महासंघको १२ औं स्थपना दिवसका सन्दर्भमा हार्दिक शुभकामना तथा धन्यवाद

मानसिंह बिक
अध्यक्ष
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा

नेपाल पत्रकार महासंघ केन्द्रको स्थापना स्व. कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०१२ सालमा स्थापना भएको थियो । त्यसको ५० वर्षपछि २०६२ सालमा नेपाल पत्रकार महासंघ रोल्पा शाखाको स्थापना भएको हो । रोल्पाको पत्रकार महासंघको १२ वर्षको अन्तरालमा थुप्रै आरोह अवरोह पार गर्दै आएको हो । विभिन्न सँस्थागत एवं अन्य चुनौतिसँग मुकावेला गर्दै आएको छ । स्थापनाकालदेखि रोल्पा शाखाको विभिन्न आरोह, अवरोह पार गर्दै यो खुशीयाली क्षणमा सबैमा खुशी वाड्न चहान्छु ।
रोल्पा भन्दा डोल्पा भन्ने बुझिन्थ्यो । रोल्पा भनेर पत्रचार भएको चिठिहरु धेरै संख्यामा डोल्पा पुगेका थिए । रोल्पा २०५२ सालको जनयुद्धको केन्द्रीय आधार इलाका बन्यो तव मात्रै डोल्पा भन्नेहरुले पनि रोल्पा भनेर बुझ्न थालेका सत्य घटना हो । १० वर्षका जनयुद्धमा धेरै महान् नेपाली आमाहरुको बलिदान, घाइेते अपाङ्गहरु, आम नेपाली जनताको त्याग र तपस्याबाट जनयुद्धको समयमा चर्चाको शिखरमा पुग्यो, तिनै विरविरंगनाहरुप्रति भापपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । जब जनयुद्ध शान्तिप्रक्रियामा अवतरण भयो तव रोल्पा जिल्लामा सञ्चार क्षेत्र र सञ्चारको विकास भएको हो । रोल्पा जिल्लामा २०६१ सालभन्दा अगाडि व्यक्तिगत रुपमा पनि विभिन्न सञ्चार माध्यममा रोल्पा जिल्लाका पत्रकारहरुले नगरेका होइनन् । तर पनि नेपाल पत्रकार महासंघको सँस्थागतरुपमा २०६१ साल पौष १४ गतेबाट मात्रै सँस्थागत विकास भएको हो । रोल्पा जुगार निवासी काँशीराम डाँगीको नेतृत्वमा रोल्पा जिल्लाका पत्रकारहरुको सहभागितामा बैठक बसी तदर्श समिति गठन गर्नुभयो ।
शाखालाई मान्यता प्राप्त गर्नका लागि केन्द्रमा सिफारिस गर्न केन्द्रमा पठाउनुभयो । नेपाल पत्रकार महासंघ केन्द्रले २०६२ मंसिर १५ र १६ गते काभ्रेको ढुधिखेलमा सम्पन्न बैठकले शाखाको मान्यता प्रदान गरेको थियो । नेपाल पत्रकार महासंघ रोल्पा शाखाको रुपमा मान्यता प्राप्त गरेको दिन नै रोल्पाका पत्रकारहरुको स्वर्णिम दिन हो ।
नेपाल पत्रकार पत्रकार महासंघ रोल्पामा सँस्थापक सभापति काशीराम डाँगी, दोस्रो कार्यकाल खेम बुढामगर, तेस्रो कार्यकाल मौसम रोकाममगर र चौठो कार्यकाल महेश न्यौपाने र हाल मेरो काँधमा जिम्मेवारी आएको छ । नेपाल पत्रकार महासंघ रोल्पा शाखाको १२ औँ स्थापना दिवसको अवशवरमा शाखाका सँस्थापकहरु काँशीराम डाँगी, खेम बुढामगर, दिपक डिसी, प्रवेश आचार्य, हर्कराज घर्तीमगर, हिराबहादुर घर्तीमगर, राजेश बुढाथोकी, कर्णबहादुर बाठामगर, घनश्याम आचार्यलाई सलाम गर्दछु । साथै उहाँहरुको योगदान नभएको भए आज हामी यो खुशी मनाउन सक्दैन थियौँ । त्यसैले पत्रकार महासंघ रोल्पाका ९ जंगे पिलरलाई सधै सलाम र स्यालुट गर्नु हामी सबैको कतव्र्य हो ।
जनयुद्धको समयमा रोल्पामा पनि सदरमुकाम काडेतार भित्र र बाहीर पत्रकारहरुको समूहले काम गर्दै थियो । जनयुद्धको बेलामा युद्धपत्रकारिताको क्षेत्रबाट रोल्पा जिल्लाको पत्रकारीता क्षेत्रमा कलम चलाउने पत्रकार मौसम रोका, चेतन कुवर, मनोज घर्तीमगर, मानसिंह बिक, मनिषा श्रेष्ठ लगायत हाम्रो टोली लगायत अन्य थुप्रै संख्यामा रहेका थियौँ । सदरमुकाम रहेर काम गर्ने काशीराम डाँगी, खेम बुढामगर, राजेश बुढाथोकी, डयाराम डाँगी, धरेन्द्र डाँगी, प्रवेश आचार्य, केशव शर्मा, एलवी मगर लगायतले पनि पत्रकारिता पेशालाई अगाडि बढाई रहनुभएको थियो । पहिलो कार्यकाल काँशीराम डाँगीको बेला हामी युद्ध पत्रकारहरु सहभागि हुने अबस्था थिएन । २०६५ सालमा खेम बढामगरको कार्यकालमा हामी समाहित भएर अगाडि बढ्यौँ । तेस्रो कार्यकाल मौसक रोकाले नै जिम्मेवारी पाउनु भयो । चौथो कार्यकाल महेश न्यौपानेसम्म आइपुग्दा पत्रकार महासंघको स्थापना र सँस्थालाई अझै ओजिलो बनाएइको छ । ९ जनाबाट स्थापना भएको सँस्थामा हाल १०५ जना साधारण सदस्यहरु छाँै । यो स्थापना दिवसको अवसरमा शाखाका केन्द्रीय, प्रादेशिक पार्षद, साधारण सदस्य लगायतमा शाखालाई नयाँ उचाईबाट विकास गर्न सक्ने चेतको विकास होस भन्ने शुभकामना व्यक्त गर्दछु ।
साथै रोल्पा जिल्लामा ६ वटा सामुदायिक रेडियो रोल्पामै स्थापना गरेका छौँ । करिव दर्जनभन्दा बढी पत्रिका दर्ता भएपनि करिव ५ वटा साप्ताहिक पत्रिका निरन्तर प्रकाशित भइसकेका छन् । तिनै सञ्चार माध्यममा कार्यरत पत्रकार र सञ्चार माध्यम सञ्चालक सबैलाई हार्दिक शभुकामना व्यक्त गर्दै सञ्चार माध्यमको विकास र पत्रकारिता पेशामा अझै निखारपनको कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।
यसै सन्दर्भमा एउटा सँस्थाको विकासका लागि जरुरी भौतिक पूर्वाधार आवश्यक पर्दछ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको एउटा कोठाबाट बैठक बसेको शाखा आज आफ्नै भवनमा स्थापना दिवश मनाउन र कार्यालय सञ्चालन गरेका छाँै । त्यसमा हाम्रो मानसिक श्रम, आर्थिक लगायत सबै सरोकारवालाहरुको भूमिका अहम छ । भवन निर्माणको लागि लिबाङका धेरै जमिनहरु लिने प्रयास गरियो खोजीमा भौतारियौँ तर पछि तत्कालीन नेकपा (माओवादी) रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ र सेक्रेटरी चुडामणी वली ‘आदर्श’ को पहलमा शहीद प्रतिष्ठान रोल्पाको नाममा रहेको सात्ताले नजिकको जमिन उपलब्ध भएको थियो । त्यही जमिनको बिकल्पमा खोजी गरेपनि भएन । त्यही जमिनमा भवन निर्माण गरिएको थियो । घडेरी खार्न र भवन निर्माणका लागि तत्कालीन सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री वर्षमान पुनमगर, पत्रकार महासंघ केन्द्र, तत्कालीन जिल्ला विकास समिति रोल्पा (हालको जिल्ला समन्वय समिति), तत्कालीन रोल्पा लिबाङ नगरपालिका (हालको रोल्पा नगरपालिका), देविदत्त गण, खडकदल गण, जिल्ला प्रहरी कार्यालय रोल्पा लगायतलाई अन्य सहयोगी निकायलाई धन्यवाद एवं आभार प्रकट गर्दछु । यो सामूहिक प्रयास नभएको भए हाम्रो भवन निर्माणको सम्भव थिएन । त्यसैले अझै आगामी दिनमा थप जिम्मेवारी र हातेमालोका लागि अग्रसर होउन भन्दै कामना व्यक्त गर्दछु ।
यो स्थापना दिवसमा स्वर्गिय बुवाको स्मृतिमा पुरस्कार स्थापना गर्नका लागि पहल गर्ने मनोज घर्तीमगर र उहाँको परिवारलाई धन्यवाद छ । मृतक स्वर्गीय मनप्रसाद घर्तीप्रति भापूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै यो पुरस्कारबाट पहिलो पटक काँशीराम डाँगी, यसपटक तीन वर्षका लागि पत्रकार खेम बुढामगर, मौसम रोकामगर, उमा केसीले रोल्पा जिल्लामा रहेर पत्रकारिता गर्नुभएको थियो । छनौट समितिका संयोजक काशीराम डाँगी लगायत छनौट समिति महासंघका उपाध्यक्ष देवी गुरुङलाई पनि धन्यवाद दिदैँ । सम्मानित पत्रकारहरुमा अझै रोल्पा जिल्लाले धेरै अपेक्षा गरेको छ । त्यसका लागि पेशाप्रति प्रतिवद्ध हुदँै निरन्तरताको कामना सहित बधाई ज्ञापन गर्दछु ।
अन्तमा पत्रकार पेशा एउटा मर्यादित पेशा हो । मर्यादित पेशालाई मर्यादित बनाउनको लागि हाम्रो जिम्मेवारी अझै उच्च हुनुपर्दछ । राज्यले जनतालाई प्रवाह गरेको सेवा सुविधान जनताको बिचमा पुग्यो कि पुगेन, जनताको कुरा राज्य, सरकार र सरोकारवाला निकायसम्म पुग्यो कि पुगेन भनेर रेखदेख हामीले गर्नुछ । रोल्पाको सम्बृद्धि र विकासका लागि हामी सबै सञ्चारमाध्यमको योगदान छ । रोल्पाको यो विकासमा र रोल्पाको गतिमा हामी र सबै सञ्चार माध्यमको पसिना पनि मिसिएको छ । रोल्पाका राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायत समग्र विकासमा हाम्रो र सञ्चार माध्यमको भूमिका पनि अब मापनको जरुरी छ । यदी सञ्चार माध्यम र सञ्चारकर्मीको भूमिका हुँदैन थियो भने रोल्पाको गति यहाँसम्म आइपुग्दैन थियो । अन्तमा कलम चलाउँदा चलाउँदै जीवन अर्पण गर्ने महान् शहीद कृष्णसेन इच्छुक लगायत सबै ज्ञात अज्ञात महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछु । रोल्पा जिल्लाको पत्रकारिताको जग बसाल्ने, पिलर उठाउने हाल कार्यरत सबै सञ्चारकर्मीसाथीहरु सञ्चार माध्यमका सञ्चालक, व्यवस्थापक, आम मिडियाका लेखक, स्तम्भकार, सूचनादाता, पाठक, श्रोता, दर्शकहरुमा शुभकामना व्यक्त गर्दछु । समृद्ध रोल्पा, गतिशील रोल्पा, सूचनायुक्त रोल्पा सचेत रोल्पाली निर्माण गर्नका लागि हाम्रो यात्रा जारी रहनेछ ।

(२०६२ साल मंसिर १६ गते स्थापना भएको नेपाल पत्रकार महासंघ रोल्पाको १२ आँै स्थपानाको सन्दर्भमा लेखिएको लेख रोल्पा समाचार साप्ताहिकमा २०७४ साल मंसिर १७ गते प्रकाशित)

You may also like