गणतन्त्रण दिवसको अवसरमा बृहत साहित्य सम्मेलनको तयारी हुँदै

रोल्पा समाचारदाता
लिबाङ– रोल्पा

 

 

 

 

रोल्पा जिल्ला पछिल्लो समयमा साहित्यिक क्षेत्रमा तीव्रगतिका साथ आगाडी बढिरहेको बेला गणतन्त्र दिवसको अवसरमा ‘ पर्यटन विकासका लागि साहित्य’ भन्ने नाराका साथ २०७५ साल जेष्ठ १५गतेदेखि तीनसम्म बृहत साहित्य सम्मेलनको आज जिल्ला समन्वय समिति रोल्पाको नयाँ हल लिबाङ रोल्पामा आयोजित पत्रकार सम्मेलन मार्फत मूल समारोह समितिले सार्वजनिक गरेको हो ।
उक्त पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगरले रोल्पाको पहिचान अझै उच्च हुने बताउनु भयो । बृहत साहित्य सम्मेलनले रोल्पा जिल्लाका साहित्यिक सर्जकलाई साहित्यिक क्षेत्रमा थप उत्साहन मिल्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । रोल्पा नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा आयोजित बृहत साहित्य सम्मेलन जिल्ला साहित्य क्षेत्रमा कोशेढुङ्गा सावित हुने प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख बुढामगरले दावि समेत गर्नुभयो । पत्रकार सम्मेलनमा बृहत साहित्य सम्मेलन मूल समारोह समितिका संयोजक डी.बी. टुहुरोले रोल्पाको साहित्यलाई विश्वव्यापी बनाउन बृहत साहित्य सम्मेलनको आयोजना गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो । रोल्पा नगरपालिका कार्यालय रोल्पाको अयोजनामा गणतन्त्र दिवसको अवसरमा २०७५ जेठ १५, १६ र १७ गते बृहत साहित्य सम्मेलनको आयोजना गरिएको संयोजक टुहुरोले बताउनुभयो । गणतन्त्र दिवसको अवसरमा आयोजित बृहित साहित्यक सम्मेलन सम्पन्न निम्ति खेमराज गाउँलेको संयोजक, कार्यक्रम, महेन्द्र महकको संयोजक, मञ्च तथा हल व्यवस्था, नवीन लोचनमगरको संयोजक, सञ्चार, गोकर्ण पुनमगरको संयोजक, यातायात, ओम के. सीको संयोजक, आवास तथा भोजन, लोक आलोकको संयोजक, पुरस्कार व्यवस्थापन, कविता उपाध्यायको संयोजक, अतिथि सत्कार, देवी गुरुङको संयोजक, आर्थिक व्यवस्थापन, दामु मर्सिफुलको संयोजक, प्रकाशन उप समिति गठन गरिएको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो । साथै मूल समारोह समितिले साहित्य सम्मेलनका लागि लोगोको लागि तयारी गर्ने जनाएको छ ।

 

त्यस्तै कार्यक्रम प्रस्ताव तयार गर्नका लागि डी.बी. टुहुरोको संयोजकत्वमा खेमराज गाउँले र दीप दर्पण सदस्य रहने गरी जिम्मेवारी निर्धारण गरेको छ । सम्मेलन सम्पन्नको तयारी गर्दै गर्दा आवश्यकताको आधारमा अन्य विभिन्न उप समिति तथा सदस्यहरुमा थप गर्ने तयारी भएको समेत मूल समारोह समिति रोल्पाका संयोजक टुहुरोले बताउनुभयो । राष्ट्रिय स्तरको कविता या अरु कुनै प्रतियोगिता गरिनुका साथै अन्य विभिन्न कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बृहत साहित्य सम्मेलनको मूल समारोह समितिका संयोजकले सम्मेलनको उद्वेश्य, औचित्यको विषयवस्तुमा समितिको प्रस्तुतिकरण गर्नुभएको थियो भने सम्मेलनको सहजीकरण संचार उप समिति संयोजक नवीन लोचनमगरले गर्नुभएको थियो ।

You may also like