गुरुङ गाउँ रोल्पामा गुरुङ समुदायको तमु ल्सोसार पर्वको अवसरमा विभिन्न कार्यक्रमहरु अायाेजना

गुरुङ गाउँ रोल्पामा गुरुङ समुदायको तमु ल्सोसार पर्वको अवसरमा विभिन्न कार्यक्रमहरु अायाेजना


This image has an empty alt attribute; its file name is g1-1-1024x577.jpg

१५ पौस, लिबाङ–रोल्पा
गुरुङ समुदायहरुको तमु ल्सोसार पर्व रोल्पा नगरपालिका–४ गुरुङ गाउंँ रोल्पामा विभिन्न कर्यक्रमहरु अायाेजना भएको छन् । कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिकाका उप प्रमुख मन कुमारी घर्ती, विशिष्ट अतिथीमा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, गुरुङ राष्ट्रिय परिषद्का सदस्य हिरा घले, रोल्पा नगरपालिका–४ का वडा अध्यक्ष नव राज आचार्य, एकिकृत समाजबादी पार्टीका उपसचिव किरण वुढा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष फविन्द्र आचार्य, नेपाली काग्रेस रोल्पाका उपसभापति कविता उपाध्याय, नेकपा एमाले रोल्पाका नगर अध्यक्ष घनश्याम आचार्य, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्द, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन लगायतका आतिथ्यता थियो । व्यक्ताहरुले गुरुङ समुदायको जातीगत उत्थान सगै संस्कार संकृति संरक्षणमा लोसार पर्वले महत्व भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is g2.jpg

लोप भएको भाषा धर्म संस्कार संस्कृति जोगाउनका लागी रोल्पाका गुरुङका समुदायहरुले विगत एक दशकदेखि यो पर्व मनाउदै आएको गुरुङ राष्ट्रिय परिषद् रोल्पाका अध्यक्ष विवेक गुरुङले जानकरी दिनुभयो । गरुङ जातीको नयाँ वर्ष पौष १५ पर्ने भएको हँुदा अघिल्लो वर्ष गाई वर्गलाई विदाई र आउने वर्ष बाघ वर्गको अवसरमा रोल्पा लगायत देशैभरि कार्यक्रम तमु लोसार पर्व मनाएको जिल्ला शाखाले गुरुङगाउँमा मनाएको छ भने इकाई समितहरुले हार्जङको छहरे खुङ, वडाचौरको किलाचौरमा पनि खेलकुदसंगै सांस्कृतिको आयोजना गरेर तमु लोसार पर्व मनाएका छन् । गुरुङ गाउँमा आयोजीत कार्यक्रममा भाले पकड, गोवडा फुटाई, घौटा फोर, एकल नृत्य प्रतियोगिताको आयोजना गरेको छ । गुरुङ राष्ट्रिय परिषद्का रोल्पाका अध्यक्ष विवेक गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन दिपक पुनले गर्नुभएकोथियो भने स्वागत गुरुङगाउँ इकाइ समितिका अध्यक्ष वल वहादुर घलेले गर्नुभएको थियो ।

You may also like