गाउँपालिका अध्यक्षद्वारा नै  वडा अध्यक्षमाथी हातपातभएको भन्दै नेपाली कांग्रेस राेल्पाद्वारा प्रेस विज्ञप्ती जारी

रोल्पा समाचार जेठ १० लिबाङ


सुनिलस्मृति गाउँपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष बीचमा हानाहान भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण एवं अन्य समसामायिक विषयमा छलफल गर्नका लागि आयोजित कार्य कार्यपालिकाको बैठकमा केही निर्णयको विषयमा गाउँपालिका र वडा अध्यक्षको विषयमा मतभेद हुँदा गाउँपालिकाका अध्यक्ष घर्तीमगरले वडा अध्यक्ष गञ्जबहादुर महारालाई हातपात गरेको भन्दै नेपाली कांग्रेसका सभापति अमरसिंह पुनमगरले शुक्रबार नै प्रेस विज्ञप्ती जारी गर्नुभएको ।


नेपाली कांग्रेसका सभापति अमरसिंह पुनमगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा गाउँपालिकाको अध्यक्षले आफू अभिभावक भइ मिलाएर लग्नु पर्ने विषयमा आफैले विवाद सृजना गरेको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले गाउँपालिकाका अध्यक्षबाट गम्भिर कमजोरी भएको भन्दै कारवाहीको माग गर्नुभएको छ ।

You may also like