अखिल नेपाल महिला संघ रोल्पाद्वारा प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

अखिल नेपाल महिला संघ रोल्पाद्वारा प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापन–पत्र
माघ २५ गते

This image has an empty alt attribute; its file name is m3-1024x768.jpg

अखिल नेपाल महिला संघ रोल्पाले गृह मन्त्रालय, नेपाल सरकार, महिला तथा जेष्ठ नागरिक मन्त्रालयलाई बोधर्थ सहित जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फत आज असंवैधानिक कदम प्रतिनिधिसभाको विरोध गर्दै प्रधानमन्त्री खद्क प्रसाद शर्मा ओलीलाई ज्ञापन–पत्र पठाएको हो ।
अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य मन कुमारी घर्तीद्वारा हस्ताक्षर ज्ञापन–पत्रमा २०७७ साल गत पुसको ५ गते नेपालको संविधानको ठाडो उल्लङ्घन गरी असंवैधानिक अलोतान्त्रिक एवम् स्वेच्छाचारी ढंगबाट संघीय सरकारको प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी प्रतिगामी कदम चालेकोले संघले त्यसप्रति तीव्र आपत्ति प्रकट गर्दै घोर विरोध एवम् भत्र्सना गरेको छ । महिलाहरुको पनि ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरिएको ऐतिहासिक राजनीतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामानुपातिक समावेशीता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तो सुकै संघर्ष गर्न नेपाली महिलाहरु समक्ष छौं भन्दै प्रधानमन्त्री ओलीलाई ज्ञपान–पत्र मार्फत चेतावनी संघले दिएको छ । संविधानले प्रधानमन्त्रिलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नदिएपनि असंवैधानिक कदमपछि देशमा अस्थिरता र मुडभेडतिर गैरहेको र प्रतिगामी कदमको समर्थनमा कुनै राजनीतिक पार्टी, संविधान विद्, वुद्विजीवि, मजदुर, किसान, नागरिक, समाज नभएको कुरा पनि पुष्टि भैसकेको उक्त ज्ञापन–पत्रमा उल्लेख गरिएको छ । ओलीको असंवैधानिक कदमको विरोधमा आयोजित शान्तिपूर्ण आन्दोलनमा प्रहरी मार्फत दमन गर्ने, महिला नेतृमाथि पुरुष प्रहरीको दमन, ज्यादती र अत्याचार गर्ने हरकतहरु बढिरहेका भन्दै संघले आपत्ति व्यक्त गरेको छ । अस्थिरता र अशान्तिले महिला हिंसालाई बढ्वा दिन्छ भन्ने कुरा घामझै छर्लङ्ग भएकोले संघले प्रधानमन्त्री ओलीलाई असंवैधानिक कदमप्रति प्रश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधिसभा पुनः सञ्चालन गरी संविधानलाई क्रियाशील बनाउने पक्षमा माग गर्दै ज्ञपान–पत्र पठाएको हो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरले संघको ज्ञापन–प त्र आजै सम्बन्धित निकायमा पठाउने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो ।

You may also like