प्रेस संगठन प्रदेश समितिका संयोजक सविन प्रियासनमाथी भएको दुरव्यहारप्रति खेद व्यक्त

रोल्पा समचारदाता रोल्पा जेठ ३०


प्रेस संगठन नेपाल प्रदेश समितिका संयोजक सविन प्रियासनमाथी संस्थागत एवं पेशागत जिम्मेवारी निर्वाहको क्रममा भएको दुव्र्यहारको संगठनले खेद व्यक्त गर्दै कारवाहीको माग गरेको छ । संगठनका प्रदेश समितिका संह संयोजक मानसिंह विश्वकर्माद्वारा जारी विज्ञप्तीमा सो कुरा उल्लेख गरएको छ । संह संयोजक विश्वकर्माद्वारा प्रेस विज्ञप्तीमा भनिएको छ ः–‘हाम्रो संगठन प्रेस संगठन नेपाल प्रदेश समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन माथि मिति २०७७ जेठ २९ गते बिहीवार भएको दुव्र्यवहारको घटनाप्रति प्रेस संगठन नेपाल प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’
कोरोना माहामारीको समयमा पनि पत्रकारहरु नै जनताको सूचनाको बाहक भएको बताउँदै सो विज्ञप्तीमा भनिएको छः–‘कोरोनाको महामारी एवं जोखिमपूर्ण संकटको अवस्थामा पनि जनताको सूचनाको बाहकको रुपमा रहेका पत्रकार माथि जस्तोसुकै आक्रमण हुनु निन्दनीय छ । स्थानीय ट्रिप्पर सञ्चालनमा रोकेको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा सहभागि हुनेक्रममा घोराही उपमहानगरपालिका वडा नं.१५ निवासी साजन भण्डारी लगायत तीनजनाको अराजक समूहले गरेको दुव्र्यवहारको निन्दा तथा भत्र्सना गर्दै पत्रकारमाथि आक्रमण गरि प्रेस स्वतन्त्रता र जनताको सूचनाको अधिकारलाई नियन्त्रण गर्ने चाहना कसैले नराख्न चेतावनी एवं चुनौती समेत प्रेस संगठन नेपाल प्रदेश समितिबाट दिन चाहन्छौ । ’
यस्ता प्रकारको हर्कत, प्रबृति रोक्न माग गर्दै–“स्वतन्त्रतापूर्वक संवैधानिक अधिकारसहितको जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि भएको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । यो घटनाले प्रेस स्वतन्त्रताप्रतिको आस्थामाथि गम्भीर चोट पुगेको छ । प्रेस संगठन नेपाल प्रदेश ५ समिति प्रेसमाथि गरिएको यो ज्यादतीको घोर भत्र्सना गर्दै आक्रमणकारीलाई तत्काल कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन समक्ष माग गर्दछौँ । हाम्रो संगठनका संयोजकमाथी भएको यस्ता अमानवीय कार्यको विरुद्धमा सधै प्रेस संगठन नेपाल लागि रहने प्रतिवद्धताका साथै आगामी दिनमा पत्रकारलाई स्वतन्त्रतापूर्वक निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना दोहोरिन नदिन प्रदेश सरकार सहित सम्वद्ध सवैपक्षको ध्यानाकर्षण गराउँदछौं ।”

You may also like