उपराष्ट्रपति पुनमगरको गाउँ राङ्सीमा मदिरा निषेधित वडा बन्दै

मानसिंह विश्वकर्मा
रोल्पा ३ बैशाख

उपराष्ट्रपतिको नन्दबहादुर पुनमगरको वडा मदिरा निषेधित बन्ने दिशामा अगाडि बढेको छ । मदिरा बेच विखन विरुद्धको अभियानमा परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीबासी निकै सक्रिय भएका छन् । विगत केही वर्षदेखि निरन्तर रुपमा मदिरा विरुद्धमा लागेका राङ्सीबासीहरुले अभियानलाई अझै सशक्त रुपमा अगाडि बढाउने गरी तयारी गरिरहेका छन्् । रोल्पाको मदिरा विरुद्धको अभियानमा लागेको साविकको गा.वि.स राङ्सी नै पहिलो हो ।
२०७५ सालदेख सो साविकको गा.वि.स.मा खान र बेच्नका लागि निषेधित क्षेत्र बनाउने अभियानमा सबै राङ्सीबारीहरु लागेका छन् । बाहिरबाट आउने र वडा मै उत्पादन हुने मदिरालाई पूर्ण रुपमा प्रतिवन्धको अभियानको अगुवाई वडा पालिका, विद्यालय र व्यवस्थापन समितिले नेतृत्व गरिरहेका छन् । वडा पालिकालाई पूर्ण रुपमा मदिरा निषेध गरी वडा पालिकालाई सभ्य बनाउन लागिएको वडा अध्यक्ष हरीप्रसाद बुढामगरले बताउनुभयो । विद्यालयमा पनि मदिरा विरुद्धको शिक्षा प्रदान गरिरहेको र गाउँ गाउँमा पनि सचेतना अभियान विद्यालय, शिक्षक र विद्यार्थीहरुको सामूहिक प्रयासबाट भइ रहेको मा.वि.का प्र.अ. भिमप्रकास पुनमगरले बताउनभयो ।
अभियानलाई जिल्लाका सञ्चारकर्मीहरुको सञ्चार माध्यमहरुले पनि निकै सहयोग गरेको समेत स्थानीय सञ्चारकर्मी रणबहादुर सुनारले जानकारी दिनुभएको छ । उहाँले अब एक पटक जिल्लाका सञ्चारकर्मीहरुलाई लिएर समेत अनुगमन गराउने बताउनुभयो ।
बजार व्यवस्थापन समिति पनि यो अभियानमा निकै सक्रियताको लागेको र कुनै पनि पसलमा भेटिएमा विक्री वितरण र खानेलाई २५ सय देखि ५ हजारसम्म जरिमाना गराउने निर्णय गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष बलसिंह बाठामगरले बताउनुभो । सो वडा राङ्सीमा स्थानीय पसलहरुमा निगरानी एवं अनुमगन समेत गरेको छ । राङ्सी गाविसमा मदिरा विरुद्धको अभियान आफ्नो कार्यकालमै शुरुवात गरेका तत्कालीन राङ्सी गाविस सचिव दयाबहादुर पुनमगरले बताउनुभयो ।
राङ्सीमा सबै गाउँका स्थानीय जनतासँग यो अभियानको बारेमा व्यापक रुपमा छलफल तथा अन्तरक्रिया गरिरहेको छ । खुला दिशा मुक्त अभियान, जातीय छुवाछुत मुक्त भइसकेको छ भने बालविवाहमुक्त, पूर्ण सरफाई अभियान, मदिरामुक्त वडा पालिका बनाउनको लागि उपराष्ट्रपति नन्दबहादुर पुनमगरका वडावासीहरु कम्मर कसेर लागेका छन् । सो गाविसकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आफ्नो वडाबासी पुगेकोले साविकको राङ्सी गा.वि.स एवं हाल परिवर्तन गाउँपालिका वडा नं. २ लाई नमूना बनाउने कार्यमा लागेको छन् ।

You may also like