‘शहीद, घाइते अपाङ्गहरु आन्दोलनको ज्यूदा इतिहास हुन्’

राजकुमार कवँर
समानुपातिक प्रदेश सभा सदस्य
नेकपा (माओवादी केन्द्र)
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभाका नेकपा (माओवादी केन्द्र) तर्फबाट सामानुपातिक उम्मेद्वार राजकुमार कँवरसँग समय सान्र्दभिक निर्वाचनमा आफ्नो उमेद्वारी र पार्टीका बारेमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पादक मानसिंह बि.क.ले गर्नुभएको कुराकानीको सारक्षेप्त प्रस्तुत गरिएको छ ।

तपाईलाई रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाबाट हार्दिक स्वागत छ, तपाईको परिचय बताइ दिनुहुन्छ की ?
पत्रिका परिवारलाई पनि मेरो तर्फबाट हार्दिक स्वागत गर्दछु । मेरो नाम राजकुमार कँवर हो । म बुाबा भक्तबहादुर कँवर आमा धनादेवी कँवरको कोखबाट २०३० साउन महिनाको २२ गते जन्म लिएको हुँ । मेरो घर सवर्णावती गाउँपालिकाको गजुलपमा पर्दछ ।
तपाईको बैबाहिक एवं घर परिवारको अबस्था के छ त ?
साथै मैले २०४८ साल फाल्गुन महिनामा श्रीमती टिका कुमारी कुवँरसँग विवाह गरेको थिएँ । अहिले श्रीमती, छोरी३ र १ छोरा रहेका छन् ।
तपाईको लामो समयसम्म राजनीतिमा निकै सक्रिय हुनुहुन्छ कहिले देखि राजनीतिक यात्राबाट जनताको सेवा गर्न थाल्नुभएको राजनीतिक यात्राबारेमा बताइ दिनु हुन्छ की ?
म सानो उमेरबाट नै परिर्ततनको पक्षमा वकालत गर्ने मेरो व्यक्तिगत स्वभाव थियो । त्यसैले अध्ययनको क्रममा २०४६ सालदेखि विद्यार्थी सङ्गठनबाट मेरो राजनीतिक जिम्मेवारीको यात्रा शुरुवात भएको थियो । गौरवशाली पार्टी नेकपा (माओवादी) ले मलाई २०५४ सालमा पार्टी सदस्य प्रदान गरेको थियो । मलाई २०५७ जिल्ला समिति सदस्यको जिम्मेवारी पार्टीले दिएको थियो । मैले सोही जिम्मेवारी निर्वाह गरी रहेको बेला २०५८ सालामा जनमुक्ति सेना नेपालको प्लाटुन कमिसारको जिम्मवारी प्रदान गरी शैन्य मोर्चामा पठाएको थियो । तत्कालीन प्रतिक्रियावादी सत्ताले नेपाली जनतालाई चरण दमन गर्दै गर्दा जनमुक्ति सेनाकाको आवश्यकता अनुसार मलाई पुनः पार्टीले २०५८ सालमा जनमुक्ति सेना नेपालको कम्पनी कमिसारको थप जिम्मेवारी प्रदान गरेको थियो ।
तपाईलाई जनमुक्ति सेनाको जिम्मेवारी दिँदै गर्दा कुन–ठाउँको लडाईमा सहभागि बन्नुभयो ?
म खास गरी साना ठूला लडाई सहित १७ भन्दा बढि लडाईमा आफ्नो सहभागी भएको थिएँ । २०६२ साल पौष ११ गते तत्कालीन शाही सेनासँगको लडाईमा घाइते भएर मेरो बाँया खुट्टा गुमाएँ । सामान्ती राज्य सत्ताको विरोधमा सङ्घर्षको क्रममा मेरो शरीरिरको महत्वपूर्ण अङ्ग गुमाएको थिएँ । तर मेरो शरीरिको महत्वपूर्ण अङ्ग गुमाए पनि राजतन्त्रको औपचारिक रुपमा नै अन्त्यसँगै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संविधान जारी भई कार्यान्वयनको चरणमा आउनु मेरो सक्रिय रुपमा योगदान रहेको दावी गर्दछु । अब यसै सविधानलाई कार्यान्वयन गर्दै सम्रग नेपाल जनतालाई विकसित समृद्ध बनाउने सपना पूरा गर्न अझै पनि नेपाली जनताहरुले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बेला भएको छ ।
तत्कालीन नेकपा (माओवादी) पार्टीको नेतृत्वमा सञ्चालन भएको महान जनयुद्वको समयमा सैन्य क्षेत्रमा अग्र स्थानबाट सक्रिय भूमिका निर्वाह गर्दै गर्दा नेपालमा शान्ति प्रक्रियासँगै कुन– कुन कार्यमा व्यस्त हुनुहुन्छ ?
साँँच्चै नै नेपालमा तत्कालीन नेकपा (माओवादी) पार्टीको अध्यक्ष र सात राजनीतिकदलहरुको बीच पाँच बुदे, १२ बुदे सम्झौताको जगमा विस्तृत शान्ति सम्झौताको जगमा आम नेपाली जनताको माग सम्बोधनका साथ जसरी सफलता पूर्वक दोस्रो आन्दोलन सफल भयो । सोही अनुरुप नेपालमा जसरी तत्कालीन शाही सेना र जनमुक्ति सेनाको बीचको लडाई औपचारिक रुपमा नै अन्त्य भयो । जसको परिणाम नेपालमा शान्ति प्रक्रियाको सुरुवात भयो । पार्टीको अभियानलाई शान्तिपूर्ण राजनीतिक धरातलबाट राजनीतिक क्रियाकलापहरु अगाडी बढाएको छु । पार्टी शान्तिपूर्ण राजनीतिक वातावरणमा अवरतरणसँगै पार्टीमा अन्तर सङ्घर्ष बढ्दै गर्दा गौरवशाली पार्टी विभाजनको चरण पुग्यो । पार्टीका शीर्ष नेताहरु पार्टी विभाजन गरेर पार्टीलाई सङ्कटको अवस्थामा पु¥याए पनि गौरवशाली पार्टीलाई बचाउन सक्रिय भूमिका निर्वाह गरेको थिएँ । पार्टीलाई बचाउने अभियानमा नै सम्पन्न स्थानीयतहको निर्वाचनमा गा.पा. र वडा अध्यक्ष उम्मेद्वारलाई विजय बनाउनको निम्ति आवश्यक भूमिका निर्वाह गरेको थिएँ ।
प्रनिनिधि सभा र प्रदेशको निर्वाचनमा पार्टीले प्रदेश सभाको सामानुपातिक उम्मेद्वारको सिफारिस गरेको छ, कस्तो अनुभुति भएको गर्नुभएको छ ?
जसरी नेपालको संविधान कार्यान्वयनको अन्तिम चरणको ऐतिहासिक प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मिति नेपाल सरकारले घोषणा ग¥यो । त्यही दिनबाट देशव्यापिमा नै चुनावी गतिवधिहरु बढेका थिए । जसरी पार्टीले मलाई प्रदेश सभाको सामानुपातिक उम्मेद्वारको टिकट दिँदा गौरवको अनुभूति गरेको छु । किन भने पार्टी नेतृत्वले संघीय लोकतान्त्रिक गणतन्त्र संविधानको निम्ती जीवनलाई मृत्युको हत्केलामा राखेर सैन्य क्षेत्रको योग्दानको कदर गरेको समेत महशुस गरेको छु । जिल्लामा पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजकिदै गर्दा चुनावी अभियानमा सङ्लग्न भएको छु । चुनावी अभियानको क्रममा घरदैलो कार्यक्रम लगायतका मतदाता भेटाघाट तीव्रता दिएको छ । नेपालको सम्रग विकास समृद्धको निम्ति नेपालमा कम्युनिष्ट व्यवस्था आवश्यकता भएकोले यो चुनावमा जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संयुक्त बाम गठबन्धनका प्रत्यक्ष र सामानुपातिक उम्मेद्वारलाई अत्याधिक मतले विजय बनाउन आम जिल्लाबासीका मतदाताहरुलाई हार्दिक अनुरोध गर्दछु । घाइते अपाङ्गहरुको क्षेत्रबाट पनि प्रतिनिधित्व हुनुपर्दछ र पार्टीले बनाउनु पर्दछ ।
तपाई आगामी निर्वाचनमा प्रदेश सभाको सामानुपातिक उम्मेदवारको टिकट पाउँदै गर्दा क–कसलाई सम्झनु हुन्छ ?
नेपालमा महान जनयुद्व, दोस्रो जनआन्दोलन, मधेस लगायतका परिवर्तनकारी आन्दानेलबाट प्राप्त उपलब्धिहरुलाई नेपालको संविधानमा संस्थागत भई जारी हुनु भनेको महान शदीद, घाइते, अपाङ्ग, वेपत्ता पारिएका व्यक्ति, नेपाली जनताको योग्दानबाट नै म यस प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रदेश सभाको सामानुपातिक उम्मेद्वारको टिकट पाएको हँु । त्यसैले शहीद, घाइतेहरु परिवर्तनको वकालतहरु पाठ्य पुस्तकमा पृष्ठभूमि मात्र नभएर राजनीतिक परिवर्तनको इतिहास निर्माणका जिउँदा सक्षी पनि हुन् । महान योद्धाहरुको बलिदान, हाम्रो कुर्वानी र जनताको त्याग तपस्या र योगदानबाट विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संविधानमा संस्थागत भएका छन् । संविधानको कार्यान्वयन गरी नेपाली जनतालाई विकसित समृद्ध बनाउने अबको आवश्यकता र हाम्रो अविभारा हो । नेपाली जनतालाई विकसित समृद्ध बनाउने काम बाम गठबन्धनको बहुमतिय सरकारबाट मात्र सम्भव छ ।
अन्तिममा केही भन्नु हुन्छ, कि ?
यस लोक प्रिय साप्ताहिक पत्रिकाले मेरो विचारहरु राख्ने अवसर दिएको पत्रिका परिवारलाई विशेष आभार प्रकट गर्दछु । अब पहिलो चरणको प्रनितिधि सभा र प्रदेश सभाको निर्वाचन आउँदै गर्दा आम रोल्पाली मतदाताहरुलाई जिल्लाका संयुक्त बाम गठबन्धनका साझा प्रत्यक्ष उम्मेद्वारहरुलाई गोलो घेराभित्रको हँसिया हथौडाको चुनाव चिन्हमा मतदान गरी अत्यधिक मतले विजय बनाउनु हार्दिक अनुरोध गर्दछ । साथै यो निर्वाचनको सामानुपातिक रातो मतपत्रमा गोलो घेरा भित्रको हँसिया हथौंडाको चुनावी चुनावमा मतदान गरी अत्याधिक मतले विजय बनाउनु हार्दिक अपिल गर्दछु । लोक प्रिय पत्रिकाको उत्तर उत्तर प्रगतिको कामनासमेत व्यक्त गर्दछु ।

You may also like