परियोजनाबाट विपन्न परिवारलाई बङ्गुरको पाठापाठी वितरण

फागुन ५ गते
जुगाँर–रोल्पा


आर्थिक अभावकै कारण विद्यालय छाडेका बालश्रमिकहरुको अभिभावकहरुलाई आज आम्दानी अभिवृद्धिको निम्ति एकीकृत परियोजनाबाट बङ्गुर पाठापाठी वितरण भएको छ । यसले आर्थिक विपन्न परिवारको आम्दानी अभिवृद्धिम थप सहयोग पुग्ने भएको छ ।
त्रिवेणी गाउँपालिकामा बालश्रम निवारणमा कार्यरत संस्था मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पाले विपन्न परिवारका लागि ३/३ ओटा बङ्गुर  पाठापाठी वितरण गरेको हो । यस गाउँपालिकाको समन्वय, सेभ द् चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालित एकीकृत परियोजना अन्तर्गत आर्थिक अवस्था अतिजोखिममा परेका विपन्न परिवारको आर्थिक अवस्थामा सुधारका लागि बङ्गुरको पाठापाठी वितरण गरिएको परियोजना संयोजक धेरेन्द्र डाँगीले बताउनुभयो ।

गाउँपालिकाको विभिन्न वडाहरुका ८ विपन्न घरपरिवारलाई २४ ओटा बङ्गुरका पाठापाठी वितरण गरिएको जीविकोपार्जन अधिकृत डा. विजय तिवारीले जानकारी दिनुभयो । गाउँपालिका पशु विकास शाखा प्रमुख मन्जु वलीले बङ्गुर पाठापाठीको स्याहार, छोटो समयमा नै धेरै फाइदा हुने कृषिकहरुलाई सहजिकरण गर्नुभयो । बङ्गुर पालन व्यवसायीको निम्ति आवश्यक खोर (बास) निर्माणका लागि समेत परियोजनाले आर्थिक सहयोग गरेको छ ।

परियोजनाको सहयोगबाट प्राप्त बङ्गुरको पाठापाठीबाट व्यवसायी सञ्चालन गरेमा पक्कै पनि आम्दानीको आधार बन्न सक्छ  । अभिभावकहरुले संस्थाको सहयोगबाट आफ्नो व्यवसायीको निम्ति सक्रिय बन्न आवश्यक छ । भने त्यो सहयोगको अनुगमन प्रभावकारी भएमा पक्कै पनि विपिन्न परिवारहरुका बालबालिकाहरु कामको खाेजीमा अन्यत्र जानु पनि पर्दैन । साथै ति परिवारको बालकालिकाहरु पनि नियमित विद्यालय जानबाट बञ्चित बन्नु पर्ने अवस्था अन्त्य हुनेछ । त्यसैले आफ्नै ठाउँमा व्यवसायी सञ्चालन गर्नमा पक्कै पनि अभिभावकरु जागुरुक बन्न जुरुरी छ ।

You may also like