आइ.टि.एफ. तेक्वान्दो संघ रोल्पा उत्कृष्टि शाखा केन्द्रद्वारा सम्मान

साउन २५ गते
लिबाङ–रोल्पा

 
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २२ औं केन्द्रीय वार्षिक उत्सवको अवसरमा आई.टि.एफ तेक्वान्दो संघ रोल्पा २०७६ सालको उत्कृष्ट शाखाका रुपमा बुधार काठमाण्डौंमा सम्मानित भएको छ । सम्मानले जिल्ला कार्य समितिहरुलाई थप कार्यमा हौसला प्रदान भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ‘वेष्ट एशोसियशन अवार्ड अफ इयर–२०१८’ बाट रोल्पा जिल्ला संघका अध्यक्ष समेत रहेका नेपाल आईटिएफ तेक्वान्दो महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष बिक्रम बाठामगरलाई अवार्ड प्रदान गर्नुभएको थियो । महासंघले वर्षभरि धेरै कार्यक्रमहरु सम्पन्न गर्ने शाखाहरुलाई उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गर्ने गर्दै आएको छ । त्यस्तै कार्यक्रममा आई.टि.एफ तेक्वान्दोको वर्ष उत्कृष्ट महिला खेलाडीका रुपमा गुल्मी जिल्लाकी सविना श्रेष्ठ र पुरुष खेलाडीका रुपमा एपि.एफ.का गोविन्द खत्री पुरुस्कृत हुनुभएको थियो । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमलाको अध्यक्षता सम्पन्न कार्यक्रममा खेलाडी, शुभचिन्तकहरुको उपस्थिति थियो । आई.टि.एफ. तेक्वान्दो संघ रोल्पाले प्रदेश स्तरीय प्रतियोगिता, प्रदेश स्तरीय आई.टि.एफ. तेक्वान्दोको रेफ्रि तथा टेक्निकल सिमिनार लगायत विभिन्न गतिविधिहरुलाई विशेष प्राथमिकता साथ सम्पन्न गरेको थियो । सोही अनुसार नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २२ औँ केन्द्रीय वार्षिक उत्सवमा संघ रोल्पा सम्मानित भएको हो ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको वार्षिक उत्सवको अवसमार आयोजित कार्यक्रममा संघ रोल्पाको क्रियाकलापलाई उचित मूल्याङ्कन गरी सम्मानित हुँदा खुसीको सीमानै नभएको जिल्ला अध्यक्ष विक्रम बाठा मगरले बताउनुभयो । यो सम्मानले आगामी दिनमा जिल्लामा संघको गतिवधिहरुलाई सक्रियताका साथ अगाडि बढाउने हौसला समेत प्रदान गरेका उहाँले बताउनुभयो ।

संघ रोल्पाको आयोजनमा आयोजित विभिन्न कार्यक्रमहरुमा आर्थिक, नैतिक, सल्लाह सुझाव प्रदान गरी सहयोगी भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण सहयोगी नियकाहरुलाई पनि उहाँले धन्यवाद प्रदान गर्नुभयो । उहाँले संघ रोल्पाको हरेका क्रियाकलापमा पनि यसरी नै आर्थिक, नैतिक लगायतको सहयोग समेत थप अपेक्षा व्यक्त गर्नुभयो ।

You may also like