पहिलो चरणको मत परिणाममा संयुक्त बाम गठबन्धन अगाडि

मानसिंह बिक
मंसिर २१ रोल्पा
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत गणनाको पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । पहिलो चरणको मत गणना अनसुार राती ९ः३० मा सार्वजनि भएको छ ।


हाल प्रतिनिधि सभाको सदस्यको मत ११४८ को गणनामा १०९६ सदर र ५२ मत बदर भएको छ । जसमा नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता एवं संयुक्त वाम गठबन्धका उमेद्वार वर्षमान पुनमगर ‘अनन्त’ ६९६ मतले अग्रता कायम गर्नुभएको छ भने सिचाई मन्त्री एवं लोकतान्त्रिक गठबन्धनका उमेद्वार अमरसिंह पुनमगर
३४३ मत लिनुभएको छ ।
यस्तै प्रदेश नं. क प्रदेश सभा सदस्यमा रोल्पा क्षेत्र नं. १ मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का युवा एवं वरिष्ठ नेता कुलप्रसाद केसीले २९३ मत लिएर अग्रता कायम गर्नुभएको छ भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर महराले २७९ मत प्राप्त गर्नुभएको छ ।
यसै गरी रोल्पा क्षेत्र नं. २ प्रदेश सभा सदस्य संयुक्त बाम गठबन्धनका उमेद्वार नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य दिपेन्द्र पुनमगर ‘सिजल’ ले ५१३ मतले अग्रता कायम गर्नुभएको छ भने लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली कांग्रेसका जिल्ला सममिति सदस्य खगेन्द्र प्रकाश हमालले १३७ मत लिनुभएको छ । हालसम्म ८ वटा मतपेटिको मत गणना भएको हो ।

You may also like