सोलाबाङ बोझ्याङ बौलाखोला स्थित झोलुङे पुलको उद्घाटन

सोलाबाङ बोझ्याङ बौलाखोला स्थित झोलुङे पुलको उद्घाटन

This image has an empty alt attribute; its file name is v1-1024x768.jpg

२२ भाद्र, रोल्पा ।
माडी गाउँपालिका ५ भाबाङको बौलाखोला स्थित झोलुङे पुलको आज गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले उद्घाटन गर्नुभएको छ । अब स्थानीबासीलाई वर्षात मौसममा आवतजावतमा सहज हुने भएको छ ।

This image has an empty alt attribute; its file name is v3-1024x768.jpg

यस वडाको बाछे, दहबाङ, बाईबाङ, मजबाङ, काजबाङ लगायतको बस्तीलाई जोड्ने सोलाबाङ बोझ्याङ बौलाखोला झोलुङे पुल उद्घाट गरिएको वडा अध्यक्ष भरत बहादुर बुढामगरले बताउनुभयो । यस ठाउँमा पुल नबन्दा बौला खोलाले विद्यार्थी लगायत अन्य सेवाग्राहीहरुलाई वर्षात मौसमा पानीको बाहव बढ्दा आवतजावतमा समस्या भोग्नु परेको थियो । पुल निर्माण समिति, प्राविधिक, स्थानीयबासी साथ सहयोग दिने माडि गाउँ कार्यपालिका लगाएत डिकोष रोल्पालाई वडा अध्यक्ष बुढामगरले धन्यवाद व्यक्त गर्नुभएको छ । कयौँ वर्षपछिको हाम्रो चाहाना र आवश्यकता आज पुरा भएको स्थानीयबासीको भनाइ छ । पुल उद्घाटन कार्यक्रममा जनप्रतिनि लगायत सरोकारवाल निकाय सहित स्थानीयबासीको सहभागीता थियो ।

You may also like