सुनिल स्मृति गाउँपालिका राेल्पाद्दारा स्थापना प्रकाेप कोषमा सहयोगी हातहरु बढ्दै

१ वैशाख, सुलिचौर रोल्पाा ।


सुनिल स्मृति गाउँपालिका कार्यालय सुलिचौर रोल्पाद्वारा स्थापाना भएको प्रकोप व्यवस्थापन कोष खातामा रकम जम्मा गर्ने सहयोगी हातहरु बढ्दै गाएका छन् । गाउँपालिकालाई यस कोषमा जम्मा रकमबाट कोरोना भाइरस जस्ता महामारी प्रकोप पीडितहरुलाई राहात तथा उद्वार कार्य थप सहयोग पुग्ने भएको छ ।
यस गाउँपालिकाको प्रकोप व्यवस्थाप कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा हिजो मात्र रु ८१ हजार ६ सय ३९ रुपैया जम्मा भएको छ । कोषमा गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनीले रु ११ हजार १ सय ११, ७ नं. वडा अध्यक्ष मानसिं पुनले रु ७ हजार, कार्यपालिका सदस्य सुनिता रोकाले रु ६ हजार, ८ नं. वडा अध्यक्ष पूर्ण बहादुर पुनबाट रु ६ हजार, नेपाल टेलिकम केन्द्रीय कार्यालयमा कार्यरत वरिष्ठ प्राविधिक तथा सुनिलस्मृति गाउँपालिका वडा नं. ८ निबासी दामोदर के.सी.ले रु ५ हजार ५ सय, वडा नं. १ का वडा अध्यक्ष केशवलाल कवँरबाट रु ५ हजार १ सय, कार्यपालिका सदस्य मनसरी वि.क.ले रु ५ हजार, कार्यपालिका सदस्य तुलसी सुनारले रु ५ हजार ७ नं. वडा सदस्य नवराज रोकाले रु ५ हजार, वडा नं. ८ का वडा सदस्य धनराज रोकाले रु ३ हजार ५ सय ३५, २ नं. वडा सदस्य मदन गिरीले रु ३ हजार ३ सय ३३, ७ नं. वडा सदस्य रेशम शर्माले रु ३ हजार, वडा नं. १ वडासदस्यहरु मोहन विक्रम भण्डारीले रु २ हजार १ सय ४०, शिला थापाले रु २ हजार १ सय ४०, थगेन्द्र बुढाले २ हजार १ सय ४०, राधा नेपालीले २ हजार १ सय ४०, ७ नं. वडा सदस्य काली कामीले २ हजार, वडा नं. ८ का वडा सदस्यहरु खगिश्वर घर्तीले रु २ हजार, खिमा रोकामगरले रु २ हजार, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नम बहादु विश्वकर्माले रु १ हजार ५ सय रकम कोषमा जम्मा गर्नुभएको छ ।
यसरी गाउँपालिकाले सहयोगका लागि अनुरोध गरे पश्चात् सहयोग गर्नुहुने सबै सहयोगीदातहरुलाई गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले हार्दिक अभार व्यक्त गर्नुभयो । उहाँले यस कोषलाई रु ४० लाखभन्दा माथिको राहात कोष निर्माण गर्ने गउँपालिकाले लक्ष्य लिइएको हुँदा स्वदेश तथा देश विदेश जहाँबाट भएपनि सहयोग गरिदिनुहुन अनुरोध समेत गर्नुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like