स्वतन्त्र उमेद्वार दीपेन्द्र पुनको ३०६६ मतले अग्रता कायम, जीतको नजिक


रोल्पा समाचारदा
मंसिर ७ रोल्पा


नेपाल कम्युनिष्ट पार्टी (माअ‍ोवादी केन्द्र) का तत्कालीन् पोलिट व्यूरो सदस्य एवं रोल्पा निर्वाचन क्षेत्र प्रदेश (ख) का स्वतन्त्र उमेद्वार दीपेन्द्र कुमार पुनमगरले ३०६६ मतले निरन्तर अग्रता कायम राख्दै विययको यात्रातिर अगाडि बढ्नु भएको छ ।
आज विहान ७ः०० बजे मुख्य निर्वाचन कार्यालय रोल्पाले सार्वजनिक गरेको मत परिणाम अनुसार २५१९६ गणना गर्दा स्वतन्त्र उमेद्वार दीपेन्द्र कुमार पुनमगरले (पानीको धारा) १०५९२ लिनुभएको छ भने बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार नेपाली कांग्रेसका सभापति एवं पूर्व सिचाई राज्यमन्त्री अमरसिंह पुनमगरले ७५२६ लिनुभएको भने भने ६१३० मतान्तरले अग्रता कायम गरिरहनुभएको छ । दीपेन्द्र कुमार पुनमगरले अमरसिंह पुनभन्दा ३०६६ को पराकिलो मतान्तरले अग्रता कायम गर्नुभएको छ । अब प्रदेश सभा (ख) ३७०२८ मत खसेकोमा अब गणना हुनका ११८३२ मात्र गणना हुन वाँकी रहेको निर्वाचन कार्यालय रोल्पाले बताएको छ ।
माननीय दीपेन्द्र कुमार पुनमगरले आफूलाई बाँकी गणना गर्न वाँकी रहेको मतमा पनि आफूलाई मतदान गरेको बताउँनुभएको छ ।

You may also like