ने.रे.सो.रोल्पा जिल्ला शाखाबाट अस्थायी आइसुलेसन केन्द्र, रोल्पाको व्यवस्थापनका लागि आवश्यक सामाग्री हस्तारण

ने.रे.सो.रोल्पा जिल्ला शाखाबाट अस्थायी आइसुलेसन केन्द्र, रोल्पाको व्यवस्थापनका लागि आवश्यक सामाग्री हस्तारण
जेष्ठ, ३१ गते
लिबाङ–रोल्पा


नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा रोल्पाबाट नोबेल कोरोना भाइरस (कोभिड–१९) अस्थायी आइसुलेसन केन्द्र, रोल्पाको व्यवस्थापनका लागि आवश्यक सामाग्रीहरु हस्तारण गरिएको छ । आइसुलेसन केन्द्र, रोल्पाको व्यवस्थापनमा थप सहयोग पुग्ने भएको छ ।
अस्थायी आइसुलेसन केन्द्र, रोल्पाको संयोजक एवं जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरलाई नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको सभापति डी.वी.घर्तीमगरले आइसुलेसन व्यवस्थापनमा आवश्यक पर्ने सामाग्रीहरु हस्तारण गर्नुभएको हो । यस शाखाबाट प्रदान भाएको सामाग्रीहरु पी फम ४० मिटर, सिरानी २० थान, कम्बल २० थान, माक्स ५० थान, बाल्टी ५ थान र साबुन २० थान प्रदान गरिएको शाखा सभापति घर्तीमगरले जानकारी दिनुभयो । संयोजक बुढामगरले यस शाखाले प्रदान गरेको सामाग्रीहरुले सञ्चालनमा रहेको आइसुलेसनको थप व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले अस्थायी आइसुलेसन केन्द्र, रोल्पा सञ्चालनका लागि बजेटको व्यवस्था नहुँदा केन्द्रको व्यवस्थापनमा केही चुनौतिहरु उत्पन्न भएका छन् । तर, ति समस्याहरुको सामाधान गर्दै संघीय सरकार, प्रदेश सरकार, यस जिल्लाको दश ओटा स्थानीयतहरु सहित अन्य विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय सहकार्य गर्दै आइसुलेसनलाई व्यवस्थापन गर्दै संक्रिमतको उपचारमा अगाडि बढ्ने बताउनुभयो । आइसुलेसन सञ्चालन गरिएको केही दिन भएको हुँदा कोरोना संक्रिमतको उपचारमा आवश्यक स्वास्थ्य सामाग्री र अन्य आवश्यक सामाग्रीहरुको पूर्ण व्यवस्थापन नभएको हुँदा सहयोगी निकायहरुलाई सक्दो सहयोगका लागि उहाँले अनुरोध पनि गर्नुभयो । यस जिल्लामा कोरोना भाइसर संक्रमितको संख्या बढिरहेको हुँदा उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री पिपि सेट, यान नाइनटिन फाइभ माक्स सहित अन्य सामाग्रीहरुको अभाव भएको रोल्पा अस्पाल रेउघाका मेडिकल अधिकृत डाक्टर अनिल के.सी.ले बताउनुभयो । यस आइसुरलेन हाल वेडको सञ्चालनको तयारीमा अगाडि बढाइएको छ भने संक्रमितको संख्यालाई ध्यान दिँदै ५० वेडको आइसुलेसनको तयारी अगाडि बढाउने तयारी गरिएको छ । यो समाचार तयार गर्दासम्म यस जिल्लामा पुनः १७ जनामा कोरोना पुष्टि भइसकेको छ । आज संख्या सहित यस जिल्लामा ३४ जनामा कोरोना पुष्टि भएको छ । जसमा सुनिल स्मृति गाउँपालिकाकाे विभिन्न स्थानाका क्वारेन्रटााइनमा रहेका  १२ जना र रोल्पा नगरपालिकाको १ नम्बर वडाकाे वभिन्र क्वारेन्टाइनमा रहेका ५ जनामा कोरोना भाइरस पुष्टि भएको हो । त्यसैले अब आइसुलेसनको वेड संख्या र थप व्यवस्थापनमा सम्बन्धित निकायहरुको ध्यान पुग्न जरुरी छ ।

You may also like