सयौं वर्षसम्म उत्पीडनमा पारिएका समुदायलाई राज्यको पहुँचमा ल्याउन सामावेशी र आरक्षणको आवश्यक छः पूर्व मन्त्री वर्षमान पुनमगर

सयौं वर्षसम्म उत्पीडनमा पारिएका समुदायलाई राज्यको पहुँचमा ल्याउन सामावेशी र आरक्षणको आवश्यक छः पूर्व मन्त्री वर्षमान पुनमगर
माघ ९ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is m1-768x1024.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् पूर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगरद्वारा रोल्पा नगरपालिका–६ कालाथाेका कोटगाउँमा निर्माण हुने राष्ट्रिय दलित सङ्ग्रालयको सिलान्यास शुक्रबार गर्नुभएको छ । सङ्ग्रालय निर्माण पश्चात् पर्यटन प्रर्वद्वनमा थप सहयोग पुग्ने भएको छ ।
उहाँले विगतमा राजा महाराजाहले मात्र सङ्ग्रालय बनाउने परम्परागतलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा व्यवस्था अधिकारले आज नेपाली समाजमा उत्पीडीत दलित समुदायको ऐतिहासिक राष्ट्रिय दलित सङ्ग्रालय निर्माण कार्य आफैमा खुसीको कुरा भन्दै खुसि व्यक्त गर्नुभयो । यस सङ्ग्रालय राष्ट्रिय स्तरको भएकोले सम्पूर्ण दलित समुदायको कला, संस्कृति, परम्परागत रीति रिवाजाहरुलाई समावेश गरी अध्ययन तथा अनुसन्धानको स्रोत बनाउनुपर्ने उहाँले जोड दिनुभयो । यस क्षेत्रमा सङ्ग्रालय निर्माणसँग परम्परागत पेशा व्यवसायीलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नुपर्ने उहाँले आवश्यकता औल्याउनुभयो । यस जिल्ला पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको जिल्लामा यस सङ्ग्रालय निर्माणले पर्यटन प्रर्वद्वनमा थप सहयोग पुग्ने नेता पुनमगरले बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संविधानले नेपाली समाजलाई सम्मान अधिकारको व्यवस्था गरेको छ । तर, परम्परागत चिन्तनले अझै पनि समाजमा विभेद कायम भएकोले सामाजिक क्रान्ति, शिक्षा, आर्थिकमा पहुँचबाट विभेद हताउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सयौं वर्षसम्म उत्पीडनमा पारिएका दलित समुदायहरुलाई राज्यको हरेक क्षेत्रमा पहुँच ल्याउने उद्वेश्यले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संविधानमा सामावेशिता र आरक्षणको व्यवस्था गरेको उहाँले बताउनुभयो । संविधानले सबै जातिहरुलाई सम्मान व्यवस्था गरेपनि सामाजिक रुपमा कायम विभेदहरुलाई हताउनका लागि दलित समुदायहरुले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँले आवश्यकता औल्याउनुभयो । केपी ओली सरकारले असंवैधानिक कदम प्रतिनिधिसभा विघटनले सयौं वर्षसम्म दलित समुदाय सहित अन्य समुदायहरुलाई राज्यको मुलधारमा ल्याउने अधिकार सहितको सामानुपातिक र आरक्षणको व्यवस्था सहित जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संविधानको मर्मत विपरित भएकाले यसको विरोधमा सक्रिय भूमिका निर्वाहका लागि उहाँले अपिल समेत गर्नुभयो । त्यसैगरी कार्यक्रममा नेपाल काँग्रेस पार्टी रोल्पा जिल्लाको निवर्तमान सभापति एवम् समाज सेवी कृष्ण बहादुर घर्तीमगरले दलित समुदायको लोपउन्मुख अवस्थामा रहेका ऐतिहासिक कला, संस्कृति, परम्परागत रीति रिवाजहरुको संरक्षण तथा प्रर्वद्वन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । विगतमा कामको आधारमा जात विभाजन गरी सामाजमा विभेदले विशेष गरी दलित समुदायहरु उत्पीडनमा रहेकोले समय विकास क्रमसँगै दलित समुदायहरुले परम्परागत पेशालाई आधानुकीकरणप्रति खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा पनि दलित समुदायहरुले आफ्नो पेशा व्यवसायीहरुलाई आधुनिकीकरणतिर विशेष ध्यान पु¥याउनुपर्ने उहाँको धारणा थियो ।

This image has an empty alt attribute; its file name is m2-1024x768.jpg

यस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश अध्यक्ष एवम् पूर्व सभामुख ओनसरी घर्तीमगर, केन्द्रीय सदस्य, रोल्पा जिल्ला इञ्चार्ज एवम् लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिपेन्द्र कुमार पुनमगर, जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुढामगर, रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी, रोल्पा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, नगर कार्यपालिका सदस्य राजेन्द्र परियार, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको उपाध्यक्ष देवी कुमारी गुरुङ, संयुक्त दिलत अधिकार मञ्च रोल्पा नगरपालिका–६ नं. वडाको संयोजक धनसिंह विश्वकर्मा लगायतको आतिथ्यता थियो । यस कार्यक्रममा नगर कार्यपालिका सदस्य, वडा सदस्यहरु, शिक्षक, वुद्धिजीवि, स्थानीबासी लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । यस सङ्ग्रालय निर्माणका लागि आवश्यक जग्गादाताहरु लिला बि.क, दुर्गे पयिार, दिल्ली परियार लगायतले करिव ३ रोपनीभन्दा बढि जमिन जग्गा दान गर्नुभएको छ । उहाँहरुलाई प्रमुख अतिथि पूर्व मन्त्री वर्षमान पुनमगर सहितका अतिथिहरुले सम्मान गर्नुभएको थियो । कोटगाउँ तत्कालीन समयमा रोल्पा जिल्लाको पहिलो जातीय छुवाछुतमुक्त नमूना गा.वि.स हाल रोल्पा नगरपालिका–६ कोटगाउँको कालाथोकामा बन्ने भएपछि यस जिल्लामा अर्काे नयाँ आयाम थपिएको छ । दलित समुदायको कला, संस्कृति, पेशा, रहन, सहन, आर्थिक, राजनीतिक विकासको बारेमा त्यो सङ्ग्रालयमा राखिने छ । यस जिल्लामा जातीय उत्पीडनको हकमा अन्य जिल्लाको तुलनामा कम छुवाछुत भएको, जनयुको उद्गम स्थलमा पुनः नयाँ ऐतिहासिक कार्यको सुरुवात भएको छ । दलित अगुवा, जनप्रतिनिधीहरुको निरन्तर दुई वर्षदेखिको छलफल र बहसबाट यो निर्माणका लागि अगाडि बढाएको हो । त्यसमा औजारहरु, सिलाईबाट उत्पादन गरेका सामग्री, गरगहना, गाजाबाजा, पोशाक, सिल्पीका सामानहरु राखिने छ । पूर्व ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगरमगर निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रु १२ लाख रोल्पा नगरपालिकामा अख्तियारी आएको छ । सङ्ग्रालयको संरचना निर्माणका लागि प्रेवेशद्वार निर्माण, सचिवालय निर्माण, पार्क एवम् वगैँचा निर्माण, क्यान्टिन, प्रतिक्षलय, नमूना स्थल, परिवर्तन एवंम् उत्पीडनको विरोधमा महत्वपूर्ण योगदान गर्नेहरुको शालिक तथा नाम उल्लेख लगायतको संरचना निर्माणका लागि योजना निर्माण गरिने भएको छ । जिल्ला समन्वय समिति रोल्पाको सदस्य एवम् दलित अधिकारकर्मी कर्मलाल परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दलित अधिकारकर्मी मानसिंह विश्वकर्माले गर्नुभएको थियो भने रोल्पा नगरपालिका–६ नंं. वडा अध्यक्ष तुल बहादुर घर्तीमगरले गर्नुभएको थियो ।

You may also like