विपन्न परिवारको आवास निर्माणका लाग साँस्कृतिक सांस्कृति कार्यक्रम

रोल्पा समाचारदाता
फगाम रोल्पा
कातिक १६


सुनछहरी गाउँपालिका ६ नंं. वडा फगाम रोल्पा निबासी बिपन्न ६ घर परिवारहरुको घर निर्माणका लागि शुभ दिवापली (चौठी मेला) को अबसरमा शुक्रबार बृहत संस्कृति कार्यक्रम फगाम रोल्पामा सम्पन्न भएको छ । कार्यक्रमबाट रु ७१ हजार संकलन भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख अतिथि एवं सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनमगरले परम्परागत रुपमा लाग्दै आइरहेको चौठीमेलालाई प्रगतिशील रुपमा मनाउँदै सामाजिक कार्यमा लाग्न सबैलाई आह्वान गर्नुभयो । उहाँले विपन्न वर्गलाई सहयोग गर्ने सबैको दायित्व भएकोले सबैले सहयोग गर्नका लागि अनुरोध गर्दै त्यसमा गाउँपालिकाले हातेमालो गर्ने बताउनुभयो ।
विशिष्ट अतिथि एवं सुनछहरी गाउँपालिका ६ नंं. वडा अध्यक्ष अमरजित पुनमगर, लोक तथा दोहोरी गीत प्रतिस्थान केन्द्रीय सचिव एवं रोल्पा कलाकार समाज राधिका हमाल, अथार मगरात कलाकार संघ केन्द्रीय उपाध्यक्ष एव रोल्पा कलाकार समाज काठमाण्डौंको सदस्य नन्द घर्तीमगर, मोहिम फिल्मका बिक्रम लिम्बु, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्मा, उद्योग वाणिज्य संघ सुनिल स्मृति गाउँपालिका रोल्पाको संयोजक किसन विष्ट, गायीका श्रेयासी चेम्जोङ, गायक गोविन्द चेम्जोङ लिम्बु, हास्य कलाकार पवन खतिवडा (म्याकुरी), हास्य कलाकार सरोज घिमिरे, मोडल विमला लिम्बु, गायीका कमला घर्तीमगर लगायतको आतिथ्यता थियो ।

संस्कृतिक कार्यक्रममा जन एकता यूवा क्लव सुनछहरी गाउँपालिका ६ नं. वडा फगाम रोल्पाको कलाकारहरुले संस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । साथै केन्द्रीय कलाकारहरुले समेत आफ्नो संगीतिक प्रस्तुति गर्नुभएको थियो । जन एकता यूवा क्लव सुनछहरी गाउँपालिका ६ नं. वडा फगाम रोल्पाका आयोजना र मोहिम फिलिम को सह आयोजनामा संस्कृति कार्यक्रम सम्पन्न भएको हो । सुनछहरी गाउँपालिका ६ नंं. वडा फगाम रोल्पा निबासी बिपन्न परिवारहरुको आवास निर्माणका लागि तिहारमा देउसी भैलो कार्यक्रममा रु १ लाख ५० हजार रकम संकलन भएको कार्यक्रमको विशिष्ट अतिथि एवं वडा अध्यक्ष अमरजित पुनमगरले जानकारी दिनुभयो । कार्यक्रममा आमा समूह, युवा क्लव, वडाबासी लगायतका सरोकारवाला निकायहरुको सहभागिता थियो । जन एकता यूवा क्लव सुनछहरी गाउँपालिका ६ नं. वडा फगाम रोल्पाको अध्यक्ष रमेश पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रकाश पुनले गर्नुभएको थियो ।

You may also like