१५७ मेगावाट माडी जललायको निर्माणको लागि चीनसंग सझौता भएपछि रोल्पाली खुसी

मानसिंह विश्वकर्मा
असोज २७ रोल्पा


सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र चीनको पावर चाइनाले नेपालको दुई जलाशयुक्त आयोजना अन्र्तत रोल्पाको माडी जललाय संयुक्तरुपमा निर्माण गर्ने सम्झौता भएपछि रोल्पाली लगायत र राप्तीकाबासीहरु खुशी भएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङका नेपालको दुई दिवसीय राजकीय भ्रमणमा क्रममा आईबार अर्थात असोज २६ गते रोल्पा जिल्लाको माडी र तमोर जलासय सम्पन्न गर्ने गरी भएपछि यो खवरले रोल्पालीहरुलाई खुशी बनाएको प्रतिक्रिया दिएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनका अनुसार कूल ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र १५७ मेगावाट क्षमताको माडी खोला जलाशयुक्त आयोजना निर्माण गर्ने विषयमा समझदारी भएको थाहाँ पाएपछि रोल्पा र रोल्पालीले मन्त्री पुन लगायत नेपाल सरकारलाई धन्यवाद दिएका हुन् ।
रोल्पा जिल्लाको माडी नदिलाई विद्युत उत्पादनका लागि धेरै पहिले देखि अध्ययन तथा अगाडि बढाउने योजना बनाउँदै गरेपछि हाल त्यो योजनालाई पूर्णता पाएको छ । रोल्पा जिल्लाको पानीबाट अब विद्युत उत्पादन हुने भएपछि सबै रोल्पा र रोल्पालीका लागि खुशीको विषय नै हो । मन्त्री पुनका अनुसार आगामी एक वर्षभित्र आयोजनाको निर्माणसम्बन्धी सबै तयारी गर्ने छ । उहाँका अनुसार माडी जलाशययुक्त आयोजना निर्माण भएपछि रोल्पा, प्यूठान, दाङ, कपिलबस्तु, बाँके लगायतका जिल्लाका बासिन्दा बढी लाभाविन्वत हुने बताउनुभएको छ ।
एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले भन्नुभयोः–“लामो समयदेखि चर्चामा रहेको तर प्रक्रिया अगाडि बढ्न नसकेको तमोर जलाशययुक्त आयोजनालाई सरकारी–सरकारी कम्पनीबीचको साझेदारीमा निर्माण गर्ने गरी छनोट भएको छ ।”
यस समझदारीपत्रमा उपस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार माडी जलाशययुक्त आयोजनामा एचआइडीसीएलको २६ प्रतिशत र पावर चाइनाको ७४ प्रतिशत लगानी रहनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहेको एचआइडीसीएलले निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ । गत चैत १५ र १६ गते सम्पन्न भएको लगानी सम्मेलनमा ऊर्जातर्फ सोही आयोजनाका लागि दुई वटा प्रस्ताव प्रस्तुत भएको थियो । सो आयोजनाको अनुमानित लागत रु एक खर्ब ८० अर्ब जति लाग्नेछ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि मात्रै के कति लगानी लाग्ने हो त्यसको पुष्टि हुनेछ । गत साउन १६ गतेको बोर्ड बैठकले एचआइडीसीएल तथा पावर चाइना संयुक्त र कतारको नेब्रस पावर तथा जापानको फुजी इलेक्ट्रिकलाई छनोट गरी प्रस्ताव माग गरिएको थियो । हाल उक्त प्रस्तावमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित समितिले मूल्याङ्कन गरेको थियो । सोही समितिको मूल्याङ्कनअनुसार नै आज समझदारीपत्रमा हस्ताक्षर भएको हो । लगानी सम्मेलनमा आएको प्रस्तावका आधारमा निर्णय भएको समझदारीपत्र हस्ताक्षर समारोहमा सहभागीले बताएका छन् ।
नेपाल विद्युत प्राधिकरण कार्यालय रोल्पाका प्रमुख श्यामकुमार शर्माले रोल्पाको विद्युतीकरणमा निकै पड्को मारेकोमा अझै यसमा अग्रगामी छलाङ मारेको प्रतिक्रिया दिनुभएको छ । यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले रोल्पा जिल्लालाई आत्मनिर्भर बनाउनको लागि यो जललायले ठूलो योगदान गर्ने समेत बनाउनुभएको छ । यसैगरी रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्वकुमार चन्दले यस आयोजनामा नीजि तथा व्यावसायीहरुले पनि सहयो गर्ने बताउनभयो । यसैगरी नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगरले पनि रोल्पालीका लागि राम्रो भएको बताउनभो ।
रोल्पा जिल्लामा विगतदेखि नै निकै महत्वका साथ चर्चा गरिएको विषय माडी जललविद्युत आयोजना जलासयबाट निर्माण गरी विद्युत र सिचाई क्षेत्रमा निकै आयमिक र सकरात्मक हुने आशा गरिएको छ । त्यसलाई छिटो कार्यन्वयनमा लगेर काम सम्पन्न गर्नमा जोड दिनु पदर सिचाई क्षेत्रमा निकै आयमिक र सकरात्मक हुने आशा गरिएको छ । त्यसलाई छिटो कार्यन्वयनमा लगेर काम सम्पन्न गर्नमा जोड दिनु पर्दछ ।

You may also like