‘सन्तोष बचाऊ’ अभियानबाट संकलित रु १४ लाख रकम पत्रकार सम्मेलन मार्फत सार्वजनिक थप सहयोग जुट्दै

रेशम बि.क.
लिबाङ– रोल्पा

 


माडी गाउँपालिका–५ वडा कार्यालय भाबाङ रोल्पा निबासी सन्तोष बुढामगर ब्लड क्यान्सर पीडितको उपचार्थ सञ्चालित ‘सन्तोष बचाऊ सहयोग संकलन’ अभियान मार्फत बुधबारले स्वास्थ्य अवस्थासँगै उपचार्थ स्वरुप संकलित रकम रु १४ लाख रकम जिल्ला समन्वय समिति रोल्पाको नयाँ हल लिबाङमा सार्वजनिक गरिएको छ ।
सन्तोष बुढामगर ब्लड क्यान्सर भए लगतै माडी गाउँपालिका–५ वडा भाबाङ रोल्पाका अध्यक्ष एवंम् समाजिक अभियान्ता भरतबहादुर बुढामगरको समाजिक सञ्जालसँगै सहयोगी दातासँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा विशेष पहलमा सो रकम संकलन गरिएको हो । ब्लड पीडित बुढामगरको उपचारको लागि अझै सहयोग रकम संकलन अभियान जारी रहेको समेत पत्रकार सम्मेलनमा वडा अध्यक्ष एवम् समाजिक अभियान्ता भरतबहादुर बुढामगले बताउनुभयो । उपचारको निम्ति आवश्यक रकमको निम्ति स्वदेश तथा विदेशमा रहेका वडाबासी लगायत अन्य सहयोगी दाताबाट आर्थिक संकलन जारी रहेको छ । माडी गाउँपालिका कार्यपालिका कार्यालयबाट सन्तोषको उचारको निम्ति रु १ लाख रकमको व्यवस्था गरिएको छ भने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिफारिसमा नेपाल सरकारबाट पनि रु १ लाख रुपैयाको व्यवस्था हुने भएको छ । स्वदेश तथा विदेशमा रहेका अभियान्तहरुबाट सन्तोषको उचारको निम्ति सहयोग रकम संकलन अभियान जारी रहेको अभियान्ता एवं वडा अध्यक्ष भरत बुढामगरले बताउनुभयो । ब्लड क्यान्सर पीडित सन्तोषको उपचारको निम्ति करिव २१–२२ लाखसम्म खर्च हुने सक्ने अस्पतालले बताएको वडा अध्यक्ष अभियान्ता बुढामगरले सम्मेलनमा बताउनुभयो । सन्तोषलाई वि.पि.मेमोरियल क्यान्सर अस्ताल चितवनमा भर्ना गरिएको छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर भन्नुभयो–“ब्लड क्यान्सर पीडित सन्तोष उचारको निम्ति आवश्यक सहयोगको निम्ति विशेष पहल गर्दछु ।” मानवीय नाताले पनि सन्तोषको उपचारको निम्ति सक्दो सहयोगको निम्ति सहयोग गर्न सबैलाई कार्यक्रम प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख बुढामगरले अनुरोध गर्नुभयो । नेपाल पत्रकार पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बि.क.ले समाज सेवा सहज र सजिलो नहुने बताउँदै यसका लागि सबैले सहयोग गरेपछि लक्ष्यमा पुग्न सकिने बताउनुभयो । विकले सबै सञ्चार माध्यमहरुले यसलाई सहयोग गरि दिनका लागि समेत अनुरोध गर्दै सञ्चारकर्मी र सञ्चार माध्यमले यो अभियानलाई सघाउ पु¥याउनु आग्रह समेत गर्नुभयो । लगायतका अतिथिहरुले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सन्तोष बचाऊ अभियानलाई सार्थकतासँगै परिणामुखी बनाउन कुरामा जोड दिएको थिए । कार्यक्रममा समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियार, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेमबहादुर बुढामगर लगायतको आतिथ्यता थियो । पीडितको उचारको निम्ति एस युनिट टिम माडी गाउँपालिका–५ वडा भाबाङ रोल्पा र माडी गाउँपालिका–५ वडा कार्यालय भाबाङ रोल्पाको संयुक्त पहलामा सहयोग संकलन अभियान सफलता भएको वडा अध्यक्ष एमव् समाजिक अभियान्ता भरतबहादुर बुढामगरले सम्मेलनमा बताउनुभयो । मानव जीवनमा स्वस्थ जीवन बिताउने चाहना हुँदैन र ? तर मानिसलाई चनाहेर नै विभिन्न रोगसँग संघर्ष गर्द जीवन बिताउनु पर्ने बाध्यता छ । आर्थिक कम्जोर अवस्था भएका व्यक्तिलाई उपचारमा नै राम्रोसँगै पाउन सकेका छैन् । आर्थिक पहुँच भएका परिवारका विरामीले मात्र करोडौं धन सम्पत्ति खर्च गरेर भएपनि ब्लड क्यान्सर जस्ता प्राणघाट रोगको उपचार गराउँछन् तर आर्थिक अवस्था कम्जोर भएका परिवारका विरामीले सायद त्यस्ता रोगको पहिचान नगरी नै दिन बिताउनुपर्ने बाध्यता छ । जीवनमा सबैलाई स्वस्थ जीवन जिउने हुन्छ नै तर जीवनमा नचाहेर पनि विभिन्न रोगसँग संर्घषपूर्ण जीवन जिउने बाध्यत्मक अवस्था माडी गाउँपालिका–५ वडा कार्यालय भाबाङ रोल्पा निबासी सन्तोषलाई अहिले ब्लड क्यान्सरको पीडासँगै वि.पि. मेमोरियल क्यान्सर अस्पताल चितवनमा ब्लड क्यान्सर रोग संर्घषपूर्ण दिनचार्य बिताउँदै छन् । यसरी आर्थिक अवस्था कम्जोर भएका सन्तोषलाई पनि ब्लड क्यान्सर रोगको पीडादायी दिनचार्य बिताइरहेको बेला वडा अध्यक्ष एवम् समाजिक अभियान्तामा महत्वपूर्ण योग्दान पु¥याउँदै आएका युवा भरतबहादुर बुढामगरको विशेष पहलमा उपचारको निम्ति लाखौं रुकम संकलन भएको छ । जसले ब्लड क्यान्सर पीडितको उपचारका राहत भएको छ । जुन रकम आफुलाई परिवर्तन समयसँगै हिड्न सक्ने युवा वडा अध्यक्ष एवम् समाजिक अभियान्ताका अगुवाई भरतबहादुर बुढामगरको विशेष पहलमा पीडित उपचारको निम्ति आवश्यक रकम जुटाएको हो भने बुढामगरलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै सहयोगी हातहरुले सहयोगबाट नै लाखौ रकम जुटेको हो । बुढामगरको विशेष पहलमा सञ्चालन गरिएको ‘सन्तोष बचाऊ’ अभियानमा अहिले लाखौं सहयोगी मनहरुले सहयोग गरिरहनु भएको छ । जसले सन्तोष बुढामगरलाई बाच्ने आशा पलाएको छ । सहयोगी दाताहरुको सहयोगबाट ब्लड क्यान्सर पीडित बुढाको जीवनले पूर्ण जीवन्त पाउने भएको छ । यदि सहयोगी मनहरुबाट सहयोगी मनबाट सहयोग रकम संकलन नभएको उपचार खर्च जुटाउनमै कठिनपूूर्ण अवस्था थियो । सहयोगी मनबाट संकलित सहयोगबाट नै बुढाको जीवनले पूर्ण जीवन पाएको छ । ब्लड क्यान्सर पीडित बुढामगरले वि.पि. मेमोरियल अस्पातल चितवनमा पीडादायी जीवन दिनचार्य बताउँदै गर्दा तत्कालीन शाही सेनाले २०५८ साल पौष महिनाको १२ गते हत्या गरेको थियो । सन्तोष बुढामगर अहिले २९ वर्ष भएका छन् । जीवनमा धेरै धन कमाउला भनेर विदेशिएको तीन महिना भित्र नै ब्लड क्यान्सरबाट पीडित भई आफ्नो स्वदेश जन्म ठाउँ भाबाङ फर्किनु पर्ने बाध्यता भयो । मानवीयता नाताले नै सक्दो आर्थिक सहयोग सबैले गर्न सक्यो भने अझै उपचार्थ थप सहयोगको आशा अपेक्षा पीडित परिवारले गरेको छ । पीडित बुढाको उचारको निम्ति आवश्यक सहयोगका लागि सक्दो सहयोगरी गर्नु नै मानवीय गुण भएकोले पनि सहयोग गरौं र सहयोगीलाई सहयोगको निम्ति सहयोगी भूमिका निर्वाह गरौं । कार्यक्रम माडी गाउँपालिका–५ वडा अध्यक्ष एवम् समाजिक अभियान्ता भरबहादुर बुढामगरको अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलनको सञ्चालन एस युनिट टिम माडी गाउँपालिका–५ वडा भाबाङ रोल्पा संरक्षक लोकेन्द्र बुढामगरले गर्नुभएको थियो ।

You may also like