रोल्पा उद्योग वाणिज्य संघले दिलबहादुर बचाउनको लागि १ लाख ४८ हजार ६ सय रुपैया प्रदान

रोल्पा समाचारदाता
लिबाङ
रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको आयोजनामा साउदीको जेलमा रहेका रोल्पा नगरपालिका वडा नं. १० का दिलबहादुर घर्तीमगर बचाऔँ अभियानमा संकलित रकम हस्तातरण र स्थानीयतहको संयोजक चयन कार्यक्रम बुधबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।


साउदीको जेलमा रहेका दिलबहादुर घर्तीलाई ब्लड मनि स्वरुप साउदी अदालतले ६५ लाख रुपैयामा पीडितका परिवारका लागि क्षतिपुर्ति माग गरि दिएको छ । आर्थिक अवस्था कमजोर भएकाले दिलबहादुरलाई बचाउनका लागि नेपाल र नेपालबाहिर सहयोग संकलन अभियान जारी रहेको छ । यसैक्रममा रोल्पा जिल्लाका विभिन्न सामाजिक संघ सस्था तथा अभियानहरुले समेत सहयोग संकलन गरिएको थियो । यसैक्रममा रोल्पा उद्योग वाणिज्य संघ रोल्पाले सहयोग संकलन १ लाख ४८ हजार ६०० रुपैया प्रदान गरेको थियो । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले दिलबहादुर घर्तीमगरको परिवारलाई हस्तातरण गर्नुभएको थियो । अब दिलबहादुर घर्तीमगरलाई साउदी अरवको जेलबाट मुक्त गर्न सकिने भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राजबहादुर बुढामगरले दिलबहादुर बचाउनको लागि सबैले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नभयो । साथै सचेत हुनका लागि हार्दिक अनुरोध गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य किशोर कुमार आचार्यले उद्योगीहरुको हितमा काम गर्नका लागि स्थानीयतहका सकारकाले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले दिलबहादुर बचाऔँ लगायत अन्य सामाजिक अभियानमा रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका निकै लागि परेको समेत बताउनुभयो ।
रोल्पा नगरपालिका नगरप्रमुख मनकुमारी घर्तीमगर रोल्पा नगरपालिकालाई राम्रो बनाउनको लागि दिएको सल्लाह सुझावलाई सकरात्मकरुपमा ग्रहण गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रोल्पाका प्रतिनिधि फविन्द्र आचार्य, नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खट्कबहादुर खत्री, नेपाली कांग्रेस रोल्पाका निर्वमान सभापति कृष्णबहादुर घर्तीमगर, रोल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह वि.क, गैर सरकारी सँंस्था महासंघ प्रदेश सदस्य अर्जुन डाँगी लगायतले धन्यवाद तथा शुभकामना मनतव्य दिनुभएको थियो ।
शुभकामना मनतव्यको क्रममा दिलबहादुर बचाउनको लागि सबैले गरेको प्रयासबाट दिलबहादुरलाई बचाउन सकिने अवस्थामा पुगेकोमा सबैलाई धन्यवाद भएको छ । साथै रोल्पा जिल्लामा रहेको उद्योगी व्यावसायीहरुको पक्षमा काम गरिदिनका लागि हर्दिक अनुरोध गर्नुभयो ।
कार्यक्रममा रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका मनार्थ सदस्य बैकुण्ठ श्रेष्ठ लगायत रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका पदाधीकारी, पत्रकार, व्यापारीहरुको सहभागिता रहेको थियो ।


रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बिश्वकुमार चन्दको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव मिलन रोकामगरले गर्नुभएको थियो । कार्यक्रमका सहभागिहरुलाई स्वागत उपाध्यक्ष रामचन्द्र थापाले गर्नुभएको थियो । रोल्पा जिल्लाका स्थानीयतहको संयोजक छनौट गर्नेक्रममा रोल्पा नगरपालिकाको संयोजकमा युवा व्यावसायी आकाश वली चयन हुनुभएको छ ।

You may also like