रोल्पामा वर्षमान पुन सहित प्रदेश उमेद्वार र समानुपातिक उमेदवार सिफारिस मानसिंह बिक असोज १५, राेल्पा

 

आगामी मंसिर १० गते सम्पन्न हुने केन्द्रीय संघको निर्वाचन र प्रदेशको निर्वाचनको लागि नेकपा (माओवादी केन्द्र) ले उमेद्वारको टुङ्गो लगाएको छ । १५ गते बसेको छलफल तथा पार्टी जिल्ला कमिटीको बैठकबाट टुङ्गो लगाएको हो ।
रोल्पा जिल्लाबाट केन्द्रीय सरकारको लागि नेकपा (माओवादी केन्द) का प्रभावशाली युवा नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनमगरलाई चुनावी मैदानमा भिडाउने भएको छ । यसैगरी रोल्पाको क्षेत्र नं. १ बाट माओवादी केन्द्रका सचिवालय सदस्य जोखबहादुर महरा, युवा नेता कुलप्रसाद केसी क्षेत्र नं. २ बाट नेकपा (माओवादी केन्द्र) केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र कुमार पुनमगर लड्ने भएका छन् ।
वर्षमान पुनमगर (माओवादी केन्द्र) भित्रका प्रभावशाली नेताको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चर्चा पाइसकेका छन् । पुनमगर बाबुराम भट्टराई प्रधानन्त्रीको कार्यकालमा अर्थमन्त्री हुनुभएको थियो । यस्तै क्षेत्र नं. १ बाट प्रदेश सभाषद्मा सिफारिस हुनु भएका जोखबहादुर महरा प्रधानन्त्री प्रचण्डको मुख्य सचिव एवं हाल प्रचण्डको स्वकीय नीजी सचिको रुपमा कार्यरत छन् । यस्तै पार्टी कुलप्रसाद केसी जनयुद्धकालमा जेल जीवन विताउनु भएका र युवा नेता मानिन्छन् । रोल्पाको क्षेत्र नं. २ बाट चुनावी मैदानका लागि पार्टीले तयार गरेको उमेद्वार दीपेन्द्र कुमार पुनमगर विद्यार्थी राजनीबाट शुरुवात गर्नुभएको थियो । जनयुद्धकालमा घाइते समेत हुनुभएको छ । रोल्पा जिल्लामा विकासवादी नेताको रुपमा चिनिएका पुनमगरको एकल सिफारिस गरेको छ ।
यस्तै गरी समानुपातिक तर्फका लागि केन्द्रीय सांसदका लागि पूर्व मन्त्री जयपुरी घर्तीमगर, सभामुख ओनसरी घर्तीमगर, प्रदेशका लागि क्षेत्र नं. १ बाट १) चन्द्रबहादुर बुढामगर (क. शेष), २) मिना बुढामगर (क. प्रतिक्षा), ३) पवन कुमार कवर, ४) ओमबहादुर पुनमगर ५) सीता आचार्य ६) राजकुमार कवर ७) इन्द्र बहादुर रोका २ नं. निर्वाचन क्षेत्रका १) सुरेन्द्र थापा (घर्ती) (क. धुव्र), २) तोप बहादुर डाँगी, ३) कर्मलाल परियार ४) रामधन पुनमगर ५) हरीसरा घर्तीमगर ६) भक्तबहादुर वली ७) काशीराम बुढामगरलाई सिफारिस गरिएको छ ।
यस्तै नेकपा नेकपा एमालेबाट संघमा पोलिट व्यूरो सदस्य गोकुल घर्तीमगरको करिव टुङ्गो लागेको छ भने नेपाली कांग्रेसबाट राज्यमन्त्री अमरसिंह पुनमगर, नेविसंघको पूर्व महामन्त्री मनोजमणी आचार्य, पूर्व राज्य मन्त्री सुरेन्द्र हमाल, नेपाली कांग्रेसका नि. वर्तमान सभापति कृष्णबहादुर घर्तीमगरको पनि चर्चा चलेको छ ।

You may also like