“रोल्पाको प्रत्येक घर र गाउँ उज्यालो बनाउँछाँै”

–ऊर्जा मन्त्री वर्षमान पुनमगर
मानसिंह विश्वकर्मा
भाद्र ६ रोल्पा

 


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनमगरलेले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा गर्नका लागि नेकपाको सरकार भएकोले रोल्पा जिल्लामा कुनै पनि घर विद्युत विहीन नगराउनको लागि सबै पार्टी कार्यकर्ताले विद्युत प्राधिकरण कार्यालयसँग समन्वय गरेर अगाडी बढ्नका लागि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो –ः “रोल्पा जिल्लाका प्रत्येक घर, उज्यालो बनाउनु पर्दछ, त्यो म ऊर्जा मन्त्री हुँदा रोल्पा जिल्लाका प्रत्येक घरमा बत्ति बल्लु पर्दछ, यस आर्थिक वर्षमा रोल्पा विद्युतीकरणका लागि करिव १ अर्व ५ करोड बजेटको व्यवस्थापन भइरकेको छ । यो बजेटलाई सदुपयोग गर्नुहोस् अनि प्रत्येक घरमा बत्ति बलोस् । एक घर पनि अध्यारो नहोस्” त्यसमा कुनै पनि अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रोल्पा जिल्लाबाट आफुहरु सरकारमा भएको बेला सम्बृद्ध बनाउन सबैले लाग्नका लागि पार्टी कार्यकर्तालाई अनुरोध गर्नुभयो । उहाँले रोल्पामा आएका बजेटलाई पार्दर्शिदंगले सदुपयोग गरी जनताको जीवनस्तर परिवर्तन गर्नका लागि समेत अनुरोध गर्नुभयो ।
यसैगरी स्थायी समिति सदस्य वर्षमान पुनमगरले बैठकलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालमा दुई ठूला कम्युनिष्ट पार्टीको एकता र पार्टी एकताबाट भएका सकरात्मक कार्यबाट नेपाली कांग्रेस लगायत कतिपय राजनतिक दलहरु आत्तिएको बताउनुभयो ।
उहाँले पार्टीको बैठकलाई अझै जनवादी विधि प्रयोग गर्दैै संगठन सञ्चालन पद्धतिबाट अगाडि बढाउनको अनुरोध गर्नुभयो । साथै पार्टीका बैठकलाई औपचारिकतामा मात्रै सिमित बनाउनु भन्दा पनि सबैको सहभागिता हुने गरी नीति निर्माण गरी कार्यन्वयमा उत्साह पैदा गर्नुपर्ने बताउनुभयो ।
अब पार्टी संगठनको टोल समितिहरु गठन भइ सकेको अबस्थामा अब पार्टीले लिएको निर्णयलाई कडाई पूर्वक कार्यन्वय गरी रोल्पालाई नमूना जिल्ला बनाउको लागि सबै पार्टी कार्यकर्तालाई अनुरोध गर्नभयो । नेपालमा कम्युनिष्ट पार्टीको एकता जनताको माग र इतिहासको आवश्यकता भएको बताउँदै यसबाट सबै उत्साह जनक रुपमा लाग्नुपर्ने बताउनुभयो ।
मनतव्यको अन्त्यमा नेता पुनमगरले रोल्पा जिल्लाको पार्टीलाई नमूना पार्टी बनाउनको लागि सबैले थप मेहनत गर्नका लागि अपिल गर्नुभयो ।

“रोल्पाले विगतको विरासत कायम गर्नुपर्दछ”

– कुलप्रसाद केसी (सोनाम)
सह इन्चार्ज, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५
पार्टीको पूर्ण बैठकमा रोल्पाले १० वर्षे जनयुद्धमा परिवर्तनको लागि ठूलो आन्दोलनको नेतृत्व गरेको र सबैलाई नमूना बनेर चकित बनाएको स्मरण गराउँदै अबको पार्टी एकतापछि पनि नमूना पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ का सह–इन्चार्ज केसीले पार्टीभित्र नेतृत्वको व्यवस्थापन गर्नका लागि सबैले तथ्याङ्क तयार पारेर प्रदेशमा पठाउन र प्रदेशमा पठाउनको लागि अनुरोध गर्दै प्रदेश कमिटीले व्यवस्थापन गर्नका लागि अनुरोध गर्नुभयो ।
उहाँले प्रदेश सरकार प्रदेश पार्टीको योजनामा सञ्चालन गरिने भएकोले गर्दा आफूहरुको सरकार भएको अनुभूति जनतालाई गराउनको लागि सबैले ध्यान दिनुभपर्ने बताउनुभयो ।
उहाँले कम्युनिष्ट पार्टीभित्रका नेता भन्दा जनतालाई आर्थिक उत्पादनमा बढी ध्यान दिनु पर्ने बताउँदै रोल्पा जिल्लाका आम जनतालाई आर्थिक रुपमा सम्पन्न गराउनका लागि नीति तथा कार्यक्रम लागि पार्टीका कार्यकता र जनप्रतिनिधिलाई अगाडि बढाउन पर्ने बताउनुभयो ।
“आक्रमणको विरुद्ध एक भएर लड्नु पर्दछ”

 

     ओनसरी घर्तीमगर
–अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ का अध्यक्ष ओनसरी घर्तीमगरले पार्टीलाई चौतर्फी आक्रमण भइरहेको बताउँदै यसका विरुद्धमा सरकार, पार्टीको तर्फबाट सही तर्कबाट भण्डाफोर गर्दै अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो ।
उहाँले केही आफ्नो स–सना समस्यालाई हल गरे सिंगो पार्टी निर्माण गर्नका लागि सबै कार्यकर्ता व्यापक छलफलबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सबै कुरा गर्दा आफूलाई भन्दा संगठन र पार्टीलाई प्रमुख बनाउनको लागि अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो । पार्टी भित्र व्यापक छलफल गर्ने र कार्यन्वयनमा एक रुपतामा अगाडि बढाउनु पर्ने बताउनुभयो । सबै जनतालाई आत्मनिर्भर बनाउनुनै पार्टीको मूल कार्य नीति भएको बताउनुभयो ।

“रोल्पा बनाउने जिम्मे हाम्रो हो ”


–दीपेन्द्र पुनमगर ‘सिजल’

इन्चार्ज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा

रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र पुनमगर ‘सिजल’ नेपालका ७६ जिल्ला अरुको जिम्मेवारी भएको बताउँदै रोल्पा जिल्लालाई नमूना बनाउनको लागि सबैको जिम्मेवारी वरावर भएको बताउनुभयो । उहाँले रोल्पा जिल्लालाई नमूना बनाउनको लागि सरकार र पार्टीले गरेका काम कार्यलाई प्रचार विभागबाट व्यस्थित गर्नुपर्ने बताउनुभयो ।
जिल्ला इन्चार्ज पुनमगर विभिन्न विभागहरुलाई निर्माण गरी गति पैदा गर्नका लागि पार्टी जिल्लाले योजना निर्र्माण गर्ने र त्यसलाई कार्यन्वय गर्ने बताउनुभयो ।

सामूहिक ढंगले एक भएर लड्नु पर्दछ”

–नविन रोकामगर सह–इन्र्जा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा

यसैगरी जिल्ला सह–इन्चार्ज नविन रोकामगरले यो पार्टी एकताले विभिन्न कम्युनिष्ट शक्तिका विरोधीहरु आत्तिएका बताउँदै अब सामूहिक नेतृत्व र सामुहिक योजनाबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले देशभित्रका नेताहरुले रोल्पा जिल्लालाई विचार, नेतृत्व र संगठनात्मक हिसावले आशाको केन्द्रको रुपमा राख्नका लागि रोल्पा जिल्ला पार्टीले नयाँ ढंगले सोच्न जरुरी भएको बताउनुभयो ।
बैठकमा रोल्पा रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नगरपालिकाका अध्यक्ष फविन्द्र आचार्य, सुनिल स्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, लुंग्री गाउँपालिकाका अध्यक्ष पर्शुराम बुढाथोकी, कार्यक्रममा रोल्पा नगरपालिकाका अध्यक्ष फविन्द्र आचार्य, सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी, थबाङ गाउँपालिका अध्यक्ष रामधन पुनमगर, सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका, परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर, माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीमगर, रुन्टीगढी गाउँपालिकाका तर्फबाट गोपाल डाँगी, त्रिवेणी गाउँपालिकाका अध्यक्ष निमप्रसाद रोकामगरले रिर्पोटिङ गर्नुभएको थियो ।


रिर्पाेटिङको क्रममा गाउँमा पार्टीको पक्षमा बलियो जनमत बन्दै गएको, संगठन विस्तारलाई वडा, टोलसम्म विस्तार गरिएको, पार्टी संगठनमा प्रवेश गर्नेहरुको जनलरहरुलाई व्यवस्थापन गर्नु पर्ने, सरकारको कामलाई पार्टीको योजनामा परिचालन गर्नका लागि नयाँ कार्ययोजना आवश्यक रहेको सुझाव समेत दिनुभएको थियो । अधयक्षहरुले पार्टीको काममलाई उत्साह जनकतरिकाले अगाडि बढेको गाउँपालिकाका अध्यक्षहरुले राख्नुभएको जिल्ला पार्टी सचिव हरीप्रसाद घर्तीमगरले जानकारी गराउनुभएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य बाबुलाल पुनमगर, प्रदेश नं. ५ का सदस्य राजबहादुर बुढामगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी संगठन समितिका सदस्य कुमार दशौदी, रिमा नेपाली, विरबहादुर खत्री, शान्तकुमार वली, निमकान्त डाँगी, पूर्ण केसी, गुणेन्द्र घर्तीमगर, सीता आचार्य, हरीसरा घर्तीमगर, कर्मलाल परियार, दिनेश रोका, भक्तबहादुर घर्तीमगर, गोविन्द पुनमगर लगायतको समेत आतिथ्यता रहेको थियो ।
कार्यताहरुले आगामी दिनमा एक भएर नीति निर्माण र कार्यन्वय गर्ने गरी बैठकबाट उर्जा मिलेको माडी गाउँपाकिला अध्यक्ष अमरसिंह घर्तीमगरले बताउनुभयो । बैठक नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरको अध्यक्षतामा भएको थियो भने सचिव हरीप्रसाद घर्तीमगरले सञ्चालन गर्नुभएको थियो ।

You may also like