सीमा मिच्ने हो भने आन्दोलनको नेतृत्व म आफै गर्दछु, –ः दिपेन्द्र कुमार पुनमगर सिजल प्रदेश नं. ५

सीमा मिच्ने हो भने आन्दोलनको  नेतृत्व म आफै गर्दछु, –ः दिपेन्द्र कुमार पुनमगर सिजल प्रदेश नं. ५
२०७५ बैशाख २१ जिनाबाङ


रोल्पा जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश नं. ५ का सांसद दीपेन्द्र कुमार पुनमगरले रोल्पा र सल्यानवीचको समन्धलाई भत्काउनका लागि केही शक्ति लागि परेको बताउँदै सल्यानबाट रोल्पाको भुगोलमा आएर सल्यानको स्थानीतहले होडिङ बोर्ड राखेकोमा आपत्ति व्यक्त गर्नभयो । उहाँ जिल्लाको सीमनाक्षेत्रमा सल्यान जिल्लाको सीमाना सुकिदह ३ मा सल्यान जिल्लाको स्थानीयतहले सीमा मिचेर बोर्ड राखिएकोमा खेद व्यक्त गर्दै भन्नुभयोः–“हामीले रोल्पा जिल्लाबासी आफ्नो अस्तित्वमा बसेका छौँ । कसैले धावा नबोल्नका लागि समेत अनुरोध गर्दछु, हामी यो विभिन्न निकायको सहमतिमा ह गर्ने प्रयत्न गर्दछौँ । तर हाम्रो यो इमान्दारीता एवं सोझोपनलाई कमजोरी भएर हाम्रो जिल्लालाई अन्याय गरेमा म आफै आन्दोलनको नेतृत्व गर्दछु, त्यसलाई कुटनैतिक तरिकाले हल गर्नुपर्दछ ।” उहाँले यो विवाद गाउँपालिकाहरुको सहमतिमा, जिल्ला समन्वय समितिको सहकार्यमा हल भएमा सामान्य हुने बताउँदै होइन भने प्रदेश नं. ५ को प्रदेश नं. ६ को विचमा सहमति गरेर भए पनि सहमति कायम गर्नु पर्ने बताउनुभयो ।
साविक जिनाबाङ ४ चामी हाल सुकिदह गाउँपालिका वडा नं. ३ मा आएर सल्यानको छत्रेश्वरी गाउँपालिकाले बोर्ड राखेपछि उक्त विवाद सतहमा आएको हो । सो वोड चामीबासी सिमा क्षेत्रबाट हताउन अनुरोध गरेपछि यस्तो कुरा बाहिर आएको हो ।

यस्तो कुरा साँसद पुनमगरले सुकीदह गाउँपालिका ३ नं. वडा पालिका जिनाबाङ नेपालको पहिलो हरित वडा एवं पूर्ण सरफाई उन्मुख वडा घोषणा कार्यक्रम जिनाबाङमा भएको घोषणा सभाबाट घोषणा गर्नुभएको हो ।
सो कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले रोल्पा नेपालको पहिलो हरित वडा प्राकृतिक रुपले धनि भएकाले गर्दा पनि चारैतिर हराभराले यसलाई हरित वडा घोषणा गर्नका लागि आधार खडा भएकाले बताउँदै अब प्रत्येकको घरमा र आगनमा हरित हुनु पर्ने बताउनुभयो । शहरमा बनाउन कठिन भएको तर प्राकृतिक रुपमा बनावट भएकोले हति वडा बनाउन सजिलो भएको बताउनुभयो ।
उहाँले नेपालको पहिलो हरित वडा घोषणा गरेकोमा सुकीदह ३ जिनाबाङलाई धन्यवाद व्यक्त गर्नुभयो । रोल्पा जिल्लाको पूर्ण सरफाई युक्त उन्मुख निर्माणका लागि पहलकर्ता सबैलाई हार्दिक अभार समेत व्यक्त गर्नुभयो । उहाँले मानिसको स्वाथ्य सबैभन्दा महत्पूर्ण भएकाले त्यसको विकासका लागि आफूहरु नै सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लाकालाई समृद्ध बनाउनका लागि कुराले मात्रै भन्दा पनि अब व्यवहारबाट सम्भव हुने बताउनुभयो ।
रोल्पा जिल्ला २ नं. निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सदस्य दीपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लाको विकासका लागि विगतमा पनि कुनै भेग क्षेत्र भन्दा पनि समग्र रोल्पाको विकासका लागि काम गरेको दावी गर्दै आगामी दिनमा पनि त्यसैगरी काम गर्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लाको विकास र समृद्धका लागि एक भएर लाग्नका लागि अनुरोध गर्नुभयो । अब रोल्पामा सडकको आधारभूत कुरा पुरा भएको बताउँदै विद्युत नै पहिलो प्राथमिकता भएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले रोल्पा जिल्लाको विकास, प्रगति र समृद्धका लागि सबैले आफ्नो आफ्नो भूमिका निर्वाह गर्नका लागि हार्दिक अनुुरोध गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष विरबहादुर खत्रीले सुकीदह गाउँपालिकालाई समृद्ध र गतिशील बनाउनको लागि गाउँपालिका पूरै लागेको बताउँदै अब नयाँ कृषि, पशु पालनमा बढी रकम विनियोति गरी आत्मनिर्भर तिर लाग्ने बताउनुभयो । उहाँले पूर्ण सरफाई र हरित वडा घोषणा गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । साथैं उहाँले पनि सल्यान जिल्लाले सीमा मिचेको विरुद्धमा जस्तो सुकै आन्दोलनको नेतृत्व गर्नका लागि आफू तयार रहेको बताउँदैनुभयोे ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य लोकमन डाँगी, सुकीदह गाउँपालिका उपाध्यक्ष रीता घर्तीमगर, नेकपा एमाले रोल्पाका अध्यक्ष हरीप्रसाद घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका प्रतिनिधी कुलबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष सुरेन्द्र घर्तीथापा, खानेपानी तथा सरफाई सव डिभिजन कार्यालय रोल्पाका डिल्ली न्यौपाने, सुकीदह गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत रेवट बहादुर बुढाथोकी, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्वकुमार चन्द, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्मा, पास नेपालका अध्यक्ष ज्ञानेन्द्र थहराइ, २ नं. वडा अध्यक्ष भुपाल दमाई, ७ वडा अध्यक्ष तुलबहादुर घर्तीमगर लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो । शुभकामना मनतव्यको क्रममा हरित वडाको दीगो पना, विरुवा रोप्नुपर्ने, सबृद्ध वडापालिका बनाउनको लागि निरन्तर लाग्नुभएको छ ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख, विभिन्न सामाजिक संघ सँस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जनवादी तथा युवा गायक नविन खड्का, लोक दोहरी गायक हरी डाँगी, दोहरी गायका सुशिला थापाले विभिन्न सचेतना सम्बन्धी गीत प्रस्तुत गरी सहभागीहरुलाई हरित वडाका फाइदा सँगै पूर्ण सरफाईको बारेमा जानकारी गराउनुभएको थियो ।
सुकीदह ३ जिनाबाङमा वडापालिकाको सबै घर हयिो रंग, करेसावारी निर्माण, घर वरीपरीको बोट विरुवा, बारीमाको संरक्षण लगायतको सबै हरित वडा घोषणा गरिएको हो । साथै पूर्ण सरफाई वडा उन्मुख बनाउने अभियानमा फन वोर्डको आर्थिक सहयोगमा पास नेपालको सामाजिक परिचालनमा अभियानले पूर्णता पाएको हो ।
जिनाबाङबीको व्यापकि सहभागिता भएको उक्त कार्यक्रममा आमा समूह, युवा क्वल, बाल क्लव, शिक्षक, विद्यार्थीहरुको व्यापक सहभागिता रहेको थियो । पञ्चेवाजासहित ¥याली गरिएको थियो । सुकीदह गाउँपालिका वडा पालिका ३ का अध्यक्ष जलेश केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव कमल राज ओलीले गर्नुभएको थियो । कार्यक्रममा सहभागि सबैलाई स्वागत वडा पालिका सदस्य निर्मला खड्काले गर्नुभएको थियो ।

You may also like