उच्च सुरक्षा घेरामा राेल्पाकाे मत गणना शुरु

मानसिंह बिश्वकर्मा

मंसिर २१ रोल्पा
मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मत गणना शुरु भएको छ । रोल्पा जिल्लामा सर्वदलीय तथा सर्वपक्षीय बैठक बसी विभिन्न आचारसंहिता एवं निर्वाचन आयोगले प्रदान गरेको नीतिमा सहमति गरेर आज साँझ ५ बजेदेखि शुरु भएको हो ।


रोल्पा जिल्लाका ८० मतदान स्थल र १६० मनतदान केन्द्रहरुहरुकाट ७० हजार १ ८० मत खसेको थियो । रोल्पा जिल्लाको क्षेत्र नं. १ मा ३३ हजार ९७१ र क्षेत्र नं. २ मा ३६ हजार ८०५ गरी ७० हजार ७७६ मत खसेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पामा प्रतिनिधि सदस्यको लागि २ स्थान र प्रदेश सभाको लागि २ स्थानमा गणना हुँदैछ । मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले थबाङ गाउँपालिका उवा मतदान केन्द्रको मत पेटिका खनाएर उद्घाटन गर्नुभएको थियो । कर्मचारीहरुलाई छिटो छरीटो रुपमा कार्य सम्पन्न गर्न निर्देशन गरिएकोले छिटो मत परिणाम प्रदान गर्नका लागि लागि परेको मुख्य निर्वाचन अधिकृत बासुदेव लाल श्रेष्ठले बताउनुभयो ।
गणनाको लागि मुख्य गणक, सहायक गणक र अन्य कर्मचारी गरी ५ जनाको टोली खटाएको छ । गणना स्थलमा तारजालीले बारेर पहिलो घेरा नेपाल प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाको सुरक्षा टोली खटाएको छ । मत गणना स्थलका लागि सुरक्षा व्यवस्थाको उच्च सतर्कता अनुसार गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले बतायनुभयो ।


रोल्पा जिल्लामा संयुक्त बाम गठबन्धका तर्फबाट प्रतिनिधि सभा सदस्यका उमेद्वार नेकपा ( माओवादी केन्द्र) का वरिष्ठ नेता पूर्व अर्थमन्त्री वर्षमान पुनमगर र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेस रोल्पाका सभापति एवं सिचाई राज्यमन्त्री अमरसिंह पुनमगर बीचमा नै प्रतिषपर्धा हुने भएको छ । यस्तै प्रदेश सभा सदस्यमा रोल्पा क्षेत्र नं. १ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका युवा एवं वरिष्ठ नेता कुलप्रसाद केसी र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर महराको प्रतिषपर्धा हुने भएको छ । यसै गरी रोल्पा क्षेत्र नं. २ मा बाम गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य दिपेन्द्र पुनमगर ‘सिजल’ र लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली कांग्रेसका जिल्ला सममिति सदस्य खगेन्द्र प्रकाश हमालको बीचमा प्रतिषप्रधा हुने भएको छ ।
रोल्पा प्रतिनिधि सभामा ८ जना, १ नं. मा प्रदेश सभामा ८ जना र २ मा ५ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् । रोल्पा जिल्लाको मत गणना स्थलमा मतदाता र राजनीतिक दलका कार्यकर्ताहरुले मत परिणामको प्रतिक्षा गरिरहेका छन् ।
मतगणनाबारेमा बाम गठबन्धनका प्रतिनिधि सभा सदस्यका उमेद्वार वर्षमान पुनमगर ‘अनन्त’ ले रोल्पाली जनताले भाग्य र भविस्यको फैसला गर्नका लागि आफूलाई विजयी गराउने बतायउनुभयो । यस्तै लोकतान्त्रिक गठबन्धनका उमेद्वार अमरसिंह पुनमगरले अब जनताको अमूल्य मत आफूलाई विजयी बनाउने दावी गर्नुभयो । यस्तै प्रदेश सभा सदस्यका उमेमद्वार कुलप्रसाद केसी, दिपेन्द्र कुमार पुनमगर, लोकतान्त्रिक गठबन्धनका प्रदेश सभा सदस्य खगेन्द्र प्रकाश हमाल लगायत अन्य उमेद्वारले पनि मत गणना स्थलमै हेरिरहनुभएको छ ।
मख्य निर्वाचन कार्यालय रोल्पाले २३ गते साँझसम्म अन्तिम मतपरिणाम घोषणा गरि सक्ने बताएको छ ।

You may also like