भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

This image has an empty alt attribute; its file name is l5-1024x768.jpg


१२ लिबाङ–रोल्पा ।
लुम्बिनी प्रदेश सरकार नेपाल मातहत कार्यालय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाद्वारा शुक्रबार लिबाङमा आर्थिक वर्ष २०७८÷२०७९मा स्वीकृत कार्यक्रमहरू सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढाले भन्नुभयो,‘कार्यालयको सार्वजनिकीकरण कार्यक्रमहरू अनुसार उत्पादनमुखी भन्दा पनि वितरणमुखी कार्यक्रम बढी भएकोले सोचे अनुसार परिणाम उपब्धि हुँदैन कि ? त्यसैले जिल्ला स्थित सरोकारवाला निकायहरुको सल्लाह सुझावलाई आत्मसात गर्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्न जरुरी छ । अनुदानको नाममा वास्तविक किसानले अनुदान नपाएर गैर किसानहरुले अनुदान पाएको जिल्लामा धेरै छन् । विकृतले प्रोत्साहित पाएको छ । यस्ता गलत विकृतिहरुलाई निरुत्साहित गर्न जरुरी छ ।’ कार्यक्रमहरू कार्यान्वयन गर्दा वास्ताविक किसानहरुलाई उत्साहित होइन निरुत्साहित गरेको उहाँले बताउनुभयो । जिल्ला स्थित सरोकारवाला निकायहरुसँग सहकार्य समन्वयको माध्यमबाट अगाडि बढ्न सकिए सोचेको जस्तो परिणाम आउन उहाँको सुझाव व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is l3-1024x768.jpg

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भन्नुभयो,‘जिल्लाको दर रेटको कारण धेरै विकास निर्माण योजनाहरू प्रभावित भएको भन्ने व्यापक गुनासो आएको छ । आवश्यकता आधारमा जिल्लाको दर रेट पुर्नावलोकन गरेर सहज वातावरण सिर्जना गर्दछु । जिल्ला दर रेटको कारण विकास निर्माण योजनाहरू प्रभावित हुन दिनु हुन्न भन्ने कुरामा म प्रतिवद्व छु । तर, दर रेट सम्बन्धित समयमा नै जानकारी दिनका लागि डिभिजन वन कार्यालय लगायत अन्य कार्यालयहरुलाई अनुरोध गर्दछु । कानुन बमोजिम टेण्डर पारेर निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुलाई निर्धारित समयमा नै लाइसेन्स खारेज गरी कालो सुचिमा सुचिकृतका लागि जिल्ला प्रशसानलाई सिफारिस गर्न कञ्जुसायी नर्गुहोस् ।’ कार्यालयबाट तय भएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि जिल्ला स्थित सरोकारवाला निकायहरू स्थानीयत तहहरू, जनप्रतिनिधि, राजनीतिक दल, वन समूह लगायत सरोकारवाला निकायहरुसँग सहकार्य समन्वयमा कार्यक्रम कार्यान्वयन गर्नका लागि उहाँले सुझाव समेत व्यक्त गर्नुभयो । त्यसैगरी लुङ्ग्री गाउँपालिका उपाध्यक्ष भिमकला बुढाथोकी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगरले शुभ कामना मनतव्य राख्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is l1-1-1024x768.jpg

कार्यक्रममा आर्थिक वर्ष २०७८/२०७९ मा तय भएका कार्यक्रमहरू प्रस्तुत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका डाक्टर सुकई प्रसाद थारुले गर्नुभएको थियो । उहाँले जिल्ला स्थित सरोकारवाला निकायहरुसँग सहकार्य समन्वय गरी कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । साथै उहाँले जिल्ला स्थित सरोकारवाला निकायहरुलाई आ–आफ्नो ठाउँबाट सहयोगी भूमिका निर्वाहका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायहरुको सहभागिता थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर सुकई प्रसाद थारुले गर्नुभएको थियो भने सञ्चालन कार्यालयका योजाना शाखा प्रमुख गिर बहादुर घर्तीमगरले गर्नुभएको थियो ।

You may also like