राप्ती एकता मञ्च कुवेतको पाँचौं वार्षिक अधिवेश गत आइतबार सम्पन्न

रोल्पा समाचारदाता
कुबेत,


रोजगारीको शिलसिलमा दैनिक नेपाली विभिन्न देशहरुमा वैदेशिक रोजगारीबाट आर्थिक आर्जन मात्र नभई वैदेशिक रोजगारीको क्रममा नेपालीहरु विभिन्न समूहमा आवद्व भई संगठित बन्दै गरेको अवस्थामा वैदेशिक रोजागरीमा कुवेतमा पुगेका राप्ती अञ्चलका व्यक्तिहरुको विशेष पहलमा स्थापना गरिएको राप्ती एकता मञ्च कुबेतको पाँचांै अधिवेशन कार्यक्रममा गत आइतबार कुवेतमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमख अतिथि नेपाल राजदुतावासका स्वकिय सचिव भोगेन्द्र लिङदेलको प्रमुख आतिथ्यतामा पाँचौं अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट राप्ती एकता मञ्च कुबेतका अध्यक्षमा रोल्पा जिल्ला निवबासी कृष्ण खड्का, उपाध्यक्ष दाङ जिल्ला निबासी सिता नेपाली, उपाअध्यक्ष सोही जिल्ला निबासी सुर्य सुनार, माधव ढकाल, महासचिव रोल्पा जिल्ला माडी गाउँपालिका–६ कोर्चाबाङ निबासी मस्तबहादुर बि.क, सचिव प्यूठान जिल्ला निबासी गोविन्द, सहसचिव दाङ जिल्ला निबासी सन्तोष सुवेदी, कोषाध्यक्ष सल्यान जिल्ला निबासी रुद्व यारी, सह कोषध्यक्ष रोल्पा जिल्ला निबासी बल बहादुर बि.क,सदस्यहरु दाङ जिल्ला निबासी सुनिल आचार्य, सोही जिल्ला निबासी कृष्ण न्यौपाने, सल्यान जिल्ला निबासी भोला पुनमगर, दाङ जिल्ला निबासीहरु साहिनम सुनार, काले बि.क, जुद्वबहादुर डाँगी, तिलमती बुढा, लाजीराम बि.क, टेगबहादुर सुनार, भरत बुढा खिम बहादुर बुढा, नुसरा बुढालाई चयन गरेको छ । राप्ती एकता मञ्च कुवेतका अध्यक्ष रोल्पा जिल्ला भाबाङ रोल्पा निबासी मस्तबहादुर बि.कको अध्यक्षतामा सञ्चालन भएको पाँचौ अधिवेशन कार्यक्रमको सञ्चालन उपेन्द्र बुढामगरले गर्नुभएको थियो । भने सहभागिहरुलाई स्वागत रोल्पा जिल्ला कोर्चाबाङ निबासी मस्तबहादुर बि.क.ले गर्नुभयो ।

You may also like