रोल्पामा नेपाली कांग्रेसको विरोध सभा बोनसको जीवन फेरी परिवर्तनका लागि

रोल्पा समाचारदाता
साउन १५ रोल्पा
नेपाली कांग्रेस रोल्पाले वर्तमान केपी ओलीको नेतृत्वको सरकारको विरुद्धमा विरोधसभा सम्पन्न गरेको छ । सो कार्यक्रममा बोल्ने बक्ताहरुले बोनसको जीवन देश र जनताका लागि हुने बताएका छन् ।


नेपाली कांग्रेस जनता र देश लागि निरन्तर रुपमा लागिरहेको बताउँदै अब जनताको विरुद्ध केपी शर्मा ओलीले निरन्तर जनता विरुद्धमा नीति निर्माण गरि अगाडि बढेको त्यसका विरुद्धमा देशैभरी आन्दोलन तथा कोणसभा गरिरहेको बेलामा रोल्पामा पनि कोणसभा सम्पन्न गरेको हो । कोण सभामा बोल्दै पूर्व सिचाई राज्यमन्त्री अमरसिंह पुनमगरले नेपाली कांग्रेस देशैभरी आन्दोलनमा भइरहेको बताउँदै आफूहरु पनि रोल्पा जिल्लामा आन्दोलित रहेको बताउनुभयो । रोल्पा जिल्लामा छाया सरकारको भूमिका निर्वाह गर्नका लागि आफ्ना पार्टीको प्रतिनिधी पठाइएको जानकारी गराउँदै त्यसका लागि आफ्नो पार्टीको तर्फबाट गलत कामको विरुद्धमा कडा रुपमा संघर्ष गर्नका लागि अनुरोध गर्नुभयो ।
यस्तै पूर्व सांसद लेखनाथ आचार्यले केपी ओलीको नेतृत्वमा रहेको सरकारले जनघाती, जनविरोधी काम गरिरहेकोले त्यसका विरुद्धमा आन्दोलनमा सरिक हुनका लागि अनुरोध गर्नुभयो ।


यस्तै कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगरले मार्सिधानको भात खाएर नेपालीलाई दमन गर्न छुट के.पी. ओली सरकारलाई नभएको बताउँनुभयो । उहाँले देश परिवर्तका लागि आफूहरु निरन्तर लागेको बताउँदै यो बोनसको जीवनको देश र जनताको लागि भएको बताउनुभयो । उहाँले रोल्पालीहरु निरन्तर संघर्षमा रहेको बताउँदै अब फेरी राज्यले परिवर्तन र जनताको विरुद्दमा काम गरेको भन्दै सबैलाई आन्दोलनमा होमिनका लागि अनुरोध गर्नुभयो ।
यस्तै कोणसभामा नेविसंघ रोल्पाका अध्यक्ष शेरबहादुर थापाले केपी सरकारलाई राज्यबाट च्यूत गर्ने शक्ति नेपाल विद्यार्थी युवाहरुसंग भएको बताउनुभयो । उहाँले अब सडक, सदनमा संघर्ष गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस रोल्पाका सचिव मोहन परियारले सञ्चालन गर्नुभएको थियो । नेपाली कांग्रेस रोल्पाको पार्टी कार्यालयबाट शुरुवात गरिएको ¥याली बजार परिक्रममा पछि टुडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

You may also like