सामुदायिक रेडियो माडि आवाजको तेस्राे वार्षिक उत्वसको अवसर पहिरो पीडितलाई आर्थिक सहयोग

सामुदायिक रेडियो माडि आवाजको तेस्राे वार्षिक उत्वसको अवसर पहिरो पीडितलाई आर्थिक सहयोग
असोज ११ गते
लिबाङ–रोल्पा ।।।

This image has an empty alt attribute; its file name is m.jpeg

रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँमा सञ्चालित सामुदायिक रेडियो माडी आवाज (९८.६ मेगाहर्ज)को तेस्रो वार्षिक उत्वसको अवसरमा शनिबार पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।
यस गाउँपालिकाको ५ नं. वडा भाबाङको विभिन्न टोलका पहिरो पीडितलाई रेडियोको वार्षिक उत्वसको अवसरमा प्रदान आर्थिक सहयोगले दैनिक जीवनयापनमा थप सहयोग पुग्ने भएको छ । प्रत्येक वर्ष रेडियोको वार्षिकउत्सवमा विविध सांस्कृतिक तथा साजाजिक काम गरेर मनाउने गरेको भएपनि यस पटक नोबेल कोरोना भाइरस (कोभिड–१९) को कारण खुला कार्यक्रम सम्भाव नभएकोले पहिरो पीडितहरुलाई आर्थिक सहयोग गरेर वार्षिकउत्सव मनाएको रेडियोका स्टेशन म्यानेजर बुद्धिमान वलीले बताउनुभयो । गत भाद्र ४ गते रातीको पहिरोले १८ घर पहिरोले भत्काएका छन् । पहिराे पडितको लागि स्थापना भएको पहिरो पीडित राहत कोषमा रु ५ हजार जम्मा गरेर सहयोग गरेको रेडियो सञ्चालक समिति अध्यक्ष भरत बहादुर बुढामगरले जानकारी दिनुभयो । यस जिल्लाको पश्चिम घर्तिगाउँमा प्रसारण सामुदायिक रेडियोको रिले प्रशारण केन्द्र यस गाउँपालिकाको ५ नं. वडा भाबाङ स्थित पुलबाङधुरीमा रहेका छ । रेडियो बिहान ५ः०० बजेदेखि राती १०ः०० बजेसम्म समाचार, विविध मनोञ्जन तथा बहसमुलक कार्यक्रममा प्रशारणमा हुँदै आएको स्टेशन म्यानेजर बुद्धिमान वलीले बताउनुभयो ।

You may also like