पेट्रोल र डिजेल बोकेको ट्याङ्कर भदौरे मन्दिर नजिक दुर्घटना हुँदा चालकको मृत्यु

पेट्रोल र डिजेल बोकेको ट्याङ्कर भदौरे मन्दिर नजिक दुर्घटना हुँदा चालकको मृत्यु
माघ १५ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is d2.jpg


रोल्पा, रोल्पा नगरपालिका–१ भदौरे मन्दिरमा नजिक आज पेट्रोल र डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
उक्त ट्याङ्कर नेपालगञ्जदेखि रेउघा स्थित पेट्रोल पम्पमा आउँदै गरेको ना ४ ख २२५७ नम्बरको ट्याङकर दुर्घटना हुँदा बाँके जिल्ला निबासी वर्ष ३६ को अर्बन चन्द सिंहको उपचारको क्रममा रोल्पा अस्पतालमा मृत्यु भएको हो । सोही घट्ना स्थालमा घाइते सहचालक जिल्ला बहराईच जमुना वडा नं. १ भारत निबासी वर्ष १९ को सुनिल शंकरको रोल्पा अस्पतालमा उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज बाँके पठाएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले बताउनुभयो । ट्याङ्कर दुर्घटना सडक खण्डबाट अनुमानित २०÷३० मिटर तल पुगेर गाडि पुर्ण रुपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष कुमार के.सी. नेतृत्वमा १५ जना सुरक्षाकर्मीको टोलि दुर्घटना ट्याङ्करको उद्ववार गरेको थियो ।

You may also like