घाइते अपाङ्ग कार्यदल विघटनको माग गर्दै गृह मन्त्रालयमा ज्ञापन पत्र

घाइते अपाङ्ग कार्यदल विघटनको माग गर्दै गृह मन्त्रालयमा ज्ञापन पत्र
साउन २२ गते
लिबाङ–रोल्पा

जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्वा संगठन जिल्ला समिति रोल्पाले बिहीबार माननीय गृह मन्त्री, नेपाल सरकार गृह मन्त्रालय सिंह दरबार काठण्डौंमा जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फत घाइते अपाङ्ग सम्बन्धि गठन भएको कार्यदल र कार्य विधि प्रति विघटनको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्वा संगठन जिल्ला कार्य समिति रोल्पाका राजकुमार कवँरले प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरलाई हस्तान्तरण गर्नुभएको थियो । जनक्रान्तिका घाइते तथा अपाङ्ग संगठन नेपाल, नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन समिति रोल्पा, मुख्य मन्त्रिको कार्यालय ५ नं. प्रदेश नेपाल र आन्तरिक मामिला तथा कानुन मन्त्रालय ५ नं. प्रदेश नेपाललाई यस ज्ञापन पत्र बोधार्थ सहित जिल्ला प्रशासन कार्यालय रोल्पालाई ज्ञापन पत्र जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्वा संगठन जिल्ला समिति रोल्पाले बुझाएको हो ।
यस ज्ञापन पत्रमा दश वर्षे जनयुद्ध, २०६२/२०६३ जनआन्दोलनको १९ दिने जनआन्दोलन, मधेश आन्दोलन र जनजाती आन्दोलन भएको सर्व विदितै छ । विशेषतः जनयुद्धका कारण नेपालको राज्य सत्ता परिवर्तन सम्भव भएको हो । जुन रुपमा लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी, धर्म निरपेक्षता लगायतका परिवर्तनहरु ल्याउन विशेष गरी हामीहरु अग्र मोर्चामा लड्दै गर्दा घाइते–अपाङ्ग हुन पुगेको हँुदा नेपाल सरकारले हामी जनयुद्धका क्रममा घाइते–अपाङ्ग हुन पुगेको हुँदा नेपाल सरकारले हामी जनयुद्धका क्रममा घाइते अपाङ्ग भएकाको व्यवस्थापनको सवालमा सात (७) ओटा डिभिजनमा रहेका घाईते आपङ्गहरुलाई व्यवस्थापन गर्न नेपाल सरकारद्वारा गठित विशेष कार्यदलद्वारा घाईते आपाङ्गको वर्गीकरण, रेखदेख तथा व्यवस्थापन गर्न बनेको सोही विशेष कार्यदलद्वारा ४४६ जनाको विशेष व्यवस्थापन गरिएको र ववर महलमा रहेको राहत इकाई शाखाको राहत सूचिमा सूचिकृत भएकाको प्रतिशत निर्धारण गरी पठाइएकाले प्रतिशतका आधारमा विशिष्ठ र प्रथम श्रेणीमा परेका घाइते अपाङ्गहरुले जीवन निर्वाह भत्ता, औषधि उपचार, सन्तती छात्रवृति लगायतका सेवा सुविधा पाएको हुँदा यस सेवा सुविधाको सवालमा जनयुद्धका क्रममा घाईते, अपाङ्ग भएका व्यक्तिहरुको अपाङ्ग प्रतिशत निर्धारण तथा पुनरावलोकन गर्न बनेको कार्य विधि २०७४ को प्रथम संशोधन २०७६ ले घाईते अपाङ्ग भएकाको प्रतिशत निर्धारण मापदण्ड नै राजनैतिक पूर्वाग्रही, विभेदकारी, हचुवा, अन्यायप्रण र नियोजीत रुपमा छुटाउने र हटाइ दिने तरिकाको नीती बनेको र सो कार्य विधिले घाईतेहरुको प्रतिशत निर्धारण गर्ने जीवन निर्वाह भक्ता सहित सबै सेवा सुविधाहरुको सुनिश्चितता गर्नुको सट्टा कटौटी गरिएको हँुदा हाम्रो संगठन पूर्ण रुपमा यस कार्य विधि खारेज माग गर्दै ज्ञापन पत्र बुझाएको हो । साथै सम्मानजनक र न्याय पूर्ण रुपमा कार्य विधि निर्माण गरी न्यायोचित प्रतिशत निर्धारण, प्रतिशतको आधारमा सम्पूर्ण घाईते अपाङ्गहरुलाई जीवन निर्वाह भत्ता प्रदान गर्न, मधेश आन्दोलन, जनआन्दोलन, जनजाती आन्दोलन, सहित आन्दोलनका घाईते अपाङ्गहरु र जनयुद्धका कारण भएका घाईते अपाङ्गहरुको सेवा सुविधामा एक रुपता ल्याउन, घाईते अपाङ्गहरुलाई सीप मुलक तथा आय आर्जन सम्बन्धि तालिम एवं अवसरको व्यवस्था गर्न साथै घाईते अपाङ्गका छोरा छोरीहरुलाई विभिन्न अवसरहरुमा प्राथमिकता दिन एक अधिकार सम्पन्न विशेष कार्यदल घाईते अपाङ्ग योद्धको नेतृत्वमा गठन गर्नको लागी जोड्दार माग समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । अर्काे सूचना नआउँदासम्म घाइते अपाङ्ग परिचय पत्र वितरण कार्य तत्काल रोक्नका लागि जिल्ला प्रशासन कार्यालय रोल्पालाई जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठन जिल्ला समिति रोल्पाले ज्ञापन पत्र मार्फत अनुरोध गरेको छ । यो मागलाई व्यवास्ता गरि हाम्रो संगठनलाई आन्दोलनमा जान बाध्य नपारियोस् भन्दै ज्ञापन पत्र मार्फत आन्दोलनका क्रममा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम नेपाल सरकार तथा सम्बन्धित मन्त्रालयल चेतवानी समेत दिएको छ ।
यस ज्ञापन पत्र हस्तान्तरणमा राज कुमार कँवर, भान बहादुर घर्ती, रत्न बहादुर महरा, मणी थापा, देवेन्द्र घर्ति, नरेश थापा, अर्जुन सुवेदी, राजन कँवर, गणेश घर्ती, रुद्र बहादुर घर्ती, गणेश रसाइली, द्रुमती खड्का, मतिलाल डाँगी, भिमा कँवर, चित्र बहादुर घर्ती, पुर्ण प्रकाश घर्तिमगर, जुनतार घर्ती मगर, हरि प्रकाश घर्ती, वीर बहादुर बुढा, लाल बहादुर घर्ती, तेजेन्द्र बुढा मगर, ललित बहादुर पुन मगर, कुमारी थापा, मल बहादुर झाँक्रि, ओवीलाल विष्ट, रज बहादुर बुढा, दुर्गा प्रसाद बुढा, नर बहादुर डाँगी, गोविन्द बुढा मगर, प्रेम बहादुर बुढा मगर, सिता महरा, मिल मरमथानी, खुमा पुन, इन्द बहादुर रोका, निशा घर्ती, सुन कुमारी बुढा, आश बहादुर पुन, टिकाराम घर्ती, राम कुमार पुन, भिम बहादुर पुन, पञ्च बहादुर बि.क, रुप सरी परियार, लालसिं घर्ती मगर, राजधन रोका, कर्ण बहादुर परियार, पुतला सुनार, अजय घर्ती मगर, पुर्ण प्रकाश घर्ती मगर, देब बहादुर थापा, इर्खमाला रोका मगर, दल बहादुर बि.क, जस बहादुर बि.क, सन्देश बि.क, गोपिलाल खत्री, किस्मत बुढा मगरको उपस्थिति रहेको थियो ।

You may also like