पत्रकारिता, रेडियो उद्घोषण तथा नेतृत्व विकास तालिम आज सम्पन्न

साउन २५ गते
लिबाङ–रोल्पा


स्मार्ट आस्था टे«निङ सेन्टर एण्ड एजुकेसन प्रा.लि. लिबाङ रोल्पाको आयोजना तथा रोल्पा समाचार साप्ताहिक लिबाङको सह आयोजनामा साउन २० गतेदेखि सञ्चालन गरिएको पत्रकारिता, रेडियो उद्घोषण र नेतृत्व विकास सम्वन्धी ५ दिने तालिमको समापन शनिबार सम्पन्न भएको छ । सहभागीहरुले कलमको माध्यमबाट समाज सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
करिव ७० जनाको उपस्थितिमा सञ्चालन भएको तालिमा रेडियो नेपालका बरिष्ठ कार्यक्रम अधिकृत एवम् नेपाल आदिवासी जनजाति पत्रकार महाँसघ फोनिजका संघिय कोषाध्यक्ष अमरध्वज लामाले रेडियो उद्घोषण, नेतृत्व विकास, कार्यक्रम उद्घोषण, रेडियो रिपोटिङ लगायतको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । यसैगरी पत्रकार महासंघ रोल्पाका सँस्थापक अध्यक्ष एवं कातिन्तपुर दैनिकका उपसम्पादक काशीराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष एवं अन्नपूर्ण दैनिकका समाचारदाता खेम बुढामगरले समाचार, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानले खोज पत्रकारिता, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष एवं रोल्पा समाचार साप्ताहिकका प्रकाशक एवं सम्पादक मानसिंह विश्वकर्माले मिडिया तथा व्यवसायी व्यवस्थापन, सनस्टार साप्ताहिकका सम्पादक एवं नयाँ पत्रिका दैनिकका रोल्पा समाचारदाता नविन लोचन मगरले फिचर लेखन, रेडियो जलजलाका देवि गुरुङले रेडियो सामाचार लगायतको विषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।


जिल्ला समन्वय समिति रोल्पाको हलमा  ४ गते प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगरले उद्घाटन गर्नुभएको थियो । रोल्पा जिल्लामा एस.इ.इ., प्रमाणपत्रतह र स्नातकतह, स्नाकोत्तरतहमा अध्ययनरत सहभागीहरुलाई तालिम प्रदान गरिएको थियो । तालिम तालिममा सहभागि शुकलाल घर्तीमगरले तालिम मानिसलाई निरन्तर आवश्यक पर्ने बताउँदै आफू सामूहिक कार्यक्रममा सहभागि भएपनि पत्रकारिता तालिममा सहभागि भएको बताउनुभयो । यसैगरी यस्तै वर्षा रिजालले आफूलाई पनि समाजमा रहेका अन्या अत्यचारको विषयमा कलम चलाउनलागि तालिम सहभागि भएको बताउनुभयो ।
समापन कार्यक्रममा प्रमुख रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामाले गाउँ गाउँबाट पत्रकारिता शुरुवागत गर्नका लागि अनुरोध गर्दै रोल्पालाई अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो । पत्रकारिता क्षेत्रबाट पनि समाजको योगदान गर्न सकिने बताउँदै आगामी दिनमा अझै यस्ता तालिमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।


यसैगरी नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने नेपाल पत्रकार महासंघ रोल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढामगर, जिल्ला युवा समिति रोल्पाका अध्यक्ष ठाकुर वली, गैर सरकारी सँस्था महासंघ नेपाल प्रदेश नं. ५ का सदस्य अर्जुन डाँगी लगायतले धन्यवाद मनतव्य दिनुभएको थियो ।
आयोजकको तर्फबाट रोल्पा समाचार साप्ताहिकका मानसिंह विश्वकर्माले सबैलाई मिडिया क्षेत्रमा लाग्न र व्यवस्थापन गर्नका लागि आफूहरु तयार रहेको बताउँदै मेहनत गर्न अनुरोध गर्नुभयो । साथै तालिम सम्पन्न गर्नका लागि प्रमुख प्रशिक्षक, प्रशिक्षक सहभागी लगायत सरोकारवाला निकायलाई धन्यवाद व्यक्त गर्नुभयो ।


तालिममा सहभागिहरुलाई प्रमाणपत्र र प्रशिक्षकहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा स्मार्ट आस्था टे«निङ एण्ड टेक्निकल इन्च्यूट प्रा.ली.का अध्यक्ष पूर्णसिंह विश्वकर्माको अध्यक्षतामा भएको थियो भने किरण बुढामगरले सञ्चालन गर्नुभएको थियो ।
रोल्पा जिल्लामा रोल्पा समाचार साप्ताहिकले विगतदेखि पत्रकारिता तालिमहरु सञ्चालन गर्दै आएको थियो यस पटक पनि स्मार्ट आस्था र समाचारको संयुक्त लगानीमा सञ्चालन गरिएको छ । रोल्पा जिल्लामा सञ्चार माध्यमहरुमा सञ्चारकर्मीहरुको सहभागी बढ्दै गएको छ । आगामी दिनमा विविध विषयमा तालिमहरु सञ्चाल गर्ने आयोजकले बताएको छ ।

रोल्पा जिल्लाका क्रियाशिल पत्रकारहरुबाट तालिम, प्रदान गर्ने भएकाले इच्छुक पत्रकार, साहित्यकार, विद्यार्थी, समाजसेवी, बुदिजिवी एवम् सम्पूर्ण शुभचिन्तकहरुमा निम्न मिति समय र स्थानमा तालिम हुने भएकाले सहभागि भई मौकाको फाइदा उठाउन हुन हार्दिक अनुरोध गर्दछौं

You may also like