व्लड क्यान्सर सन्तोषको जानकारी लिन पत्रकार महासंघका अध्यक्ष र वडाहरुको टोली अस्पताल


रोल्पा समाचार
चैत्र ९ गते भरतपुर
माडी गाउँपालिका वडा नं. ५ भाबाङका ब्लड क्यान्सर पीडित सन्तोष घर्तीमगरको उपचारको बारेमा जानकारी दिनका लागि शुक्रबार नेपाल पत्रकार महासंघका अध्यक्ष मानसिंह विक र माडी ५ भाबाङका वडा अध्यक्ष वि.पी. मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा पुग्नु भएको हो ।
उपचारको क्रममा रहेका सन्तोष घर्तीको उपचार र थप उपचारका लागि लाग्ने खर्चको बारेमा जानकारी लिनका लागि सो टोली अस्पतालमा पुगेको हो । पत्रकार महासंघका अध्यक्ष मानसिंह विश्वकर्मा र वडा अध्यक्ष भरतबहादुर बुढामगरको टोलीमा एस युनिटि युवा समूह भाबाङ सरुवाका अध्यक्ष लोकन्द्र बुढामगर, समूहका गौप्रसाद बुढामगर लगायतको टोलीले ब्लड क्यान्सर पीडित सन्तोष घर्तीमगरसँग अन्तरक्रिया समेत गरेको छ । सो क्रममा घर्तीमगरले उपचार सुधारको दिशामा अगाडि बढेको जानकारी गराउँनुभएको थियो । घर्तीमगरले आफ्नो जीवन बचाई दिनका लागि गरेको प्रयासप्रति सबैमा धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो । सो टोलीले अस्पताल प्रसाशन प्रमुखसँग भेटर उपचारको लागि संकलित रकम हस्तातरण गर्नका लागि समेत सल्लाह गरेको छ । हालसम्म करिव १५ लाख रुपैयाँ जम्मा गरेको सो रकम सोमबार वा मंगलबार हस्तातरण गर्ने समेत सल्लाह गरेको छ । सन्तोष घर्तीमगरले उपचारमा डा. गुरु शाहले राम्ररी गरि रहेको समेत अस्पताल श्रोतले बताएको छ ।
भेटघाटको क्रममा पत्रकार महासंघका अध्यक्ष मानसिंह विक र वडा अध्यक्ष भरत बुढामगरलगायतको टोलीले घर्तीको उपचारको क्रममा ध्यान दिनका लागि समेत अनुुरोध गर्दै लाग्ने खर्चको आफूहरुले अभैm अभियान सञ्चालन गरेको समेत अस्पताल प्रशासनलाई जानकारी गराउनुभएको थियो ।

You may also like