोकामगर
१५ असोज, सुलिचौर ।
रोल्पा जिल्लाको प्रमुख बजार केन्द्र सुुलिचौर र रुनिबाङ बजार आज घरेलु तथा सना उद्योग कार्यालय रोल्पाद्वारा अनुगमन भएको छ । हिन्दु धर्मवालम्बिहरुको ठूला चाड पर्वहरू दशैं, तिहार लगायतका अन्य चाड पर्वहरुको समयमा नजिकैसँग सरोकारवाला निकायहरुबाट बजार अनुगमनलाई प्राथमिकता दिएका छन् ।

This image has an empty alt attribute; its file name is सुलिचाैर-बजार-अनुगमन-ख.jpg

बजार अनुगमनमा करीव दश हजार बराबरको म्याद सिकिएको सामन नियन्त्रणमा लिएर नष्ट गरिएको छ, जसमा आटा पिठो ३३ ठैलि, शुजी पिठो ३५ याकेट र कुरमुरे ६१ प्याकेट रहेको छन् ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयबाट लोकेन्द्र मल्ल, घरेलु तथा साना उद्योग कार्यलयबाट तिलकराम वली, तिकराम घर्ती र प्रेम विष्ट, सुनिलस्मृति गाउँपालीकाबाट नुमकान्ता कालाथोकी, बासुदेव उपाध्याय र अशोक कुमार केशरी, ईलाका प्रहरी कार्यलय सुलिचौर रोल्पाबाट प्रकाश भण्डारीको लगायत सरोकारवादा निकायहरुको उपस्थिति रहेको थियो ।

This image has an empty alt attribute; its file name is सुलिचाैर-बजार-अ-क.jpg

बजार क्षेत्रमा अब चाडपर्वहरुको समय नजिकिदै गर्दा बजारमा किनमेल धेरै हुने भएकोले बजार अनुगमन गरेर म्याद सकिएको सामानहरू नष्ट सँगसँगै व्यवायीहरुलाई सचेत बनाउँदा उपभोक्ताहरुलाई फाइदा पुग्ने भएको छ । बजार अनुगमन पश्चात् म्याद सकिएका सामानहरुलाई नष्ट गरिएको हो ।

You may also like